जाडोमा उपभोक्ताको रोजाइँ फाइबरका सिरक–डस्ना !
नेपालबहस संवाददाता
माघ १३, २०७७ मंगलबार १८:४६:५७
१३ माघ, दमक । जाडो बढेसँगै जाडोका लागि चाहिने लत्ताकपडा र सिरक डसनाको बिक्री बढ्दै गएको छ । गएको पुष अन्तिम सातादेखि जाडो बढेपछि झापाको दमकसहित जिल्लाभित्र साना तथा ठूला बजारमा जाडोका लागि चाहिने यस्ता उपभोग्य बस्तुको बिक्री बढेको हो ।
जिल्लाको दमक नगरपालिका–९ मा स्थानीय तीन जना सिटौला दाजुभाइले सञ्चालनमा ल्याउनुभएको फिदर कम्पुटर म्यानुफ्याक्चर्सले अहिले दैनिक ठूलो परिणाममा फाइवरका सिरक बजारमा पठाउँदै आएको छ । कोरियन प्रविधिको प्रयोग गरी एक वर्ष अघिदेखि सञ्चालन गरिएको उक्त उद्योगले महिना दिनयता दैनिक ८ सय जति सिरक, डसना बनाउँदै देशका विभिन्न शहरमा पठाउँदै आएको कम्पन्नीले जनाएको छ ।
दमक– ९ कै लक्ष्मीप्रसाद सिटौला, नारायण सिटौला र केशव सिटौलाले करीब रु १२ करोडको लगानीमा सो उद्योग खोलेका हुन् । उद्योग १५ कठ्ठा जग्गामा रहेको छ भने फाइवरको सिरक, डसना र कम्बल बनाउने यस्तो उद्योग प्रदेश एककै ठूलो भएको सञ्चालकको दाबी छ । सिटौला दाजुभाइ एकताका अलगअलग समयमा वैदेशिक रोजगारीका लागि अलग–अलग ठाउँमा गउका थिए । रोजगारीका क्रममा विदेशमा देखेगरेको अनुभव समेटेर आफनै ठाउँमा उनीहरुले साझेदारीमा व्यवसाय सञ्चालनमा ल्याएका हुन् ।
सञ्चालकमध्येका उद्योगी लक्ष्मीप्रसाद सिटौलाले विदेशको अनुभवलाई स्वदेशमा नै लगाउँदै यसको व्यावसायीकरणमा आकर्षित भएको बताउछन । आफनै ठाउँमा नयाँ काम थाल्ने अठोट लिएर एक वर्ष अघिदेखि यस उद्योग सञ्चालनमा ल्याइएको र अहिले छ दर्जन बढी स्थानीयवासीले प्रत्यक्ष रोजगारीसमेत पाएको उनले बताए ।
कोरियन प्रविधिमार्फत निर्माण गरिने सिरक, डसना, कम्बल, सिरानी जस्ता अनिवार्य आवश्यकताका वस्तुको बजारमा अभाव र बेरोजगार जनशक्तिलाई हेरेर स्वदेशमै केही गरौं भन्ने उद्देश्यले उद्योग स्थापना गरिएको सिटौलाले बताए। उद्योगमा रोजगारीको अवसर पाउनेमा महिला धेरै छन् ।
उद्योगमा अहिले रु १२ करोड जति लगानी रहेको र करीब रु पाँच करोड मूल्य बराबरको सामान स्टक रहेको कम्पनीले जनाएको छ । विदेशमा देखेजानेको कुरालाई स्वदेशमा उपयोग गर्ने सोच बनाएरनै उद्योग स्थापना गरिएको अर्का सञ्चालक नारायण सिटौला बताउछन् । उनले भने,“बजारमा जाडोका लागि चाहिने सिरक, डस्नाको माग उच्च छ”, उद्योगले तयार गर्ने फाइवर सिरक, डसना अन्य सिरक, डसना भन्दा गुणस्तरीय हुने भएकाले पनि उपभोक्ताको रोजाइँ पनि बन्दै गएको उनको भनाइ छ ।
उद्योगले दैनिक ८०० वटा सिरक, डसना उत्पादन गरिआएको र यहाँको उत्पादन स्थानीय बजारसँगै पश्चिमका कैलाली, दाङ, पोखरा, सुर्खेतलगायतका ठाउँका बजारसम्म पैठारी गरिआएको कम्पनीका सुपरभाइजर टङ्क पालुङवाले बताउनुभयो । गर्मीको समयमा तयारी हुने र जाडो शुरु हुनसाथ उत्पादनको मात्रा बढाउने गरेको उनले बताए । विदेशबाट फर्किएर आएका युवालाई स्वदेशमा नै रोजगार बनाउन स्थानीय सरकारले समेत प्राथमिकता दिँदैआएको दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले बताए ।
दमक बहुमुखी क्याम्पसको पूर्व सहप्राध्यापकसमेत रहनुभएका उपप्रमुख अधिकारीले विदेशमा होइन स्वदेशमा नै रोजगारी अवसर सिर्जन गर्न तथा काम गरिआएका व्यवसायीको उत्पादन तथा बजारीकरण प्रवद्र्धनमा सघाउ पु¥याउन स्थानीय सरकारले उच्च प्राथमिकता दिँदैआएको बताउछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा विद्युतीय चुरोटमा प्रतिबन्ध लगाइँदै, वार्षिक ३२ अर्बको व्यापार
बैशाख २५, २०८१ मंगलबार
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?
चैत २८, २०८० बुधबार
नयाँ बर्षको योजनामा बेनेली बाइक शून्य प्रतिशत ब्याजदरमा पाइने, १ लाख सम्मको छुट
चैत ८, २०८० बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्री प्रचण्ड र कांग्रेसका नेताहरूबीचको बैठक स्थगित
जेठ ४, २०८१ शुक्रबार
सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने
जेठ ४, २०८१ शुक्रबार
मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने
जेठ ४, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी न्यौपानेलाई प्रवक्ताको जिम्मेवारी
जेठ ४, २०८१ शुक्रबार
लेनडाँडा सुरुङमार्गको 'ब्रेक थ्रु'
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने
जेठ ४, २०८१ शुक्रबार