श्रीस्वस्थानी व्रतकथाकाे महत्व: महादेव जस्तै पति पाऊँ
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
माघ १५, २०७७ बिहिबार १९:१:५६
![](https://nepalbahas.prixacdn.net/media/albums/ros_ktm_rss-e1611819063642_UF6NCOjVNg.jpg)
पौष शुक्ल पूर्णिमा अर्थात आजकै दिनदेखि माघ शुक्ल पूर्णिमा (एक महिना) सम्म विशेष गरी हिन्दू महिलाहरूद्वारा लिइने श्रीस्वस्थानी व्रत र माघस्नान बिहीबारदेखि सुरु हुँदैछ । सत्य युगमा हिमालयपुत्री पार्वतीले ‘महादेव पति पाऊँ’ भनी सो व्रत बसेकी र उनको इच्छा वा मनोकामना पूर्ण भएको मान्यताका आधारमा श्रीस्वस्थानी व्रत लिने, कथा वाचन गरि सुन्ने र सुनाउने प्रचलन रहि आएको छ ।
यो अवधिमा श्रीस्वस्थानीको व्रत गर्नाले घरपरिवारमा सुख,शान्ति र समृद्धि मिल्नुका साथै सौभाग्य प्राप्त हुने विश्वास गरिन्छ । पार्वतीले श्रीमहादेव पति पाउ भनि व्रत बसेकी र त्यसै व्रतका प्रभावले शिव–पार्वतीको विवाह भएको प्रसंग स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघमाहात्म्यमा उल्लेख छ । पुराणका अनुसार आफ्नो बाबुले लगाएको यज्ञमा सतिदेवीलाई निमन्त्रणा नगरेको र यज्ञ गरेको थाहा पाई यज्ञमा सरिक हुन जाँदा आफ्नो पतिलाई नाना तरहले गाली गरेको सहन नसकी यज्ञकुण्डमा हाम फाली प्राण त्याग गरेकी थिइन् । पछि हिमालय पर्वत र मेनकाकी पुत्री पार्वतीको रूपमा उनको जन्म भएको र सानैदेखि ‘महादेव पति पाऊँ’ भन्ने कामनासहित व्रत गरेको उल्लेख छ । तर, पार्वतीको विवाह गर्ने बेला भएपछि हिमालयले भगवान् विष्णुलाई योग्य ठानी पार्वतीको विवाह गरिदिने निधो गरे ।
बुवाले आफ्नो विवाह विष्णुसँग गरिदिने निधो गरेपति पार्वती भागेर एकान्तमा गई महादेवको ध्यान गर्न थालिन् । विष्णुले महादेव पति पाउन स्वस्थानी व्रत गर्ने सल्लाह दिएकाे र पार्वतीले विधिपूर्वक एक महिनासम्म सो व्रत गरी महादेव पति पाएको उल्लेख छ । श्रीस्वस्थानी व्रत पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने भए पनि व्रत गर्ने पुरुष वा महिलाले अघिल्लै दिन बिहान सबेरै उठी हातखुट्टाका नङ काट्ने, स्नान गर्ने र ‘शुद्ध वस्त्र लगाएर एक छाक सात्विक भोजन गर्ने गर्दछन् ।
व्रत अवधिभर बिहान माघस्नान गरी मध्याह्न कालमा श्रीमहादेवको पूजा आराधना गर्ने, अघ्र्य दिने र कथा सुन्ने र सुनाउने प्रचलन रहेको छ । बेलुकी प्रत्येक दिन स्कन्दपुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यको कुमार–अगस्त्य संवाद भएको श्रीस्वस्थानी व्रत कथा सुन्ने–सुनाउने गरिन्छ । सो क्रम माघ शुक्ल पूर्णिमाको दिनसम्म गरिन्छ र अन्त्यमा साङ्गे गर्ने चलन रहेको छ । साङ्गेका दिन तामाको थालीमा ॐकार लेखी त्यसमा पवित्र बालुवाको शिवलिंग बीचमा स्थापना गरी श्रीस्वस्थानी देवीको पूजा गर्ने चलन रहेको छ । पूजामा सेलरोटी, सुपारी, फलफूल, बेलीपुष्प, पान, जनाई, अक्षता, आरतीबत्ती, भेटी, जौ, तिल आदि पदार्थ १०८ का दरले चढाउने परम्परा रहेको छ ।
महिना दिनपछि दीप,कलश,गणेष आदिको वैद्धिक मन्त्रोउच्चारण गरि बिधिपुर्वक ब्राह्णद्धारा पूजा गराई आफ्नो नाम र गोत्र सम्झेर मन, वचन र कर्मले जानी नजानी गरेको सम्पुर्ण पाप नाश भई मलाई यस लोकमा सुख सम्पति र मृत्यु उप्रान्त स्वर्गमा बास होस् भन्ने कामनाले यथाशक्ति श्रीस्वस्थानी परमेश्वरीलाई पूजा गरे अब मेरो मनोकामना पूरा होस भनि अर्घ दिनु र श्रीस्वस्थानी परमेश्वरलाई मनले सम्झनु पर्दछ । माघ शुक्ल पूर्णिमाका दिन १०८ रोटी, १०८ अक्षता, १०८ यज्ञसुत्र, १०८ बेलीपुष्प, १०८ पान, १०८ कुड्का सुपारी, जौ, तिल, फलफुल आदि सबै १०८ सगुन समेत नाना उपचार तयार पारेर आर्शीमा ॐकार लेखि गंगाजलले स्नान गराउनु, श्रीखण्ड, रक्तचन्दन, अवीर,पुष्पमाला, चढाई धुपदिप नैवैध, बस्त्र, भेटी अर्पण गर्नुपर्दछ ।
यसरी पुजा सकेर अर्घ दिनु अनि प्रसाद झिकेर अष्टोतरमा आठरोटी, आठ अक्षता, आठ पुष्प, आठपान, आठ कुड्का सुपारी सगुन समेत आफ्नो पतिलाई दिनु, पति नभए छोरोलाई दिनु, छोरोपनि नभए मित छोरालाई दिनु, मित छोरापनि नभए आफुले जुन मनोकामनाले व्रत गरेको हो त्यो पुरा हवोस भनि खोलामा तथा गंगामा बहाईदिनु, सय रोटी आफुले फलाहार गरि रात्रीमा जाग्राम बस्नु पर्दछ ।
यसरी विधिपूर्वक व्रत गरेमा स्वस्थानी देवीको व्रतका प्रभावले बिछोडिएका जोडीको पुनर्मिलन हुने, रुग्ण भए ठीक हुने र बिहे नभएकाले इच्छा गरेअनुरूप पति वा पत्नी पाउने, बिहे भएकाले सौभाग्य प्राप्त गर्ने, विधवा वा विधुर भइसकेकाले अर्को जन्ममा दाम्पत्य जीवनको सुखभोग प्राप्त गर्न पाउने स्वस्थानी महात्म्यमा बताइएको छ । स्वस्थानी कथामै व्रतपछि बिछोडिएका नाग–नागिनीको पुनर्मिलन भएको, चन्द्रावतीले अहंकार गरी स्वस्थानीको प्रसादको अपमान गरेकी र कुष्ठरोगले पीडित भएकी अनि स्वस्थानी व्रतकै प्रभावले उनको र नवराजको पुनर्मिलन भएको उल्लेख छ ।
पतिको हालखवर बुझ्न गएको आफ्नो छोरो नवराज फर्केर घर नआएपछि दुःख पाएकी गोमालाई सप्तऋषिले सिकाएको व्रतविधिअनुसार स्वस्थानी व्रत गर्दा छोरा नवराज फर्किएर आएका, व्रतको प्रभावले उनी लावण्य देश (हालको साँखु क्षेत्र) को राजा भएको कथासमेत वर्णन गरिएको छ । यो अवधिमा काठमाडौंको साँखुस्थित शालीनदीपरिसरमा माघस्नानसहित माधवनारायण मेला लाग्ने गरेको छ ।
मृगस्थली, शालीनदी, लावण्य देशलगायत स्थल व्रतकथामा उल्लेख गरिएको र विषयवस्तु तथा घटना पनि नेपालकै पावन भूमिमा भएको उल्लेख गरिएको छ । माघ महिनाभर शालीनदीमा स्नान गरी माधवनारायणको दर्शन गरे अनन्य पुण्य मिल्ने धार्मिक विश्वास छ । माधवनारायणको व्रत बस्ने व्यक्तिले व्रत सुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शास्त्रोक्त मन्त्रोच्चारण गरी नित्यपूजा गर्नुपर्ने परम्परा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
फागुन १, २०८१ बिहिबार
अध्यादेशले विचाराधीन विधेयक अलपत्र पार्ने संकेत, ओलीको हुबहु नीतिले थप तनावमा परे देउवा
फागुन १, २०८१ बिहिबार
युद्धविराम भंग हुने भन्दै हमासले आफ्ना नेतालाई फोन बोक्न लगायो प्रतिबन्ध
फागुन १, २०८१ बिहिबार
सशस्त्र संघर्षकै जगमा समानताको मुद्दा स्थापित भएको हो : वर्षमान पुन
फागुन १, २०८१ बिहिबार
आहा रारा पोखरा गोल्डकप : उज्वेकिस्तानको ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१ बिहिबार
जनतामा सेवा प्रवाह गर्न गठबन्धन सरकार आवश्यक : उपप्रधानमन्त्री सिंह
फागुन १, २०८१ बिहिबार
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै
फागुन १, २०८१ बिहिबार
युक्रेन शान्ति वार्तामा मस्को र किएभ के चाहन्छन् ?
फागुन १, २०८१ बिहिबार
जनकपुरमा अनधिकृत रुपमा अस्पताल सञ्चालन गर्नेलाई कारबाही गरिने
फागुन १, २०८१ बिहिबार
सशस्त्र संघर्षकै जगमा समानताको मुद्दा स्थापित भएको हो : वर्षमान पुन
फागुन १, २०८१ बिहिबार
आहा रारा पोखरा गोल्डकप : उज्वेकिस्तानको ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१ बिहिबार
जनतामा सेवा प्रवाह गर्न गठबन्धन सरकार आवश्यक : उपप्रधानमन्त्री सिंह
फागुन १, २०८१ बिहिबार
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै
फागुन १, २०८१ बिहिबार
युक्रेन शान्ति वार्तामा मस्को र किएभ के चाहन्छन् ?
फागुन १, २०८१ बिहिबार
जनकपुरमा अनधिकृत रुपमा अस्पताल सञ्चालन गर्नेलाई कारबाही गरिने
फागुन १, २०८१ बिहिबार
सशस्त्र संघर्षकै जगमा समानताको मुद्दा स्थापित भएको हो : वर्षमान पुन
फागुन १, २०८१ बिहिबार
आहा रारा पोखरा गोल्डकप : उज्वेकिस्तानको ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१ बिहिबार
जनतामा सेवा प्रवाह गर्न गठबन्धन सरकार आवश्यक : उपप्रधानमन्त्री सिंह
फागुन १, २०८१ बिहिबार
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै
फागुन १, २०८१ बिहिबार