चित्त दुखाएर होइन, मन जितेर मात्र निर्वाचनमा जानु पर्छ : नेता पौडेल
नेपालबहस संवाददाता
माघ ११, २०७७ सोमबार १:१४:५६
११ माघ, मोरङ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् पुनःस्थापना एकसूत्रीय माग राखी जनता समक्ष गएको बताउनुभएको छ । गुराँस पुस्तकालय विराटनगर बरगाछीद्वारा प्रकाशित ‘बरगाछी’ को १६ अङ्क मुक्तिप्रसाद यदुनाथ चापागाईं विशेषाङ्कको आज लोकार्पण गर्दै उनले कांग्रेस प्रजातन्त्रको रक्षा र लोकतन्त्रको पहरेदारको हैसियतले पुनःस्थापना मात्र विरोधको मुद्दा लिएर सडक आन्दोलन गरिएको धारणा राखे ।
वरिष्ठ नेता पौडेलले जनताले ठूलो त्याग, बलिदानबाट निर्माण भएको संविधान भत्काउन नदिन पार्टीले सडक सङ्घर्ष आन्दोलन गरेको प्रष्ट पारे । नेता पौडेलले ‘पार्टी स्वतन्त्र समाज, समावेशीता र महिला अधिकारमा अग्रणी रहेको छ’ भन्दै जनताको, चित्त दुखाएर होइन मन जितेर मात्र निर्वाचनमा जानु पर्नेमा जोड दिए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजाल, डा डिला सङ्ग्रौला र गुरु घिमिरे संविधान र लोकतन्त्र रक्षाका लागि सडक संघर्ष अझ विस्तार र बृहत गर्नुपर्ने विचार व्यक्त गरे । पुस्तकालयका अध्यक्ष दीपक चापागाईँ, प्रदेशसभा सदस्य केदार कार्की, प्राज्ञ दधिराज सुवेदी, कविराज न्यौपाने, यदु विष्ट, उद्धव कोइरालालगायतले पुस्तक १०४ वर्षे राणा शासनकाल अन्त्यका लागि गरिएकोे आन्दोलनको एतिहासिक ग्रन्थ हुनुका साथै विसं २००७ क्रान्तिको दस्तावेज रहेको विचार व्यक्त गरे ।
वरिष्ठ नेता पौडेलले प्रजातान्त्रिक आन्दोलनका योद्धा देवी डाँगीलाई रु २१ हजार राशीको मुक्तिप्रसाद यदुनाथ चापागाईँ सम्मान र कोरोना महामारीले मृत्यु भएकाको शव अन्त्येष्टिमा सक्रिय रुपमा सहयोग पु¥याउने तथा सङ्क्रमितको घर घरमा सेनेटाइजर गर्ने बरगाछी युवा समूहलाई रु १५ हजार राशिको सामाजिक पुरस्कारबाट सम्मान गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री नहुँदा प्रधानमन्त्रीको चीन भ्रमणबारे संसदीय समितिमा छलफल हुन सकेन
मंसिर २, २०८१ आइतबार
उपनिर्वाचन हुने स्थानीय तहमा उम्मेदवारको मनोनयन सुरु, आजै सूची प्रकाशन हुने
मंसिर २, २०८१ आइतबार
हवाई भाडा बढाएर यात्रु ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही गर्छाैः मन्त्री पाण्डे
मंसिर २, २०८१ आइतबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झना दिवसः सधैँ झस्काइरहन्छ आफन्तलाई
मंसिर २, २०८१ आइतबार
नेपाल टेलिकमको अवरुद्ध मोबाइल सेवा सञ्चालन
मंसिर २, २०८१ आइतबार
परराष्ट्रमन्त्री नहुँदा प्रधानमन्त्रीको चीन भ्रमणबारे संसदीय समितिमा छलफल हुन सकेन
मंसिर २, २०८१ आइतबार
आँबुखैरेनी अस्पतालले दियो एक सय १७ महिलालाई प्रसूति सेवा
मंसिर २, २०८१ आइतबार
प्रधानमन्त्री मोदीको नाइजेरिया भ्रमणसँगै भारतले पश्चिम अफ्रिकामा आफ्नो पहुँच बढाउदै
मंसिर २, २०८१ आइतबार
आन्तरिक पर्यटकको रोजाइमा डडेल्धुराको कस्याडाँडा
मंसिर २, २०८१ आइतबार