डोटीमा मतदाता अद्यावधिक शुरु
नेपालबहस संवाददाता
माघ १४, २०७७ बुधबार २१:२१:४५
१४ माघ, डोटी । जिल्लाका नौवटै स्थानीय तहमा निर्वाचनको तयारी तीव्र पारिएको छ । निर्वाचन कार्यालयका कर्मचारी अहिले गाउँगाउँमा पुगेका छन् । जिल्ला निर्वाचन कार्यालय डोटीले जिल्लामा निर्वाचनका लागि मतदाता नामावली अद्यावधिकको काम शुरु गरेको छ ।
कार्यालयले यहाँ राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय तहका जनप्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रममा अद्यावधिकको काम शुरु भएको जनाएको छ । मतदाता नामावली अद्यावधिक गर्न नौवटै स्थानीय तहमा कर्मचारी परिचालन गरिएको जिल्ला कार्यालयका प्रमुख डोटीका प्रमुख दलबहादुर मलासीले जानकारी दिए ।
वैशाखमा हुने निर्वाचनमा डोटीमा कूल मतदाता सङ्ख्या एक लाख १७ हजार ६१७ रहेको छ । ती नामको अद्यावधिक गर्न राजनीतिक दल र स्थानीय निकायलाई सहजीकरणका लागि आग्रह गरिएको कार्यालय प्रमुख मलासीले जानकारी दिए । विसं २०७४ मा भएको प्रतिनिधिसभाको निर्वाचनमा ५७ हजार ४०० महिला र ४९ हजार १४३ पुरुष गरी एक लाख छ हजार ५४३ मतदाता थिए । आगामी वैशाखमा हुने निर्वाचनमा मतदाता सङ्ख्या एक लाख १७ हजार ६१७ रहने अनुमान कार्यालयको छ ।
विसं २०७४ को मतदाताको सङ्ख्यामा अहिले ११ हजार ७४ मतदाता थपिएका छन् । थपिएकाको नामावली अद्यावधिकको कामका लागि सबै राजनैतिक दलहरुलाई सहयोग गर्न निर्वाचन कार्यालयले आग्रह गरेको छ । अद्यावधिकका क्रममा नाम दोहोरिएको, मृत्यु भएको र नामावलीमा त्रुटि भएको सच्याइने कार्यालयले जनाएको छ । विसं २०७४ को निर्वाचनमा डोटीमा प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ ६९ हजार ३२ अर्थात् ६४।७९ प्रतिशत मत खसेको थियो ।
यस्तै समानुपातिकतर्फ ६९ हजार १४९ मत खसेको थियो । जम्मा खसेका मतमध्ये प्रत्यक्षतर्फ तीन हजार ९१० र समानुपातिकतर्फ सात हजार ४१६ मत बदर भएको कार्यालयको तथ्याङ्कले देखाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिम प्रदेशसभाः बजेटमाथिको छलफल सुरु
असोज ५, २०८१ शनिबार
सुदूरपश्चिम सरकारको बजेट ३१ अर्ब ६२ करोड
भदौ ३१, २०८१ सोमबार
सुदूरपश्चिम सरकारको बजेट सोमबार सार्वजनिक हुने
भदौ २९, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार