रौतहटको सबै स्थानीय तहमा मतदाताहरुको नामावली प्रकाशन
नेपालबहस संवाददाता
माघ १५, २०७७ बिहिबार २३:३१:३३
१५ माघ, रौतहट । सरकारले निर्धारण गरेको मितिमै चुनाव सम्पन्न गराउन निर्वाचन आयोगले तीव्र रुपमा तयारी थालेको छ । सो अन्तर्गत आज देशभरीका सबै स्थानीय तहमा मतदाताहरुको नामावली प्रकाशन भएको छ ।
निर्वाचन आयोगको मतदाता नामावली अद्यावधिक कार्यक्रम अन्तर्गत रौतहटको सबै स्थानीय तहको केन्द्रमा पनि बिहीबार मतदाता नामावली सम्बन्धित कार्यक्रम प्रकाशन गरिएको जिल्ला निर्वाचन कार्यालय रौतहटका जिल्ला निर्वाचन अधिकारी छोटेलाल दासले बताए ।
जिल्लामा रहेका एक लाख ६२ हजार दुई सय ७४ महिला, एक लाख ९८ हजार तीन सय पैंसठी पुरुष र तेश्रो लिंगी एक जना गरी तीन लाख ६० हजार ६ सय ४० जना मतदाताहरुको नामावली प्रकाशन भएको छ । अद्यावधिक र दाबी विरोध कार्यक्रम सम्पन्न भएपश्चात मतदाताहरुको अन्तिम नामावली टुंगो लाग्ने निर्वाचन अधिकारी दासले बताए ।
जिल्ला निर्वाचन अधिकारी दासले दिनु भएको जानकारी अनुसार मतदाताहरुले आफ्नो स्थायी ठेगाना रहेको पालिका केन्द्रमा माघ १६ गतेदेखि १८ गते सम्म मतदाता नामावलीमा आप्mनो नाम हेर्न सकिने, मतदाता नामावलीको आफ्नो नाम वा विवरणमा कुनै त्रुटी भए सच्याउन, आप्mनो नाम दोहोरो परेको भए, वा मृत्यु भएकाको विवरण हटाउन निवेदन दिन सक्ने छन् ।
सो कार्यकालागि जिल्ला स्थित सबै स्थानीय तहमा एक जना सहायक नाम दर्ता अधिकारी नियुक्त गरिएको समेत जिल्ला निर्वाचन अधिकारी दासले बताए । त्यसैगरी कसैले झुठा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा माघ १६ र १७ गते स्थानीय तहको केन्द्रमा खटिएका सहायक नाम दर्ता अधिकारी समक्ष उजुरी दिन सकिने जि.नि.अ. दासले बताए ।
यस अघि रौतहटमा कायम रहेको २७७ मतदान स्थल र ४४९ मतदान केन्द्र मध्ये चार वटा मतदानस्थल परिवर्तन गरिएको, एउटा मतदान स्थल खारेज गरी सोही वडाको अर्को मतदानस्थलमा गाभिएको तथा दुई नया“ थप गरी आगामी निर्वाचनकोलागि २७८ मतदान स्थल कायम हुने तथा ४८१ मतदान केन्द हुने अनुमान गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार