चार वाणिज्य र दुई विकाश बैंकको त्रैमासिक रिपोर्टः कुनको नाफा कति ?
नेपालबहस संवाददाता
माघ १३, २०७७ मंगलबार २२:५६:१६
१३ माघ, काठमाडौं । यतिबेला बैंक तथा वित्तीय संस्थाहरूले आर्थिक वर्ष ०७७/८८ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । जसमध्येमा केही वाणिज्य बैंक र विकास बैंकले रिपोर्ट सार्वजनिक गरिसकेका छन् भने केही गर्ने तयारीमा छन् ।
वाणिज्य बैंकहरुमा सिटिजन्स इन्टरनेशनल, कुमारी बैंक, इन्भेष्टमेन्ट बैंक र नेपाल बंगलादेश बैंकले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । त्यस्तै, विकास बैंकहरुमध्येमा मुक्तिनाथ विकास बैंक र कामना सेवा विकास बैंकले रिपोर्ट सार्वजनिक गरेका छन् ।
रिपोर्ट सार्वजनिक गरेका वाणिज्य बैंकमधयेमा नेपाल इन्भेष्टमेन्ट बैंकले दोस्रो त्रैमाससम्ममा १ अर्ब ५८ करोड ६६ लाख खुद मुनाफा कमाउन सफल भएको छ । बैंकले गत आर्थिक वर्षकाे यही अवधिमा १ अर्ब ६६ करोड मुनाफा गरेको थियो । यो गत आर्थिक वर्षको तुलनामा ४.७७ प्रतिशतले कमी हो ।
कुमारी बैंकले दोस्रो त्रैमाससम्ममा १ अर्ब २१ करोड खुद मुनाफा आर्जन गरेको छ । बैंकले गतबर्ष यही समयमा तुलनामा ४१ करोड ३५ लाख रुपैयाँ अर्थात ५१.४९ प्रतिशत मुनाफा बढाएको हो ।
सिटिजन्स इन्टरनेशनल बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८७ करोड ५१ लाख खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत वर्ष यही समयमा ६८ करोड ७७ लाख खुद मुनाफा कमाएको थियो । जुन गत वर्षको तुलनामा आर्थिक वर्ष २७ प्रतिशतले बढी हो ।
नेपाल बंगलादेश बैंकले आज मंगलबार दोस्रो त्रैमासको विवरण सार्वजनिक गरेको छ । बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मा ९४ करोड १२ लाख खुद मुनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.५२ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ८० करोड ७७ लाख रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
कुन कुन विकास बैंकले सार्वजनिक गरे दोस्रो त्रैमासको वित्तीय विवरण
दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्नेमा मुक्तिनाथ विकास बैंक र कामना सेवा विकास बैंक रहेका छन् । मुक्तिनाथ विकास बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मा ६१ करोड ५५ लाख खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत बर्ष यही समयमा ४७ करोड २५ लाख मुनाफा गरेको थियो । जुन गत वर्षको तुलनामा आर्थिक वर्ष ३० प्रतिशतले बढी हो ।
कामना सेवा विकास बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३९ करोड ४८ हजार खुद मुनाफा गरेको छ । बैंकले गत वर्ष यही समयमा १४ करोड ८५ लाख मुनाफा गरेको थियो । जुन गत वर्षको तुलनामा आर्थिक वर्ष १६३ प्रतिशतले बढी हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव
मंसिर १२, २०८१ बुधबार
एनआइएमबीको संस्थापक शेयर बिक्रीमा
मंसिर १२, २०८१ बुधबार
कुमारी बैंककाे उद्यमी प्रशिक्षण कार्यक्रम माेरङकाे बेलबारीमा
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
एमालेको जागरणसभा स्थलमा रक्सीका बोलत असरल्ल थिए, फोहोर २ ट्रक भयोः वेस्ट मेनेजमेन्ट
मंसिर १२, २०८१ बुधबार
भरतपुर अस्पतालमा ‘प्ले थेरापी’ सेवा
मंसिर १२, २०८१ बुधबार
चिसोसँगै रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढे
मंसिर १२, २०८१ बुधबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
धेरै भात खानेमा एसियाली भन्दा अफ्रिकामा बढी
मंसिर १२, २०८१ बुधबार