शहीदको सपना पूरा गर्न लोकतन्त्रको स्थिर विकास गर्न आवश्यक : पूर्वमन्त्री डा महत
नेपालबहस संवाददाता
माघ १६, २०७७ शुक्रबार २०:९:१४
१६ माघ, दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले शहीदको सपना पूरा गर्न लोकतन्त्रको स्थिर विकास गर्न आवश्यक रहेको बताएका छन । तनहुँको व्यास नगरपालिकाद्वारा शहीद दिवसको अवसरमा आज व्यास नगरपालिका–५ मानुङदेखि व्यास नगरपालिका–८ पुलिमराङसम्म आयोजित चौथो अल्ट्रा म्याराथनको उद्घाटन गर्दै उनले लोकतन्त्रको दिगो ढङ्गले विकास गर्न आवश्यक रहेकामा जोड दिएका छन् ।
“लोकतन्त्रको विकासका लागि शहीदले ठूलो योगदान दिएका छन्, ज्यानको आहूति दिएका छन् । शहीदलाई सम्मान गर्नुपर्छ”, उनले भने “त्यसका लागि राजनीतिक, सामाजिक, आर्थिक अधिकारलाई सुनिश्चित गर्नुपर्छ ।” राजनीतिक विकासको साथसाथै आर्थिक समुन्नतिको आवश्यक रहेकाले त्यसतर्फ सबैको ध्यान हुनुपर्नेमा पूर्वमन्त्री समेत रहेका डा महतले जोड दिए ।
खेलकूदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित नगरपालिकाले म्याराथनको आयोजना गरेको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए । मगरको गाउँ मानुङ र गुरुङको गाउँ पुलिमराङलाई खेलको माध्यमबाट जोड्न नगरपालिकाले तीन वर्ष अगाडिदेखि म्याराथन गर्दै आएको बताउँदै उनले भने, “मानुङ आज विश्वमाझ परिचित हुन सफल भएको छ, यसको देन म्याराथन पनि हो ।”
चौवालीस किमी दूरीको अल्ट्रा म्याराथनमा १८० धावक सहभागी छन् । म्याराथनमा तनहुँका अतिरिक्त गोरखा, कास्की, लमजुङ, स्याङ्जा, सिन्धुली, बागलुङ, रुकुम, सोलुखुम्बु, गोरखा, पर्वत, काठमाडौँ, धादिङ, म्याग्दीलगायतका जिल्लाबाट धावक सहभागी रहेको नगर प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय हुनेले क्रमशः रु ८५ हजार ७७, रु ६५ हजार ७७, रु ५५ हजार ७७ र सान्त्वना पाँच जनाले रु १६ हजार ७७ नगद पुरस्कार पाउनेछन् । नगरपालिकाले यो पटक म्याराथनको पुरस्कार राशि वृद्धि गरेको हो । प्रथम, द्धितीय र तृतीय पुरस्कार राशिमा रु चार हजार एकका दरले वृद्धि गरिएको छ । गत वर्ष प्रथम, द्धितीय र तृतीय हुनेले क्रमशः रु ८१ हजार ७६, रु ६१ हजार ७६ र रु ५१ हजार ७६ प्राप्त गरेका थिए ।
धावकले नियम पालना गरे नगरेको चेकजाँच गर्नका लागि आठ ठाउँमा चेकबिन्दु स्थापना गरिएको छ । व्यास नगरपालिका–४ व्यास रेन्ज पोष्ट, व्यास नगरपालिका–१० पिजनहिल खहरे, व्यास नगरपालिका–७ पाथ्रा मन्दिर, व्यास नगरपालिका–७ पातल सत्रसय, व्यास नगरपालिका–८ रिस्ती सोतीवेशी, व्यास नगरपालिका–८ सुनपोखरी, व्यास नगरपालिका–८ गाडापानी र व्यास नगरपालिका–८ पुलिमराङमा चेकबिन्दु स्थापना गरिएको छ ।
म्याराथन मानुङकोट सिद्ध मार्ग हुँदै अलैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर सकिनेछ । गत वर्षको म्याराथन सोलुखुम्बुका सुमन कुलुङले जितेकाे थियो । उहाँले ४४ किमी दूरी दुई घण्टा ५९ मिनेटमा पार गरेको थियो । प्रतियोगितामा कालीकोटका देवराज महतरा द्धितीय र भोजपुरका तीर्थ तामाङ तृतीय भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपार्टीभित्र गुटबन्दी अन्त्य नभए कांग्रेस खुम्चिँदै जान्छः महामन्त्री थापा
मंसिर १, २०८१ शनिबार
राजनीतिक स्थायित्व र सुशासनका लागि नयाँ आन्दोलनको विकल्प छैन : अध्यक्ष प्रचण्ड
मंसिर १, २०८१ शनिबार
उपनिर्वाचनका लागि भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने
मंसिर १, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार
जनतासँग सहकार्य गरेर काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन
मंसिर १, २०८१ शनिबार
‘गौतम बुद्ध विमानस्थल दीर्घकालिनरूपमा सञ्चालन गरौं’
मंसिर १, २०८१ शनिबार
लायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
तीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
पार्टीभित्र गुटबन्दी अन्त्य नभए कांग्रेस खुम्चिँदै जान्छः महामन्त्री थापा
मंसिर १, २०८१ शनिबार