अब डिजिटल प्रणालीबाटै कारोबारः गभर्नर अधिकारी
नेपालबहस संवाददाता
माघ १६, २०७७ शुक्रबार १८:१६:०
१६ माघ, काठमाडौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आजको जमानामा डिजिटल प्रणालीबाट गरिने कारोबार भरपर्दाे र सुरक्षित रहेकोमा जोड दिएका छन् । आज शुक्रबार कुलेश्वरस्थित फलफुल बजारमा डिजिटल प्रणालीको उद्घाटन गर्दै गभर्नर अधिकारीले भने–नगद भन्दा डिजिटल कारोबार सहज र भरपर्दाे भएकाले यसको प्रभावकारिता बढाउनेतिर लागौं ।
सकेसम्म नोटको कारोबार कम होस् भन्ने आफ्नो चाहना रहेको प्रष्ट्याउँदै उनले नोटमा हस्ताक्षर गर्न पाउने पदाधिकारी म हुँ , तर सकेसम्म कमै मात्र नोट छापियोस् भन्ने मेरो चाहना हो – गभर्नर अधिकारीले भने । यसले राज्यको खर्चपनि जोगाउँछ र कारोबारीलाईसमेत सहज बनाउँछ – उनको भनाई थियो ।
अबको जमाना भनेको नगदरहितको कारोबार भएको स्मरण गर्दै गभर्नर अधिकारीले राज्यले यस्तै कारोबारको प्रर्वधनमा ध्यान दिनुपर्नेमा जोड दिए । कुलेश्वरमा नबिल बैंकको पहलमा क्यूआर पेमेण्ट प्रणालीको थालनी भएको हो ।
कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अनिलकेशरी शाहले पनि अब नगदरहित कारोबारबाट नै सबै काम गर्नुपर्नेमा जोड दिए । अब टोल टोलमा क्यूआर पेमेण्ट प्रणालीको थालनी गर्ने योजना रहेको जानकारी उनले दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
पुष ३, २०८१ बुधबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार