सशस्त्र प्रहरीमा बढुवा भएका ५ एसएसपी र १५ एसपीलाई दर्ज्यानी चिन्ह
नेपालबहस संवाददाता
माघ १५, २०७७ शुक्रबार २:१९:१४
१५ माघ, काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी उपरीक्षकबाट सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा भएका अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
नेपाल सरकार गृहमन्त्रीस्तरको निर्णयले पाँच अधिकृत एसएसपीमा बढुवा भएका थिए । यस्तै उनले सशस्त्र प्रहरी नायब उपरीक्षक पदबाट सशस्त्र प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका १५ जना अधिकृतलाई समेत सशस्त्र प्रहरी उपरीक्षक पदको दर्ज्यानी चिह्न प्रदान गरे।
उक्त समारोहमा खनालले पदोन्नति वृत्तिविकासको महत्वपूर्ण पाटोका रुपमा रहेको चर्चा गर्दै राज्य र सङ्गठनले तोकेको जिम्मेवारी पूरा गर्न निर्देशन दिए । बढुवा भएका अधिकृतलाई बधाई तथा शुभकामना व्यक्त गर्दै उनले प्राप्त उत्तरदायित्व तथा जिम्मेवारी पूरा गर्न पूर्ण व्यावसायिक भई अनुशासित एवं जिम्मेवारी बोधका साथ कार्यक्षेत्रमा क्रियाशील रहन आग्रह गरे ।
उनले व्यक्तिगत स्वार्थलाई थाती राख्दै सामूहिक भावनाका साथ राज्यप्रदत्त जिम्मेवारीका क्षेत्रमा क्रियाशील हुन पनि आग्रह गगरे । उनले राष्ट्रको सुरक्षा र जनताको सेवामा कटिबद्ध रहँदै मातहतका प्रहरी कर्मचारीलाई मार्गदर्शन गर्दै आम नागरिकको मन जित्नेगरी कार्यक्षेत्रमा खटिनसमेत निर्देशन दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्र प्रहरीद्धारा वीरगंजको अवैध गोदाममा छापा, ५० लाखभन्दा बढिको सामान बरामद
माघ १५, २०८१ मंगलबार
प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सशस्त्र प्रहरीको ५१ लाख सहयोग
माघ ९, २०८१ बुधबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार