धर्मनिरपेक्षता र संघीयता खारेजी ओलीकाे चुनावी मुद्धा
नेपालबहस संवाददाता
माघ १६, २०७७ शुक्रबार २१:८:५६
प्रधानमन्त्री केपी ओलीले पुष ५ गते हठात् प्रतिनिधिसभा विघटन गरे । झण्डै दुईतिहाई समर्थनमा प्रधानमन्त्री बनेका ओलीले संसद विघटन गरी ताजा जनादेश लिने निर्णय गरेका छन् । यद्यपि यो संविधानविपरित गरिएको निर्णयविरुद्ध सर्वाेच्च अदालतमा मुद्धा विचाराधीन छ । तर ओलीले राजनीतिक रुपमा यस्तो निर्णय कसरी लिए होलान त ? धेरैलाई विचित्र लागेको छ । किनभने नेपाली जनताले उनको नेतृत्वलाई दुईतिहाईको समर्थन दिएकै हो । अब फेरि उनी के आधारमा जनतासमक्ष मत माग्न जालान् ? प्रश्न गम्भिर मात्र होइन , जटिल पनि छ ।
विघटन गरेपछि ओलीको फूर्ति अझै चुलिएको देखिन्छ । पार्टीभित्रबाट असहयोग भएकाले विघटन गरेको उनको तर्क छ । त्यसैले विरोधीहरुलाई खुला रुपमै उनी चुनौती दिने गर्छन्– डबल डिजिटमा चुनाव जितेर देखाउनुहोस् , अनि कुरा गरौंला । अर्थात, उनको भनाईमा प्रचण्ड–माधव समूहले अबको चुनावमा १० सिट पनि जित्नेवाला छैन । तर आफू भने एक्लै दुईतिहाईको मत लिएर फेरि सरकार बनाउने उनको दावा छ ।
मान्छे ओलीको यस्तो हावादारी कुरा सुनेर हाँस्लान् । वास्तवमै अहिलेको बेला फुटेको नेकपा त्यसमा पनि प्रतिगमनको शिखण्डी बनेको ओलीले दुईतिहाईको धक्कु लाउनु भनेको गँजेडी गफ मात्रै हो भन्ने धेरैको ठम्याई हो । तर कुरो त्यतिमै सीमित छैन । ओलीको बोली त्यसै आएको छैन । उनले केही गृहकार्य गरिसकेका छन् ।
ओलीको यो दर्शन मोदी दर्शनमा आधारित छ । त्यस्तै कुनैपनि दिन ओलीले संघीयता खारेजीको मुद्धा उठाउन सक्छन् । त्यसका लागि जनमत संग्रहको अजेण्डा ओलीकै मुखबाट आउन सक्छ । त्यस्तो स्थिति आयो भने आगामी चुनावमा ठूलो प्रभाव पर्ने देखिन्छ । नभन्दै नेपाली जनताले फेरि ओलीकै हाई हाई नगर्लान् भन्न सकिन्न । त्यो महत्वपूर्ण पक्षमा अरुले त्यति ध्यान दिएको जस्तो लाग्दैन ।
खासगरी ओलीले पछिल्लो अवस्थामा दक्षिणी छिमेकी भारतसँग फेरि हिमचिम बढाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका प्रियपात्रका रुपमा ओलीको नयाँ परिचय बनेको छ । यद्यपि बाहिर भने ओलीलाई भारत विरोधी देखाउने प्रपञ्च भारतीय संस्थापन पक्षकै रहेको प्रतीत हुन्छ । जे भएपनि यतिबेला ओली भारतीय सत्ताधारी अर्थात भाजपाको गुडलिस्टमा परेका नेपाली नेतामा दरिएका छन् । त्यसैको बलमा ओलीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरी प्रतिनिधिसभा भंग गरिदिएका हुन् । लोकतन्त्रको यत्रो उपहास हुँदा भारत मौन छ । नेपालको आन्तरिक मामलामा बोल्न उचित नहुने उसको रेडिमेड जवाफ आएको छ । यसले ओली मोदी हिमचिम अब लुकेको स्थितिमा रहेन ।
ओलीले यति ठूलो जोखिम त्यसै मोलेका होइनन् । उनलाई धेरैतिरबाट सिक्वेन्स मिलेकाले नै विघटन गर्न तम्सिएकाे बुझ्न कठिन छैन । त्यसमा पनि भारतीय संस्थापन पक्षको सल्लाहमा केही महत्वपूर्ण मुद्धाको स्वामित्व उनी लिन अग्रसर भएको देखिन्छ । जसमा पहिलो हो, धर्म र दोस्रो संघीयता । अहिले नेपाल धर्मनिरपेक्ष राज्य हो । संविधानले त्यही भन्छ । तर यहाँ झण्डै ९० प्रतिशत मानिस ओमकार समुदायमा विश्वास गर्छन् । लगभग ८३ प्रतिशत त हिन्दू धर्मकै अनुयायी छन् । यति ठूलो समुदायको विश्वास र भरोसा हिन्दू धर्मप्रति देखिन्छ । तर उनीहरुको भावनाको कहीं कतै कदर र सम्मान भएको छैन । केही नेताहरुले कोठामा बसेर धर्मनिरपेक्षता संविधानमा घुसाए । यस्तै संघीयता पनि नेपाली जनताको रुचीको विषय हो-होइन, त्यसको परीक्षण भएको छैन । यी दुबै मुद्धामा जनमत नलिई दुईचार जना नेताले बन्द कोठामा गरेको निर्णय मान्न नेपाली जनता बाध्य छन् ।
यी दुबै अजेण्डा दक्षिणी छिमेकीका लागि समेत चासोको विषय हो । हिन्दूवादी छवि बनाएका मोदी यही मुद्धा लिएर निर्वाचित हुने गरेका छन् । उनको पार्टीको चाहना पनि नेपाल हिन्दूराष्ट्र रहोस् र संघीयता खारेज होस् भन्ने नै रहेको बुझ्न सकिन्छ । अनि आम नेपालीको मनमा पनि यही भाव रहेको उसले बुझेको छ । फलाम तातेको बेला घन हान्दा मात्रै आकार दिन सकिन्छ भन्ने ज्ञान भारतीय संस्थापनलाई राम्रो ज्ञात छ । त्यसैले उसले यी दुबै अजेण्डाको स्वामित्व लिने बलियो खेलाडीको आवश्यकता थियो । त्यो पात्रका रुपमा उसले फेला पारेको नाम हो – ओली ।
प्रत्यक्षमा रुख वा सूर्य अनि समानुपातिकमा गाई छापमा मत परेको त्यसैको प्रतिविम्ब थियो । यो विषयलाई नेताहरुले त्यति सिरियस्ली नलिंदा अलपत्र परेको हो । अब भने ठीक समय आएको छ । ओलीले भारतीय संस्थापन पक्षको बलमा यो मुद्धा उठाउनु भन्दा नेपाली कांग्रेसले संस्थागत रुपमै जनसमक्ष लग्यो भने त्यसले जनतामा सकारात्मक सन्देश प्रवाह गर्नेछ ।
पार्टीभित्र नराम्रोसँग निचोरिएका ओलीले भारतीय संस्थापनको हिडेन अजेण्डा बोक्ने आँट गरे । किनभने उनलाई राम्रो थाहा छ, नेपाली जनतालाई कसरी फुस्ल्याउन सकिन्छ । विगतमा भारत विरोधी छवि बनाएर उनले यत्रो जनमत पाएकै हो । अब भने उनी कम्युनिष्ट भन्दा फरक देखिने गरी हिन्दूत्व र संघियताविरोधी छवि बनाएर चुनावमा जाने तयारीमा जुटेका छन् । त्यसको थालनी ओलीले भर्खरै आराध्यदेव पशुपतिनाथको दर्शनबाट गरेका छन् । धेरैले कम्युनिष्ट नेताले पनि कतै मन्दिर धाउँछ र ? भन्ने टिप्पणी गरे ।
तर ओलीको यो दर्शन मोदी दर्शनमा आधारित छ । त्यस्तै कुनैपनि दिन ओलीले संघीयता खारेजीको मुद्धा उठाउन सक्छन् । त्यसका लागि जनमत संग्रहको अजेण्डा ओलीकै मुखबाट आउन सक्छ । त्यस्तो स्थिति आयो भने आगामी चुनावमा ठूलो प्रभाव पर्ने देखिन्छ । नभन्दै नेपाली जनताले फेरि ओलीकै हाई हाई नगर्लान् भन्न सकिन्न । त्यो महत्वपूर्ण पक्षमा अरुले त्यति ध्यान दिएको जस्तो लाग्दैन ।
अहिले कांग्रेस जसरी जुन मुद्धामा अल्झिएको छ, त्यो भन्दा बलशाली हुने अजेण्डा नै धर्म र संघीयता हो । नेपाली जनताले यी दुबै अजेण्डामा आफ्नो फरक मत दिनेवाला छ । जनताको मनमनमा रहेको त्यही भावनामा खेल्न सक्नेले नै अबको राजनीति अगाडि बढाउन सक्छ ।कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा यो अजेण्डा प्रवेश गराउनैपर्छ । नेपाल र नेपालीको स्वतन्त्र अस्तित्व र हैसियत जोगाउने हो भने आफ्नोपनको फिलिङ दिन सक्नुपर्छ । नत्र फेरि यो देश कम्युनिष्टकै नक्कली चालमा फेरि फस्नेवाला छ । समयमै कांग्रेस सचेत हुनु आवश्यक छ ।
खासगरी नेपाली कांग्रेसले यो मुद्धामा आफूलाई अलग ढंगले उम्याउन सकेको छैन । जबकी नेपालमा प्रजातन्त्र र धार्मिक स्वतन्त्रताका लागि नेपाली कांग्रेस नै मियो पार्टीका रुपमा दरिएको हो । नेतृत्व वर्गले यो मुद्धालाई राम्ररी संवोधन गर्न सकेनन् भने फेरि पनि ओलीकै जुठोपुठोमा चित्त बुझाउनुपर्ने दिन दोहरिन सक्छ । कम्युनिष्ट विभाजित भएकाले हामी त त्यसै जित्छौं भन्ने सोच भनेको साँढेको झर्ला र खाउँला भनेजस्तै हो ।
धर्म भनेको जनताको मनमस्तिष्कमा दरोसँग जरो गाडेको विषय हो । अझ हाम्रोजस्तो समाजमा त धर्मले ठूलो भूमिका निर्वाह गर्छ । ९० प्रतिशत जनमत रहेको एउटा पक्षको भावनालाई अलिकति पनि चलायमान गर्न सक्दा त्यसको प्रभाव कसैले नसोचेको हुन सक्छ । ओलीले त्यही संवेदनशीलतामा खेल्न चाहेको देखिएको छ । जबकी यो विषय नेपाली कांग्रेसले बोक्नुपर्ने हो । पार्टी स्थापनादेखि नै धार्मिक स्वतन्त्रताको वकालत गर्ने पार्टी अहिले निरिह छ ।
कुनैबेला खुमबहादुर खड्काले हिन्दूको मुद्धा उठाएका थिए । तर उनको भौतिक अवशानपछि त्यो अलपत्र प¥यो । पछि महामन्त्री डा. शशांक कोइरालाले यो मुद्धामा बहस चलाउन खोजे । तर प्रभावकारी रुपमा ल्याउन भने सकेनन् । जसले गर्दा कतिपय मानिसले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समेत मत दिएका हुन् । कुनैबेला धेरै मत यस्तै कारणाले आएको हो । प्रत्यक्षमा रुख वा सूर्य अनि समानुपातिकमा गाई छापमा मत परेको त्यसैको प्रतिविम्ब थियो । यो विषयलाई नेताहरुले त्यति सिरियस्ली नलिंदा अलपत्र परेको हो । अब भने ठीक समय आएको छ । ओलीले भारतीय संस्थापन पक्षको बलमा यो मुद्धा उठाउनु भन्दा नेपाली कांग्रेसले संस्थागत रुपमै जनसमक्ष लग्यो भने त्यसले जनतामा सकारात्मक सन्देश प्रवाह गर्नेछ ।
अहिले कांग्रेस जसरी जुन मुद्धामा अल्झिएको छ, त्यो भन्दा बलशाली हुने अजेण्डा नै धर्म र संघीयता हो । नेपाली जनताले यी दुबै अजेण्डामा आफ्नो फरक मत दिनेवाला छ । जनताको मनमनमा रहेको त्यही भावनामा खेल्न सक्नेले नै अबको राजनीति अगाडि बढाउन सक्छ ।कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा यो अजेण्डा प्रवेश गराउनैपर्छ । नेपाल र नेपालीको स्वतन्त्र अस्तित्व र हैसियत जोगाउने हो भने आफ्नोपनको फिलिङ दिन सक्नुपर्छ । नत्र फेरि यो देश कम्युनिष्टकै नक्कली चालमा फेरि फस्नेवाला छ । समयमै कांग्रेस सचेत हुनु आवश्यक छ । ( लेखक केसी चर्चित अधिवक्ता हुन् ।)
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार