आजदेखि एकमहिने माधवनारायण मेला शुरु, चिसो पानीमा डुबुल्की !
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
माघ १५, २०७७ बिहिबार २०:२४:५
![](https://nepalbahas.prixacdn.net/media/albums/Madhab_Narayan_tZ9GhqFSbM.jpg)
१५ माघ, भक्तपुर । माघ महिना बिहानीको चिसोको पर्वाह नगरी यहाँस्थितको हनुमानघाटस्थित त्रिवेणीधाममा बालकदेखि वृद्धसम्मले चिसो पानीमा डुबुल्की मार्दै माधव नारायण मेलाको व्रत शुभारम्भ गरेका छन् । नेपाल संवत्को आठौँ शताब्दीदेखि एकमहिने सो मेला शुरु भएको बताइएको छ ।
हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने माधवनारायण मेला आज बिहान हनुमानघाटस्थित त्रिवेणीधाममा स्नान गरी सूर्यलाई अघ्र्य दिएर माधवनारायणको पूजा गरेपछि व्रत शुरु भएको माधवनारायण व्रत व्यवस्थापन समितिका सदस्य गोपाल शर्माले जानकारी दिए ।
साँखुको शालिनदीमा भन्दा पहिलादेखि यस मेला एवं व्रत शुरु भएको शिलालेख एवं ग्रन्थमा पाइएको उनको भनाइ छ । माधवनारायणको व्रत बस्ने व्यक्तिले व्रत शुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शङ्ख जल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्ख जल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको पुजारी समेत रहेहा उनले जानकारी दिए ।
यस वर्ष भने कोरोना भाइरस सङ्क्रमणका कारण हनुमानघाटस्थित त्रिवेणीमा हुने माधवनारायणको व्रत प्रभावित बनेको छ । कोरोना भाइरस सङ्क्रमण हुन नदिन यस वर्ष हनुमानघाटमा सर्वसाधारणलाई यहीँ बस्ने गरी माधवनारायणको व्रत बस्न नदिने निर्णय भएपछि मेला औपचारिकतामा मात्रै सीमित गरिने शर्माले जानकारी दिए ।
यस वर्ष हनुमानघाटमा वर्तालुले माधवनारायणको एकमहिने व्रत नबस्ने तर व्रतको परम्परा नटुटाउन भक्तपुर माधवनारायण व्रतका मूल पुजारी सरोजन राजोपाध्याय एक्लै व्रत बस्ने उनले जानकारी दिए । सर्वसाधारणलाई व्रत बस्न नदिइए पनि त्रिवेणीमा दैनिक नित्य पूजा तथा माधवनारायणको कथा वाचन र हनुमानघाट त्रिवेणी कुण्डमा दैनिक स्नान गर्ने कार्य भने नियमित हुने छ ।
नेसं ७२२ मा रणजीत मल्ल आफैँले व्रतको व्यवस्थापन गरिएका शिलालेखमा उल्लेख गरिएको बताउँदै उजले यहाँस्थित त्रिवेणीघाटमा डुबेर एकचित्त भएर जे माग्यो त्यो पूरा हुने जनविश्वास रहेकाले यहाँ व्रत बस्ने र स्नान गर्ने आउने गरेको उजको भनाइ थियो ।
वर्तालुले खाली खुट्टा पैदल नै तील माधवबाट तलेजु भवानीसम्म, सप्तमीमा पनौती गएर त्रिवेणीमा बसेर स्नान गरी इन्द्रेश्वर महादेवको दर्शन गरी अष्टमीमा फर्कने, दशमीमा पशुपति गएर स्नान गरी जल चढाएर जयवागेश्वरी ताम्रेश्वर महादेवसम्म कलश यात्रा गर्ने, द्धादशीमा चाँगुनारायण शङ्खदहमा स्नान गरी कलश लिएर चाँगुनारायणको दर्शन गर्ने र माघ शुक्ल पूूर्णिमाका दिन नगरपरिक्रमा गरेर भूपतिन्द्र मल्लको मूर्तिमा इन्द्रकलश चढाएर एक महिने व्रत समापन गर्ने परम्परा भने यस वर्ष के हुने भन्ने अन्योल छ ।
वर्तालुहरु त्रिवेणीघाटमा महिना दिनसम्म बसेर व्रत पूरा गर्ने र कतिपय वर्तालु भने हरेक दिन बिहान त्रिवेणीघाटमा आएर नुहाउने तथा विभिन्न स्थानको कलशयात्रामा सहभागिता जनाउने परम्परा छ । वर्तालुले माघ शुक्ल पूर्णिमाको दिन बिहान त्रिवेणीखोलामा आएर स्नान गरी माधवनारायणको पूजा गरेर होम आहुती गरेपछि भक्तपुर नगरका विभिन्न देवालयहरुको परिक्रमा गरेर भूपतिन्द्र मल्लको मूर्तिमा इन्द्रकलश चढाएर व्रत समापन गर्ने परम्परा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेवघाटमा एक महिनासम्म सञ्चालित महामहोत्सव सम्पन्न
फागुन १, २०८१ बिहिबार
आठौँ शताब्दी पुरानो माधवनारायण मेला एक महिनामा सम्पन्न
माघ ३०, २०८१ बुधबार
पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु
माघ २८, २०८१ सोमबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
फागुन १, २०८१ बिहिबार
अध्यादेशले विचाराधीन विधेयक अलपत्र पार्ने संकेत, ओलीको हुबहु नीतिले थप तनावमा परे देउवा
फागुन १, २०८१ बिहिबार
युद्धविराम भंग हुने भन्दै हमासले आफ्ना नेतालाई फोन बोक्न लगायो प्रतिबन्ध
फागुन १, २०८१ बिहिबार
सशस्त्र संघर्षकै जगमा समानताको मुद्दा स्थापित भएको हो : वर्षमान पुन
फागुन १, २०८१ बिहिबार
आहा रारा पोखरा गोल्डकप : उज्वेकिस्तानको ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१ बिहिबार
जनतामा सेवा प्रवाह गर्न गठबन्धन सरकार आवश्यक : उपप्रधानमन्त्री सिंह
फागुन १, २०८१ बिहिबार
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै
फागुन १, २०८१ बिहिबार
युक्रेन शान्ति वार्तामा मस्को र किएभ के चाहन्छन् ?
फागुन १, २०८१ बिहिबार
जनकपुरमा अनधिकृत रुपमा अस्पताल सञ्चालन गर्नेलाई कारबाही गरिने
फागुन १, २०८१ बिहिबार
सशस्त्र संघर्षकै जगमा समानताको मुद्दा स्थापित भएको हो : वर्षमान पुन
फागुन १, २०८१ बिहिबार
आहा रारा पोखरा गोल्डकप : उज्वेकिस्तानको ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१ बिहिबार
जनतामा सेवा प्रवाह गर्न गठबन्धन सरकार आवश्यक : उपप्रधानमन्त्री सिंह
फागुन १, २०८१ बिहिबार
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै
फागुन १, २०८१ बिहिबार
युक्रेन शान्ति वार्तामा मस्को र किएभ के चाहन्छन् ?
फागुन १, २०८१ बिहिबार
जनकपुरमा अनधिकृत रुपमा अस्पताल सञ्चालन गर्नेलाई कारबाही गरिने
फागुन १, २०८१ बिहिबार
सशस्त्र संघर्षकै जगमा समानताको मुद्दा स्थापित भएको हो : वर्षमान पुन
फागुन १, २०८१ बिहिबार
आहा रारा पोखरा गोल्डकप : उज्वेकिस्तानको ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१ बिहिबार
जनतामा सेवा प्रवाह गर्न गठबन्धन सरकार आवश्यक : उपप्रधानमन्त्री सिंह
फागुन १, २०८१ बिहिबार
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै
फागुन १, २०८१ बिहिबार