साहित्यकार भट्टराईलाई ५० हजार नगदसहित सम्मान गरिने
नेपालबहस संवाददाता
माघ १६, २०७७ शुक्रबार १९:१७:४८
१६ माघ, पाँचथर । राजनीतिज्ञ तथा साहित्यकार फाल्गुनन्द गाँउपालिकाका निवर्तमान अध्यक्ष स्व. अमरकुमार नेम्बाङको नाममा स्थापित श्रष्टा सम्मान पुरस्कार यस वर्ष बरिष्ठ समालोचक साहित्यकार डा. गोविन्दराज भट्टराइलाई प्रदान गरिने भएको छ ।
अघिल्लो वर्षबाटै अमर नेम्बाङ लिम्बुस्मृति ट्रष्टको स्थापना गरि वितरण शुरू गरेको साहित्य पुरस्कार एकलाख धनराशिको रहेकोछ । तर यस वर्ष उक्त पुरस्कार मध्ये पचास हजार श्रष्टालाई वितरण गरिने जनाइएकाे छ । बॅाकि पचास हजार भने विश्वलाई नै स्तब्ध बनाएको सरूवारोग कोरोनाको महामारीबाट समुदायलाई जोगाउनका निमित्त ट्रष्ट मार्फत पाँचथरका ८ वटै पालिकाहरूमा वितरण गरिने स्वास्थ्य सामग्री खरिदको राशिमा थपिने कुरा ट्रष्टका अध्यक्ष मुनिन्द्र नेम्बाङले जानकारी दिएका छन् ।
नेम्बाङको नाममा स्थापित ट्रष्टले गत वर्ष देखिनै साहित्यसंगै सामाजिक, शैक्षिक र खेलक्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूलाई कदर गर्दै, सम्मान स्वरूप पुरस्कार वितरण गर्नुका साथै समाजिक क्षेत्रमा सेवाको कार्य गर्न पनि थालेको जनाइएको छ । स्वर्गीय अमर नेम्बाङ लिम्बुको स्मृति सभा यसपटक सधाझै यही माघ महिनाको २६ गते पाँचथर जिल्लाको सदरमुकाम फिदिममा गरिने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
‘नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बल्छ’ : प्रधानमन्त्री ओली
कात्तिक १०, २०८१ शनिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
भारतीय सेनाको गोली लागी सात माओवादी विद्रोहीको मृत्यु
मंसिर २७, २०८१ बिहिबार
एनपिएलमा जनकपुरद्वारा काठमाडौँ गुर्खाज पाँच विकेटले पराजित
मंसिर २७, २०८१ बिहिबार
भूमिगत सिँचाइ प्रणालीले कृषि पेसा सहज बन्दै
मंसिर २७, २०८१ बिहिबार
गुणस्तरीय खानेपानी उपलब्ध गराउन दीर्घकालीन समाधान खोजिदै
मंसिर २७, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई धरौंटीमा रिहा गर्न अदालतको आदेश
मंसिर २७, २०८१ बिहिबार
म्यान्मामा ‘कू’ पछि अफिम उत्पादनमा कमी आएको छ : राष्ट्रसंघ
मंसिर २७, २०८१ बिहिबार