नेपालमा भ्रष्टाचार बढ्योः ट्रान्सपरेन्सी इन्टरनेसनल
नेपालबहस संवाददाता
माघ १५, २०७७ बिहिबार १७:५७:५४
१५ माघ, काठमाडौं । सुशासन र भ्रष्टाचारको अवस्थाबारे अध्ययन गर्न स्थापित विश्वकै प्रतिष्ठित संगठन ट्रान्सपरेन्सी इन्टरनेसनलले नेपालमा भ्रष्टाचार बढेको जनाएको छ । कुल १८० देशमा गरिएको अध्ययन अनुसार, नेपाल ११७ औं सूचीमा परेको इन्टरनेसनलले आज जारी गरेको प्रतिवेदनमा उल्लेख छ । गएको वर्ष नेपाल ११३ औं स्थानमा थियो ।
प्रतिवेदनले नेपालमा लगातार भ्रष्टाचार मौलाएको चित्र देखाएको छ । प्रतिवेदनले कोरोना भाइरसको रोकथाममा समेत भ्रष्टाचार भएको र यसले लोकतान्त्रिक प्रणालीमा समेत गम्भिर क्षति पु¥याएको उल्लेख गरेकाे छ ।
यसअघि नेपाल च्याप्टरले पनि नेपालमा भ्रष्टाचार बढेको प्रतिवेदन दिएको थियो । तर नेपाल सरकारले उक्त प्रतिवेदन पूर्वाग्रही र राजनीति प्रेरित भनी अस्वीकार गरेको थियो ।
पछिल्लो प्रतिवेदनका अनुसार, यो वर्ष सबैभन्दा कम भ्रष्टाचार हुने देशमा न्यूजिल्याण्ड र डेनमार्क रहेका छन् । यी दुबै देशले कुल १०० अंकमा ८८ नम्बर पाएका छन् । सन् १९९५ बाट सुरु भएको यो संस्थामा नेपाल सन् २००४ बाट सहभागी भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
विमानको आपतकालीन ढोका खोल्नेलाई जरिवाना
पुष १८, २०८१ बिहिबार
आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
पुष १८, २०८१ बिहिबार
धरान उपमहानगरपालिकाले ‘धरान उत्सव’ गर्ने
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार