शहीदको बलिदानले नै जनता अधिकारसम्पन्न : प्रम ओली
नेपालबहस संवाददाता
माघ १६, २०७७ शुक्रबार १९:९:२८
१६ माघ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले शहीदको सपना साकार पार्नकै लागि सरकार निरन्तर क्रियाशील रहेको बताएका छन् । शहीद सप्ताहको अन्तिम दिन आज लैनचौरस्थित शहीद स्मारकमा ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उहाँले शहीदको बलिदानले नै जनतालाई अधिकारसम्पन्न बनाएको र लोकतन्त्रलाई संस्थागत गर्न योगदान पुगेको बताए ।
कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पारिवारिकरूपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पु¥याउन बलिदानी दिने शहीदको योगदानका कारण नेपालमा गणतन्त्र सफल भएको बताए । सभामा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, जनप्रतिनिधि, सरकारका उच्चपदस्थ पदाधिकारी, प्रधान सेनापति, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, जनसाधारणलगायतको सहभागिता थियो । सभा हुनुअघि रत्नपार्क शान्तिवाटिकामा भेला भई बाजागाजासहित लैनचौरसम्म प्रभातफेरी गरिएको थियो । कार्यक्रममा नेपाली सेनाको टुकडीले शहीदप्रति सलामी चढाएको थियो ।
राणाशासनविरुद्ध प्रजातन्त्रका लागि ज्यान अर्पण गर्ने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दले १९९७ सालमा मृत्युदण्ड पाएपछि उनीहरुको स्मरणमा शहीद दिवस मनाउने गरिएको छ । राणाशासकले शुक्रराज शास्त्रीलाई माघ १० गते टेकु पचलीस्थित खरीबोट, र धर्मभक्त माथेमालाई सिफल तथा माघ १५ गते चन्द र श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवतीमा मृत्युदण्ड दिएका थिए चार शहीदको सम्झनामा कामपाले पूर्णकदको प्रतिमा स्थापना गरिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचन हुने स्थानीय तहमा उम्मेदवारको मनोनयन सुरु, आजै सूची प्रकाशन हुने
मंसिर २, २०८१ आइतबार
हवाई भाडा बढाएर यात्रु ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही गर्छाैः मन्त्री पाण्डे
मंसिर २, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता
मंसिर २, २०८१ आइतबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
सीमापार अपराध र तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश रोक्न भारतको प्रस्ताव
मंसिर २, २०८१ आइतबार
इटहरीमा कोसी प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता हुने
मंसिर २, २०८१ आइतबार
शीतलहरसहित लागेको बाक्लो हुस्सु
मंसिर २, २०८१ आइतबार
उपनिर्वाचन हुने स्थानीय तहमा उम्मेदवारको मनोनयन सुरु, आजै सूची प्रकाशन हुने
मंसिर २, २०८१ आइतबार
४२ लाखको लागुऔषधसहित एक युवक पक्राउ
मंसिर २, २०८१ आइतबार
हवाई भाडा बढाएर यात्रु ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही गर्छाैः मन्त्री पाण्डे
मंसिर २, २०८१ आइतबार