दाहाल–नेपाल समूहले माघ २८ गते काठमाडौंमा फेरि शक्ति प्रदर्शन गर्ने
नेपालबहस संवाददाता
माघ १२, २०७७ सोमबार १७:४०:४०
१२ माघ, काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध नेकपाको दाहाल–नेपाल समूहले माघ २८ गते काठमाडौंमा फेरि शक्ति प्रदर्शन गर्ने भएको छ । नारायणकाजी श्रेष्ठ नेतृत्वको संघर्ष समितिले सोमबार पेरिसडाँडामा पत्रकार सम्मेलन गरी तेस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत माघ २८ गते लाखौँ जनतासहित शक्ति प्रदर्शन गर्ने घोषणा गरेको हो ।
गएको शुक्रबार मात्रै काठमाडौंमा एक लाख बढी कार्यकर्ता उतारेर शक्ति प्रदर्शन गरेको दाहाल नेपाल समूहले ओलीको प्रतिगमनविरुद्ध निर्णायक आन्दोलन भन्दै २८ गते विशाल सभासहित शक्ति प्रदर्शन गर्ने निर्णय गरेको हो ।
‘प्रतिनिधि सभा पुनःस्थापना नभएसम्म आन्दोलन जारी राख्छौ’ संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले पत्रकार सम्मेलनमा भने, ‘यसअघि दुई चरणका कार्यक्रम सकेर अब निर्णायक आन्दोलन गर्छौ ।’
संघर्ष समितिले माघ १३ देखि २८ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक पनि गरेको छ । १३ गते काठमाडौँमा सिटी जुलुस, १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना दिने दाहाल–नेपाल समूहको कार्यक्रम छ ।
यस्तै १६ गते जुलुससहित शहीदहरुलाई श्रद्धाञ्ली दिने, २२ गते काठमाडौंमा युवा र्याली गर्ने, २६ गते मशाल जुलुस र २८ गते काठमाडौंमा फेरि शक्ति प्रदर्शन गर्ने भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री नहुँदा प्रधानमन्त्रीको चीन भ्रमणबारे संसदीय समितिमा छलफल हुन सकेन
मंसिर २, २०८१ आइतबार
उपनिर्वाचन हुने स्थानीय तहमा उम्मेदवारको मनोनयन सुरु, आजै सूची प्रकाशन हुने
मंसिर २, २०८१ आइतबार
हवाई भाडा बढाएर यात्रु ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही गर्छाैः मन्त्री पाण्डे
मंसिर २, २०८१ आइतबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
गौतम गम्भीरको समर्थनमा निस्किए सौरभ गांगुली
मंसिर २, २०८१ आइतबार
भारतीय प्रहरी र नक्सलवादी समूह बीचको झडपमा पाँच विद्रोहीको मृत्यु
मंसिर २, २०८१ आइतबार
युवाहरूबीच कुटपिट हुँदा एक जनाको मृत्यु
मंसिर २, २०८१ आइतबार
पूर्वसभामुख ढुङ्गानाको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा श्रद्धाञ्जली
मंसिर २, २०८१ आइतबार
भारतले गर्यो पहिलो हाइपरसोनिक क्षेप्यास्त्रको परीक्षण
मंसिर २, २०८१ आइतबार
पाथीभरा क्षेत्रबाट एक हजार किलो फोहर संकलन
मंसिर २, २०८१ आइतबार