अमरगढीमा नगरप्रमुखबाट कोरोनाविरुद्धको खोप अभियानको शुभारम्भ
नेपालबहस संवाददाता
माघ १४, २०७७ बुधबार २२:७:५७
१४ माघ, अमरगढी । डडेल्धुरा अमरगढी नगरपालिकाका नगरप्रमुख विश्वेश्वरप्रसाद ओझाले डडेल्धुरामा पहिलोपटक कोरोनाविरुद्धको खोप लगाएर कोरोना खोप अभियानको शुभारम्भ गरे । अमरगढीका नगरप्रमुख ओझाले आज बिहान डडेल्धरामै पहिलोपटक कोरोनाविरुद्धको खोप लगाएका हुन् । कोरोनाविरुद्धको सुरक्षित खोप लगाउनका लागि डराउनु पर्दैन भन्ने सन्देश दिनका लागि आफूले डडेल्धुरामा शुरुमै खोप लगाएको उनले बताए ।
नेपाल सरकारलाई भारत सरकारले अनुदानस्वरुप दिएको १० लाख कोभिशिल्ड नामक खोप डडेल्धुरामा एक हजार २६० प्राप्त भएको छ । पहिलो चरणमा आज स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने व्यक्ति, खोप केन्द्रमा खटिने सुरक्षाकर्मीलाई दिइँदै छ । डडेल्धुरामा आजदेखि शुरु गरिएको कोरोना खोप अभियानअन्तर्गत आज अहिलेसम्म ५० जनालाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय डडेल्धुराका कार्यालय प्रमुख आशुतोष श्रेष्ठले बताए ।
खोप अभियान आज जिल्ला सदरमुकाम अमरगढी १५ गते गन्यापधुरा गाउँपालिका र नवदुर्गा गाउँपालिका, १६ गते अजयमेरू गाउँपालिका र भागेश्वर गाउँपालिका, १७ गते आलिताल गाउँपालिका र परशुराम नगरपालिका र १८ गते छुटपुट सबै जनालाई जिल्ला सदरमुकाममा लगाइने स्वास्थ कार्यालय प्रमुख श्रेष्ठले बताए । खोप लगाएपछि सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुन सक्ने, सामान्य ज्वरो आउने, टाउको दुख्ने, थकाइ र आलस्य महसुस हुने तथा वाकवाक लाग्नेजस्ता सामान्य असर देखिने उनले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार