अर्बपति क्लबमा पुग्यो कुमारी बैंक ! लिडर बैंक बन्ने यात्रामा
![आर्थिक संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_jYm4x4A9NS.jpeg
)
आर्थिक संवाददाता
माघ १५, २०७७ बिहिबार १९:४९:१५
![](https://nepalbahas.prixacdn.net/media/albums/kumari-bank-chairman-ceo_4U45FLMi69.jpg)
माघ १५, काठमाडौं । देव विकास बैंकलाई गाभेर वाणिज्य बैंकको लिडर बैंक बन्न हिडेको कुमारी बैंकले आर्थिक वर्षको दोश्रो त्रैमासमा सबैको मन खुशी बनाउने खालको वित्तीय प्रतिवेदन प्रस्तुत गरेको छ । बैंक संचालक समितिको अध्यक्षमा अमिर प्रताप ज.ब. राणा रहेका छन् भने संचालक समिति सदस्यहरुमा कृष्णप्रसाद ज्ञावाली, महेशप्रसाद पोखरेल, अनुराधा चौधरी, डा. गणेशप्रसाद पाठक रहेका छन् ।
त्यस्तै बैंककाे उच्च व्यवस्थापनमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र भण्डारी रहेका छन् भने अनुजमणि तिमिल्सिना वरिष्ठ उप-प्रमुख कार्यकारी अधिकृत छन् । त्यस्तै मनिष तिमिल्सिना उप-प्रमुख कार्यकारी अधिकृत छन् ।
सफल बैंकर भण्डारीलाई कुमारी बैंकले आफ्नो स्थापनाकालमा पनि सीईओको जिम्मेवारी दिएको थियो । कुमारी बैंक बुझेको र कुमारी बैंकलाई निकै माया गर्ने प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकलाई नजिकबाट हेर्ने व्यक्तिहरुले भण्डारीकाे चर्चा गरेको सुनिन्छ ।
बैंककाे विगत ४ वर्षको लाभांशलाई हेर्दा आर्थिक वर्ष ०७७/७८ मा सर्वाधिक लाभांश दिएको छ । कम्पनी भित्रको सुशासन पनि राम्रो देखिएको छ । कम्पनीले समयमै अर्थात मंसिर २९ गते आफ्नो वार्षिक साधारणसभा सम्पन्न गर्दै लाभांश वितरण गरेको छ । कोरोना कहरका बीच पनि लगानीकर्ताको मन जित्दै र आक्रामक व्यापार गर्ने बैंक व्यवस्थापन सफल भएको देखिन्छ । अब छिटै नै केही वर्षमा बैंक लिडर बैंक बन्ने दाउमा रहेको छ । अनुभवी र बैंकलाई निकै माया गर्ने व्यवस्थापन र व्यवस्थापनलाई दवाव बिना खुलेर काम गर्न दिने संचालक समितिले गर्दा बैंकको सो लक्ष्य पुरा हुने छाँटकाँट देखिएकाे छ ।
कस्तो आयो आर्थिक वर्ष ७७/७८ दोश्रो त्रैमासको वित्तीय प्रतिवेदन :
कुमारी बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमास अर्थात ६ महिनाको अवधिमा बैंकले १ अर्ब २१ करोड खुद मुनाफा गरेकोमा अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा बैंकले ८० करोड ३० लाख खुद मुनाफा गरेको थियो । यसरी खुद मुनाफामा ५१ प्रतिशतको वृद्धि भएको छ ।
प्रमुख आम्दानीको श्रोत (खुद व्याज आम्दानी):
अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा कम्पनीले १ अर्ब ८२ करोड खुद व्याज आम्दानी गरेकोमा चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म कम्पनीले २ अर्ब ४९ करोड खुद व्याज आम्दानी गरेको छ । यसरी खुद व्याज आम्दानीमा ३७ प्रतिशतको वृद्धि भएको छ । त्यस्तै, संचालन मुनाफा ५३ प्रतिशतले वृद्धि हुँदै १ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्षको दोश्रो त्रैमासमा कम्पनीले १ अर्ब १३ करोड संचालन मुनाफा गरेको थियो ।
गत आर्थिक वर्षको दोश्रो त्रैमास सम्म बैंकले १३ करोड रकम जोखिम बापत व्यवस्थापन गरेकोमा चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म बैंकले सो शिर्षकमा ४ करोड फिर्ता गरेको तथ्यांकमा देखिएको छ । कम्पनीको खुद मुनाफामा गैरसंचालन मुनाफाको हिस्सा निकै थोरै १ करोड ७८ मात्र रहेको छ ।
प्रतिशेयर आम्दानी :
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १७ रुपैयाँ ५३ पैसा हुन आउँछ।
नोट : माघ १५ गतेको बजार मुल्यको आधारमा
किताबी मूल्य कति ?
कम्पनीको किताबी मूल्य ( प्रतिशेयर नेट्वर्थ) १३० रुपैयाँ आउँछ ।
निक्षेप, कर्जामा कस्तो :
कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म १ खर्ब २२ अर्ब निक्षेप संकलन गरी १ खर्ब १४ अर्ब कर्जा प्रवाह गरेको छ । आर्थिक वर्ष ०७६/७७ को असार मसान्त र अहिलेको तथ्यांकलाई दाँजेर हेर्दा कम्पनीको निक्षेप संकलन ५ प्रतिशतले वृद्धि भएको छ भने कर्जा प्रवाह ४ प्रतिशतले नै वृद्धि भएको छ ।
जगेडा कोषको अवस्था :
जगेडा कोष २३ प्रतिशतले वृद्धि हुँदै ३ अर्ब ५० करोड पुगेको छ भने संचित मुनाफा प्रतिशतले घट्दै ६८ करोड ५१ लाख रुपैयाँ रहेको छ ।
निस्क्रिय कर्जा :
कम्पनीको खराब कर्जा १ दशमलव ०६ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा खराब कर्जा १ दशमलव ०४ प्रतिशत थियो ।
आधार व्याजदर :
बैंकको आधार व्याजदर केही घट्दै ७ दशमलव ९२ प्रतिशत पुगेको छ । यसरी आधार व्याजदर ८ प्रतिशत मुनि हुनुले बैंकले आफ्ना कर्जा ग्राहकको लागि धेरै सहयोग गरेको बुझ्न सकिन्छ ।
स्प्रेडदर :
व्याजदर अन्तर ३ दशमलव ५८ प्रतिशत छ । अघिल्लो आर्थिक वर्ष सोही अवधिमा स्प्रेडदर ४ दशमलव ३७ प्रतिशत थियो ।
कम्पनी र दोश्रो बजार :
मूल्य आम्दानी अनुपात १६ गुणा :
कम्पनीको माघ १५ गतेको बजार मूल्य २९२ लाई आधार मान्दा कम्पनीको मूल्य आम्दानी अनुपात १६ दशमलव ७७ गुणा आउँछ ।
पीबी रेसियो :
कम्पनीको बजार मूल्य २९२ लाई आधार मान्दा बजार मूल्य र किताबी मूल्यको अनुपात २ दशमलव २३ गुणा रहेको छ।
निष्कर्ष :
कुमारी बैंक लिडर वाणिज्य बैंकको रुपमा स्थापित हुँदै गएको देखिन्छ । प्रमुख आम्दानीको श्रोतको रुपमा रहेको खुद व्याज आम्दानीमा पनि आकर्षक वृद्धि भएको र त्यसको सकारात्मक असर कम्पनीको खुद मुनाफामा देखिन्छ । बैंकले देव विकास बैंकलाई एक्वायर गरे पश्चात बैंक लिडर बैंकको रुपमा स्थापित हुन खोजेको प्रस्ट देखिन्छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
फागुन ५, २०८१ सोमबार