चार वाणिज्य र दुई विकाससहित आधा दर्जन बैंकहरुकाे त्रैमासिक रिपोर्ट सार्वजनिक, कुनको नाफा घट्यो कुनको बढ्यो ?
नेपालबहस संवाददाता
माघ १४, २०७७ बुधबार १८:३६:२९
१४ माघ, काठमाडौं । यतिबेला बैंक तथा वित्त संस्थाहरुले आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासिक रिपोर्ट सार्वजनिक गरिरहेका छन् । जसमध्ये आधा दर्जन बढि वाणिज्य र चार वटा विकास बैंकले दोस्रा त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । आज माघ १४ गते चार वाणिज्य र दुई विकास बैंकले रिपोर्ट सार्वजनिक गरेका छन् । अन्य बैंकहरु पनि वित्तीय विवरण सार्वजनिक गर्ने तयारी गरिरहेका छन् । जसमध्ये वाणिज्य बैंकहरुमध्येमा आज नेपाल बैंक, सनराइन बैंक, प्रभु बैंक र कुमारी बैंक र विकास बैंकहरुमध्येका गरिमा विकास बैंक र ज्योति विकास बैंकले दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजकि गरेका छन् ।
नेपाल बैंक लिमिटेडकाे चालु आर्थिक वर्षको दोस्रो त्रैमासको विवरण अनुसार बैंकको नाफा घटेको छ। पुष मसान्तसम्ममा बैंकले १ अर्ब ३५ करोड ४ लाख रुपैयाँ मूनाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९ लाख ७३ हजार रुपैयाँ कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३५ करोड २३ लाख रुपैयाँ मूनाफा कमाएको थियो।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपनि कर खर्च बढेपछि बैंकको नाफा सामान्य घट्न पुगेको हो। समीक्षा अवधिमा बैंकको कर खर्च १३ करोड २४ लाख रुपैयाँ बढेपछि खुद नाफा घट्न दबाब पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ६७ करोड ८२ लाख रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८.२ प्रतिशत बढेर २ अर्ब ९७ करोड १३ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा १७.९६ प्रतिशत बढेर २ अर्ब ४ करोड ६२ लाख रुपैयाँ पुगेको छ। खुद ब्याज आम्दानी सामान्य बढेपनि ४ करोड ५१ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स भएपछि बैंकको सञ्चालन मुनाफा वृद्धिदर धेरै देखिएको हो।
खुद नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २७ रुपैयाँ ५७ पैसा रहेको बैंकको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर २१ रुपैयाँ ३७ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २५३ रुपैयाँ १८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १७।१२ गुणा रहेको छ।
१२ अर्ब ६३ करोड ६७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ बैंकको जगेडा कोषमा १५ अर्ब ५९ करोड ३४ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ३ अर्ब ३२ करोड रुपैयाँ र शेयर प्रिमियममा ४३ करोड ५९ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको चुक्ता पूँजी ११ अर्ब २८ करोड २८ लाख रुपैयाँ हुँदा जगेडा कोषमा १३ अर्ब ८५ करोड रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ३ अर्ब १० करोड रुपैयाँ र शेयर प्रिमियममा १ अर्ब ७८ करोड रुपैयाँ थियो।
पछिल्लो ६ महिनामा बैंकको निक्षेप १ खर्ब ४१ अर्ब रुपैयाँबाट बढेर १ खर्ब ४८ अर्ब पुगेको छ भने कर्जा लगानी १ खर्ब ३ अर्बबाट बढेर १ खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ। यससँगै बैंकको निष्क्रिय कर्जा अनुपात सामान्य बढेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २.६६ प्रतिशत रहेको बैंकको यस्तो कर्जा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर २.८८ प्रतिशत पुगेको छ।
समीक्षा अवधिमा बैंकको आधार दर ७.८२ प्रतिशतबाट ६.१९ प्रतिशतमा झरेको छ भने स्प्रेड ४.४४ प्रतिशतबाट ४.३९ प्रतिशतमा झरेको छ।
सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सामान्य रुपले मूनाफामा बढेको छ। दोस्रो त्रैमासम्म बैंकले ९४ करोड ९४ लाख रुपैयाँ मूनाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.५३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ९४ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको ब्याज आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज रिभर्स भएपछि बैंकको नाफामा सामान्य सुधार देखिएको हो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २१ करोड ३३ लाख रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.३१ प्रतिशत घटेर १ अर्ब ८१ करोड रुपैयाँमा सीमित भएको छ भने सञ्चालन मुनाफा ०.८३ प्रतिशत बढेर १ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ। सो अवधिसम्ममा बैंकको ९ करोड ४९ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स भएपछि सञ्चालन मुनाफा सामान्य बढ्न पुगेको हो।
पुष मसान्तसम्ममा ९ अर्ब ४८ करोड ७९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३ अर्ब ९१ करोड ९५ लाख रुपैयाँ र शेयरधनी कोषमा ७९ करोड ३४ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको चुक्ता पूँजी ८ अर्ब ९६ करोड हुँदा जगेडा कोषमा ३ अर्ब ६८ करोड रुपैयाँ र शेयरधनी कोषमा ७४ करोड ३६ लाख रुपैयाँ सञ्चित थियो।
पछिल्लो ६ महिनामा बैंकको निक्षेप २.४२ प्रतिशत बढेर ९२ अर्ब ४० करोड रुपैयाँ पुगेको छ भने कर्जा ७।३४ प्रतिशत बढेर ८६ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । खुद नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने सामान्य घटेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ६ पैसाबाट घटेर २० रुपैयाँ १ पैसामा सीमित भएको छ। त्यसैगरी, बैंकको प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ६७ पैसा पुगेको छ भने मूल्य आम्दानी अनुपात १३.४९ गुणा रहेको छ।
प्रभु बैंक लिमिटेडले १ अर्ब ५१ करोड ८६ लाख रुपैयाँ मूनाफा आर्जन गर्न सफल भएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९।८७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपछि बैंकको खुद नाफा बढ्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ९९ करोड ९८ लाख रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ९.७२ प्रतिशत बढेर २ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ४२.७३ प्रतिशत बढेर २ अर्ब १४ करोड रुपैयाँ पुगेको छ। सो अवधिसम्ममा बैंकको १८ करोड ८२ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण खुद ब्याज आम्दानीको तुलनामा सञ्चालन मुनाफा वृद्धिदर धेरै देखिएको हो।
११ अर्ब ३४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब १८ करोड ६१ लाख रुपैयाँ र शेयरधनी कोषमा १ अर्ब १७ करोड रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड हुँदा जगेडा कोषमा ३ अर्ब ८५ करोड रुपैयाँ र शेयरधनी कोषमा १ अर्ब २१ करोड रुपैयाँ सञ्चित थियो।
पछिल्लो ६ महिनामा बैंकको निक्षेप २५.८५ प्रतिशत बढेर १ खर्ब ६२ अर्ब २ करोड रुपैयाँ पुगेको छ भने कर्जा २६.८२ प्रतिशत बढेर १ खर्ब २६ अर्ब ५ करोड रुपैयाँ पुगेको छ।
खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ५ पैसाबाट बढेर २६ रुपैयाँ ७७ पैसा पुगेको छ। त्यसैगरी, बैंकको प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ २९ पैसा पुगेको छ भने मूल्य आम्दानी अनुपात १५.३२ गुणा मात्र रहेको छ।
सानिमा बैंक लिमिटेडको मूनाफा घटेको देखिएको छ। बैंकले दोस्रो त्रैमासम्म १ अर्ब ६ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७।३८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १४ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेपछि बैंकको खुद नाफा घट्न दबाब पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ८९ करोड २६ लाख रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.९८ प्रतिशत घटेर १ अर्ब ९९ करोड रुपैयाँमा सीमित भएको छ भने सञ्चालन मुनाफा ७.२८ प्रतिशत घटेर १ अर्ब ५० करोड रुपैयाँमा झरेको छ।
पुस मसान्तसम्ममा ९ अर्ब ६८ करोड १५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३ अर्ब ६८ लाख रुपैयाँ र शेयरधनी कोषमा ८९ करोड २६ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको चुक्ता पूँजी ८ अर्ब ८० करोड हुँदा जगेडा कोषमा २ अर्ब ८२ करोड रुपैयाँ र शेयरधनी कोषमा १ अर्ब १९ करोड रुपैयाँ सञ्चित थियो।
पछिल्लो ६ महिनामा बैंकको निक्षेप २.७९ प्रतिशत बढेर १ खर्ब १० अर्ब २४ करोड रुपैयाँ पुगेको छ भने कर्जा ११.८८ प्रतिशत बढेर १ खर्ब १ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ
खुद नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी २६ रुपैयाँ ७ पैसाबाट घटेर २१ रुपैयाँ ९६ पैसामा सीमित भएको छ। त्यसैगरी, बैंकको प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ २८ पैसा पुगेको छ भने मूल्य आम्दानी अनुपात १६.७६ गुणा रहेको छ।
गरिमा विकास बैंक लिमिटेडले ३९ करोड ३५ लाख रुपैयाँ मूनाफा गरेको छ । यो बैंकले गरेको मूनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.९१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३२ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको थियो।
बैंकको ब्याज आम्दानीसँगै अन्य सञ्चालन आम्दानी बढेपछि नाफा बढ्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा २५ करोड २३ लाख रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४।५२ प्रतिशत बढेर ८४ करोड २६ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा २०.९१ प्रतिशत बढेर ५६ करोड २२ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा बैंकको अन्य सञ्चालन आम्दानी ६८ लाख २६ हजार रुपैयाँबाट बढेर २१ करोड २८ लाख रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा बैंकको बेस रेट १०.९५ प्रतिशतबाट ८.३८ प्रतिशतमा झरेको छ भने स्प्रेड रेट ५.२६ प्रतिशतबाट ४.९९ प्रतिशतमा झरेको छ।
ज्योति विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३० करोड ५५ लाख रुपैयाँ मूनाफा आजर्न गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ८.८२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको यसै अवधिमा बैंकले २८ करोड ८ लाख रुपैयाँ मूनाफा आर्जन गरेको थियो।
ब्याज आम्दानीमा गिरावट आएतापनि बैंकको अन्य सञ्चालन आम्दानी बढेसँगै सञ्चालन मुनाफा बढेपछि नाफामा सुधार आएको हो।
समीक्षा अवधिसम्ममा बैंकले ६४ करोड ८० लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १२.०५ प्रतिशत घटेको हो।
पुस मसान्तसम्ममा ४४ अर्ब ७५ करोड ८१ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ३४ अर्ब ४९ करोड ६० लाख रुपैयाँ कर्जा लगानी गरेको छ।
बैंकको प्रतिशेयर आम्दानीमा सामान्य सुधार भएको छ। बैंकको वार्षिक प्रतिशेयर आम्दानी १७ रुपैयाँ ४९ पैसा छ। गत आर्थिक वर्षको यसै अवधिमा बैंकको यस्तो आम्दानी १६ रुपैयाँ ७ पैसा थियो। बैंकको प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ ३९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १२.८१ गुणा बढी रहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव
मंसिर १२, २०८१ बुधबार
एनआइएमबीको संस्थापक शेयर बिक्रीमा
मंसिर १२, २०८१ बुधबार
कुमारी बैंककाे उद्यमी प्रशिक्षण कार्यक्रम माेरङकाे बेलबारीमा
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
एमालेको जागरणसभा स्थलमा रक्सीका बोलत असरल्ल थिए, फोहोर २ ट्रक भयोः वेस्ट मेनेजमेन्ट
मंसिर १२, २०८१ बुधबार
भरतपुर अस्पतालमा ‘प्ले थेरापी’ सेवा
मंसिर १२, २०८१ बुधबार
चिसोसँगै रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढे
मंसिर १२, २०८१ बुधबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
धेरै भात खानेमा एसियाली भन्दा अफ्रिकामा बढी
मंसिर १२, २०८१ बुधबार