प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा सवा लाख दीप प्रज्ज्वलन
नेपालबहस संवाददाता
माघ १२, २०७७ सोमबार १६:२४:२९
१२ माघ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज पशुपतिनाथ मन्दिरमा विश्व शान्ति एवं राष्ट्र कल्याणको सङ्कल्पले विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन गरेका छन् । धर्मपत्नी राधिका शाक्यसहित बिहान करिब आठ बजे पशुपतिनाथ मन्दिर पुगेका प्रधानमन्त्री ओलीले पशुपति परिक्रमा विधिअनुसार मन्दिर घुमेर विशेष पूजा गरेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले राससलाई जानकारी दिए । सो अवसरमा उनले पशुपति क्षेत्रका गतिविधिका बारेमा पनि जानकारी लिएका थिए ।
पशुपति क्षेत्रलाई विश्वको वैदिक सनातन धर्मावलम्बीको पवित्रस्थलका रूपमा विकास गर्न उनले कोषका पदाधिकारीलाई निर्देशन दिएका छन् । सो अवसरमा संस्कृति मन्त्री भानुभक्त ढकाल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई तथा काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजाल पनि सहभागी भएका थिए ।
पशुपति क्षेत्रमा प्रधानमन्त्री ओलीलाई कोषका सदस्य सचिव ढकाल, कोषाध्यक्ष डा. मिलनकुमार थापा र कोष सञ्चालक परिषद्का सदस्यलगायत कर्मचारीले स्वागत गरेका थिए । विशेषपूजापछि पशुपतिका मूल भट्ट रावल गणेश भट्टले प्रसाद लगाइ दिए । मूलसहित चारैजना भट्ट विशेष पूजामा सहभागी भएको कोषले जनाएको छ ।
पशुपति मन्दिरमा पूजा गरेपछि प्रधानमन्त्री ओली आजै दाङ देउखुरी जाने कार्यक्रम छ । राप्ती नदीमा बनेको पुल उदघाटन र जनसभालाई सम्बोधन गर्न ओली दाङ जाने र आजै काठमाडौं फर्किने प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री नहुँदा प्रधानमन्त्रीको चीन भ्रमणबारे संसदीय समितिमा छलफल हुन सकेन
मंसिर २, २०८१ आइतबार
उपनिर्वाचन हुने स्थानीय तहमा उम्मेदवारको मनोनयन सुरु, आजै सूची प्रकाशन हुने
मंसिर २, २०८१ आइतबार
हवाई भाडा बढाएर यात्रु ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही गर्छाैः मन्त्री पाण्डे
मंसिर २, २०८१ आइतबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मन्त्री यादवद्वारा खानेपानीका पाइप फुटेका ठाउँमा जडान गर्न निर्देशन
मंसिर २, २०८१ आइतबार
दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झना दिवसः सधैँ झस्काइरहन्छ आफन्तलाई
मंसिर २, २०८१ आइतबार
नेपाल टेलिकमको अवरुद्ध मोबाइल सेवा सञ्चालन
मंसिर २, २०८१ आइतबार
परराष्ट्रमन्त्री नहुँदा प्रधानमन्त्रीको चीन भ्रमणबारे संसदीय समितिमा छलफल हुन सकेन
मंसिर २, २०८१ आइतबार
आँबुखैरेनी अस्पतालले दियो एक सय १७ महिलालाई प्रसूति सेवा
मंसिर २, २०८१ आइतबार