संसद विघटन पछि अवस्था झन जटिल बन्दै छ : कमल थापा
नेपालबहस संवाददाता
माघ १६, २०७७ शुक्रबार २१:५१:२४
१६ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसद विघटन पछिको अवस्थाले संविधान र व्यवस्थामाथी नै गम्भीर प्रश्न चिन्ह खडा भएको बताएका छन् । उनले संसद विघटन पछि अवस्था झन जटिल बन्दै गएको तर्फ दुःख व्यक्त गरे ।
आज जिल्ला अध्यक्षहरुसङ्गको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले संसद विघटनले मुलुकमा संकट गहिरिएर गएको र संवैधानिक जटिलता पैदा भएको बताए । नयाँ नेपाल निर्माण, आमूल परिवर्तन र आर्थिक समृद्धिको लक्ष्य बोकेर भएको परिवर्तनले जनतामा सकारात्मक परिवर्तन दिन नसकेको भन्दै थापाले जनता भ्रष्टाचार, कुशासन, धर्मपरिबर्तन, बेरोजगारी र सर्वसत्तावादको जातोमा पिसिनु पर्ने बाध्यात्मक अबस्था आउनु दुर्भाग्यपूर्ण भएको बताए।
पार्टीको आगामी कार्यदिशा संगठन, जनसंघर्ष र महाधिवेशन भएको भन्दै थापाले पार्टी विभाजनको पीडा अब कहिल्यै भोग्नु नपर्ने समेत स्पष्ट पारे । पार्टीको भविष्यप्रती निश्चिन्त हुन आग्रह गर्दै थापाले आफू सहित पशुपतिशमशेर राणा र डाक्टर प्रकाशचन्द्र लोहनिले पवित्र धार्मिक ग्रन्थ ूगिताू छोएर पार्टी एकताको निमित्त प्रतिबद्ध भएकोले देश, जनता ,प्रजातन्त्र र कार्यकर्ताको निमित्त राप्रपालाई मुलुककै बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाएर छाड्ने दृढता समेत व्यक्त गरे।
देशव्यपी संगठन सुदृढीकरण अभियानमा केन्द्रित हुन थापाको विशेष जोड थियो । बैठकमा सचिवालय प्रमुखद्वय ध्रुब बहादुर प्रधान र भाष्कर भद्राले राप्रपाको विचार र एजेन्डालाई स्थापित गर्ने बिषय अहिलेको प्रमुख मुद्दा भएको भन्दै जनताको माझमा जान ढिला गर्न नहुने बताए। चरणबद्ध रुपमा अध्यक्ष थापाले भर्चुअल बैठक जारी राखेको आजको बैठकमा एकतीस जिल्लाका अध्यक्ष र प्रतिनिधिहरुको सहभागीता रहेको सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
पार्टीभित्र गुटबन्दी अन्त्य नभए कांग्रेस खुम्चिँदै जान्छः महामन्त्री थापा
मंसिर १, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार