कञ्चनपुरमा पहिलो मेडिकल सुपरिटेन्डेन्टले लगाए खाेप
नेपालबहस संवाददाता
माघ १४, २०७७ बुधबार २२:५:५२
१४ माघ, महेन्द्रनगर । कञ्चनपुरका कोभिड–१९ विरुद्धको पहिलो खोप आज बिहान महेन्द्रनगरस्थित महाकाली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हरिकुमार श्रेष्ठलाई लगाइएको छ । यहाँ आयोजित कोभिड–१९ विरुद्धको खोप अभियान शुरुआतका क्रममा श्रेष्ठलाई पहिलो खोप दिइएको हो । त्यसपछि स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनार र अन्य स्वास्थ्यकर्मीले पनि खोप लगाएका छन् ।
खोप अभियान शुभारम्भ कार्यक्रममा भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले कोरोना कहर न्यूनीकरणका लागि सबैको सहकार्य आवश्यक रहेको बताए । “गत वर्षदेखि हामी कोभिडसित लडिरहँदा सबैलाई खोप तथा उपचार कहिलेबाट हुन्छ भन्ने थियो”, नगरप्रमुख विष्टले भने, “यो खोप अभियानमा हामी सबै अभिनेता भएर लाग्नुपर्नेछ ।”
त्यसैगरी कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले खोपका विषयमा अपवाह फैलाइएजस्तो कुनै बेफाइदा नरहेको बताए । “पहिलो चरणमा हामी माघ २४ गतेसम्म जिल्लामा रहेका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीहरुलाई खोप लगाउने छौँ”, उनले भने, “एकाधलाई सामान्य रियाक्शन देखिए पनि त्यसलाई सामान्यरुपमा लिन आग्रह गर्छु ।”
आजदेखि यहाँ शुरु भएको खोप अभियानअन्तर्गत महाकाली अस्पतालका स्वास्थ्यकर्मी, स्वास्थ्य कार्यालय र विभिन्न पालिकाका स्वास्थ्यकर्मीहरुलाई खोप लगाइने स्वास्थ्य कार्यालयको भनाइ छ । कञ्चनपुरमा मङ्गलबार दुई हजार ८२० मात्रामा खोप प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट आएको थियो ।
खोप अभियान शुभारम्भ कार्यक्रममा कञ्चनपुरका प्रजिअ रामुकुमार महतो, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदी, नेपाली सेनाको सिंहशादूर््ल गुल्मका निमित्त गुल्मपति सहसेनानी अभय खड्कालगायतको सहभागिता रहेको थियो । सुदूरपश्चिम प्रदेशको नौवटै जिल्लामा प्रयोग गर्नका लागि पहिलो चरणमा सरकारले यहाँ कोभिड–१९ विरुद्धको १६ हजार मात्रामा खोप पठाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार