वीरगञ्जमा स्वास्थ्यकर्मीलाई खोप दिएर अभियानको शुभारम्भ
नेपालबहस संवाददाता
माघ १४, २०७७ बुधबार २०:२७:७
१४ माघ, वीरगञ्ज । छिमेकी मुलुक भारत सरकारको अनुदान सहयोगमा प्राप्त भएको कोभिड–१९ विरुद्धको खोप अभियान आज वीरगञ्जमा विधिवत् रुपमा शुरु भएको छ । नारायणी अस्पताल वीरगञ्जका स्वास्थ्यकर्मी हेमा थापालाई सो खोप दिएर उक्त अभियानको शुभारम्भ गरिएको छ ।
सङ्घीय सरकारले उक्त खोप अभियानअन्तर्गत नारायणी अस्पताललाई पाँच हजार कोभिड–१९ विरुद्धको खोप दिएको छ । सो खोपले पाँच हजार २०० व्यक्तिलाई खोप पुग्ने लक्ष्य लिएको नारायणी अस्पतालका मेडिकल सुपरिडेण्टेड ‘मेसु’ डा सञ्जय ठाकुरले बताए ।
यस अभियानअन्तर्गत पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, अस्पतालका कर्मचारी, स्वास्थ्य स्वयमसेविका, दोस्रोचरणमा सुरक्षाकर्मी र तेस्रो चरणमालगायत सर्वसाधारणलाई सो खोप दिने बताइएको छ । खोप लिनलाई सबैले आइएमयुमा नाम दर्ता गराउनुपर्ने प्रावधान रहेको छ । अठार वर्ष भन्दामाथि उमेरका व्यक्तिलाई सो खोप दिइन्छ । गर्भवती महिला, भर्खर जन्मेका बच्चालाई दूध चुसाउने महिला तथा दीर्घरोगीलाई भने यो खोप लगाउन नहुने खोप अधिकृत अनिलकुमार सिंहले बताए ।
आजै प्रदेश २ मा रहेको आठ जिल्लाको नौ स्थानमा खोप अभियान शुरु भएको छ । शुरुमा प्रदेश २ को आठ वटै जिल्लामा कोभिड–१९ को प्रकोप भयावह रहेकोले मानिस प्रदेश २ मा आउन डराउने गर्दथ्यो तर अब सो अवस्था नरहेकाले अहिले त्यो सङ्ख्या घटेर फाट्टफट्ट रुपमा मात्र देखापरेको प्रदेश २ स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाले बताए ।
कोरोनाबाट प्रदेश २ मा मृत्यु हुनेको सङ्ख्या एक प्रतिशत मात्र रहेको स्वास्थ्य निर्देशनालय जनकपुरले दाबी गरेका छन् । प्रदेश नं २ मा कोभिड–१९ विरुद्धको ३४ हजार ८०४ वटा डोज औषधि दिइएको बताइएको छ । कोभिड–१९ विरुद्धको खोप लगाएपछिको अवस्थाबारे जानकारी दिँदै स्वास्थ्यकर्मी हेमा थापाले यो खोप लगाउँदा शरीरमा कुनै प्रकारको नकारात्मक प्रभाव नपरेकाले सबैसँग खोप लगाउन आग्रह गरे ।
यस खोप अभियानको उद्घाटन गर्दै प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ मा कोरोना सङ्क्रमणको अवस्था न्यून रहेको बेला सङ्घीय सरकारले प्रदेश २ का जनतालाई खोप दिएपछि भय र त्रास हटेर गएकोले सबैसँग खोप लगाउन आग्रह गरे । पर्साका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष आशमान तामाङगको अध्यक्षतामा भएको सो कार्यक्रममा पर्सा क्षेत्र नं– १ का सांसद प्रदीप यादव, प्रदेश २ स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झा, वीरगञ्जस्थित भारतीय महावाणिज्यदूत नितेशकुमार, नेपाल पत्रकार महासङ्घ प्रदेश २ का सभापति दीपेन्द्र चौहान, नारायणी अस्पतालका मेसु डा सञ्जय ठाकुरलगायतका वक्ताले भारतमा १० लाख भन्दा बढी मानिस यो खोप लगाएको र यसको नकारात्मक प्रभाव नदेखिएकोले सबै निर्धक्क भई यो खोप लगाउन सबैलाई आग्रह गरे।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार
धरानमा सङ्गीत जात्रा महोत्सव सुरु
पुष ८, २०८१ सोमबार
रोशीका वडाध्यक्ष लामाको निधन
पुष ८, २०८१ सोमबार