विद्यालयलाई सिसीटिभीको निगरानीमा राख्न आवश्यक
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
माघ १२, २०७७ सोमबार १६:५९:५२
![](https://nepalbahas.prixacdn.net/media/albums/cctv_zw1NenlcgV.jpg)
१२ माघ, बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–१० छत्रेबाँझ दाप्चामा रहेको बाल उज्ज्वल माध्यमिक विद्यालयलाई सिसीटिभीको निगरानीमा राखिएको छ । विद्यालयको शैक्षिक गुणस्तरलाई थप अभिवृद्धि गर्नका लागि विद्यालय व्यवस्थापन समितिले विद्यालयलाई सिसीटिभीको निगरानीमा राख्न आवश्यक रहेको जनाएपछि युवा व्यवसायी टीकाबहादुर लामा ‘धावा’ ले १२ थान सिसी क्यामेरा उपलब्ध गराए ।
नमोबुद्ध–१० का वडाध्यक्षसमेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण अधिकारीले प्राप्त उपकरणले शिक्षामा ठूलो उपलब्ध हुने अपेक्षा व्यक्त गर्नुभयोरे । “सिसी क्यामेराबाट अब विद्यार्थी, शिक्षक, अभिभावक र सिङ्गो विद्यालयका लागि शिक्षाको क्षेत्रमा समेत गतिलो पहरेदारको काम गर्नेछ”, उनले भने, “अब विद्यालयमा विद्यार्थीका लागि शैक्षिक गुणस्तर वृद्धि गर्न सिसी क्यामेरा आवश्यक छ भनेर हामीले विद्यालयमा छलफलसमेत गरिरहेका थियौँ, त्यही क्रममा युवा व्यवसायी लामाले सिसी क्यामेरा उपलब्ध गराए ।” सिसी क्यामेरा उपलब्धसँगै उक्त क्यामेरा जडान गर्न आवश्यक पर्ने सम्पूर्ण सामग्री र जडान गर्ने प्राविधिकसमेत उनले उपलब्ध गराएको विद्यालयले जनाएको छ । विद्यालयमा सिसीटिभी क्यामेरा जडान गरेपछि सम्पूर्ण कक्षा कोठा, विद्यालयको प्राङ्गण र विद्यालय परिसर नै सिसीटिभीको निगरानीमा राखिएको विद्यालयले जनाएको छ ।
विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि सिसीटिभीको महत्वपूर्ण भूमिका रहने भएकाले विद्यालयलाई सहयोग गर्ने उद्देश्यले आवश्यक उपकरणसहित सहयोग गरेको लामाले बताए। “विद्यार्थीलाई अनुशासित राख्न कक्षा कोठामा कसरी पढिरहेका छन्, कहिलेकाहीँ शिक्षक कक्षा कोठामा उपस्थित नहुने बेलामा कसरी बसिरहेका छन् र बाहिर चौरतिर खेल्ने बेलामा कसरी कस्तो व्यवहार देखाएका छन् भन्नेसमेतको निगरानी राखेर कतै गलत गरेको खण्डमा त्यसलाई सुधार गर्नसमेत सिसीटिभी क्यामेराले सहयोग गर्ने भएकाले सो उपकरण विद्यालयको लागि उपलब्ध गराएको हुँ”, उनले भने, “यसबाट शिक्षक र विद्यार्थीको शैक्षिक गतिविधिका साथै शिक्षकले पनि कक्षा कोठामा कसरी पढाइरहनुभएको छ भन्नेसमेतको रेकर्ड गर्ने भएकाले समयको उचित सदुपयोग र व्यावहारिक परिवर्तनमा समेत सहयोग पुग्नेछ ।”
उपलब्ध सामग्रीमा एक थानको आठ हजार पर्ने १२ थान सिसी क्यामेरासहित जडान गर्न आवश्यक पर्ने सबै उपकरण गरेर रु एक लाख ७५ हजार ५६५ लागतमा सो जडान कार्य सम्पन्न गरिसकेको लामाले बताए । पाँच सय ४६ विद्यार्थी अध्ययन गरिरहेको सो विद्यालयमा नगर शिक्षा कार्यालयबाट कम्प्युटर ल्याबको समेत व्यवस्थापन गरी अध्ययन अध्यापन भइरहेको अध्यक्ष अधिकारीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस वर्षको कक्षा १२ को परीक्षा वैशाख ११ देखि सुरु हुने
फागुन १, २०८१ बिहिबार
विद्यालय शिक्षा ऐन जारी गर्न मागगर्दै नेपाल शिक्षक महासंघले गर्यो आन्दोलन घोषणा
माघ १७, २०८१ बिहिबार
अध्ययन स्कुलमा विद्यालयस्तरीय ह्याकाथन प्रतियोगिता सुरू
माघ १७, २०८१ बिहिबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
कार दुर्घटनामा परी महाकुम्भ मेलाबाट फर्कदै गरेका रुपन्देही देवदहका ३ जनाको मृत्यु
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार