राप्रपा पाँचथरका तीन जिल्ला नेताको श्रद्धान्जलीसभा सम्पन्न
नेपालबहस संवाददाता
माघ १२, २०७७ सोमबार १६:४:७
१२ माघ, पाँचथर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँचथरले राप्रपा पाँचथरका तीन जिल्ला नेताको श्रद्धान्जलीसभा सम्पन्न गरेको छ । कर्तव्यनिष्ट जिल्ला नेताहरुको अभावले पार्टी र समाजलाई अपुरणीय क्षति भएको बताएको छ ।
‘सिद्धान्तनिष्ट, वचनका पक्का र स्थानीय तहका कुशल संगठनकर्ता कृष्णबहादुर योङहाङ, जीतबहादुर अगुवा र हर्कबहादुर नेम्बाङको असामयिक निधनले पार्टी र सिंगो समाजलाई अपुरणीय क्षति भएको छ । पार्टीले यस्ता जिम्मेवार नेता कार्यकर्ता जन्माउनु धेरै लगानी र परिश्रम गनु पर्ने हुन्छ,’ केन्द्रीय कार्य सम्पादन सदस्य सगुन सुन्दर लावतीले फिदिमस्थित राप्रपा पार्टी कार्यालयमा आयोजित श्रद्धान्जली सभालाई सम्बोधन गर्दै भने । दिवंगत जिल्ला नेताहरुको सु–किर्ती भावी पुस्ताका लागि मार्गनिर्देश हुने नेता लावतीले बताए ।
राप्रपा पाँचथरका जिल्ला उपाध्यक्ष कृष्णबहादुर योङहाङ, जिल्ला सदस्यहरु जीतबहादुर अगुवा र हर्कबहादुर नेम्बाङको स्मृतिमा आयोजित श्रद्धान्जली सभामा वक्ताहरुले दिवंगत नेताहरुको योगदान र व्यक्तित्वबारे चर्चा गरे ।
विकासप्रेमी नेता स्वर्गीय पद्मसुन्दर लावतीका सहयात्रीका रुपमा योङहाङ, अगुवा र नेम्बाङले पाँचथरमा लामो समय क्रियाशील राजनीति गरे । आफ्नो जिम्मेवारी पूरा गर्ने नेताका रुपमा तीनैजना स्थापित थिए, केन्द्रीय सदस्य मानदेव केरुङले सो अवसरमा भने ।
राप्रपा पाँचथरका अध्यक्ष राजकुमार जोशीको अध्यक्षतामा सम्पन्न श्रद्धान्जली सभामा राप्रपा ताप्लेजुङका अध्यक्ष डिल्ली विष्ट, उपाध्यक्ष गायत्री थेबे र राप्रपा इलामका जिल्ला सदस्य भवानी योङयाको समेत उपस्थिति थियो । राप्रपा हिलिहाङ अध्यक्ष जीतबहादुर कटवाल, हर्कबहादुर नेम्बाङकी सुपुत्री अप्सना नेम्बाङले श्रद्धान्जली अर्पण गर्दै मन्तव्य प्रस्तुत गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
मंसिर ६, २०८१ बिहिबार
पहिचान पक्षधरले कोशीमा घोषणा गरे आन्दोलन
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार