नुवाकोट चेम्वरको दोस्रो वार्षिक साधारण सभा सम्पन्न
नेपालबहस संवाददाता
माघ १६, २०७७ शुक्रबार २२:३३:५०
१६ माघ, काठमाडौं । नुवाकोट चेम्बर अफ कमर्सको दोश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी राजेशकाजी श्रेष्ठले एक समारोह बीच पानसमा बत्तिबाली साधारण सभाको उद्घाटन गरे ।
उनले मुलुक अब संघीयतामा गएसँगै चेम्बरको सञ्जाल पनि उद्यम व्यवशायको विकास र नीतिगत वहश पैरवी, व्यावसायीको हक हितमा संलग्न रहनु पर्ने भएकाले प्रदेश, जिल्ला र नगरमा समेत जिल्ला चेम्बर अफ कमर्सको विस्तार गरिएको बताए । अध्यक्ष श्रेष्ठले चेम्बरको इतिहास व्यवसायीहरुको हक हितका साथै सामाजिक सेवामा पनि चेम्बर सकृय रहेको बताए ।
नुवाकोटको स्थानिय उत्पादनलाई बढाइ निर्यातलाई प्राथमिकता दिनुपर्ने र यहांका ऐतिहाशिक स्थलहरुलाइ पर्यटकीय गन्तव्य स्थलको रुपमा बिस्तार गर्न पर्ने बताए । सो अवसरमा सभापतिको आशनबाट नुवाकोट चेम्वर अफ कमर्सका अध्यक्ष कबिन्द्रमान प्रधानले नुवाकोट चेम्बरले यस क्षेत्रका उद्यमी÷व्यवसायीको समस्या समाधान गर्ने संस्थाको रुपमा कार्य गर्ने बताए ।
आमन्त्रित सहभागीहरुलाइ स्वागत गर्दै यस क्षेत्रको पर्यटकीय कृषि तथा जडीवुटीको संभावनालाई दृष्टिगत गरी यसलाई नुवाकोटको आर्थिक गतिबिधि चलायमान बनाउन चेम्वर अग्रसर हुने बताए । सो अवसरमा बिशिष्ट अतिथि प्रदेश नं. ३ चेम्वर अफ कमर्सका अध्यक्ष कृष्णमान श्रेष्ठ, उपभोक्ता मंचका जिल्ला अध्यक्ष इन्द्र वहादुर पण्डित, उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष गिता अमात्य तथा रेडिमेड कपडा व्यापार संघका संजीव श्रेष्ठले शुभकामना मन्तव्य दिएका थिए । उक्त अवसरमा नेपाल चेम्वर अफ कमर्सका कार्य समिति सदस्य त्रिभुबनधर तुलाधर तथा राम श्रेष्ठको पनि उपस्थिति रहेको थियो । नुवाकोट चेम्बर अफ कमर्सका अध्यक्ष कबिन्द्रमान प्रधानको अध्यक्षतामा सम्पन्न सो सभामा वरिष्ठ उपाध्यक्ष ओम श्रेष्ठले गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘लहान एक्पो’ मा एक करोड ५९ लाखभन्दा बढी कारोबार
जेठ १४, २०८१ सोमबार
आर्थिक मन्दीको असरले रुपन्देहीमा २०७ उद्योग बन्द
जेठ १४, २०८१ सोमबार
भिजिबिलिटी कमजोर हुँदा हवाई उडान प्रभावित
जेठ १३, २०८१ आइतबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
जेठ १५, २०८१ मंगलबार
टुँडिखेलमा मनाइयो १७ औँ गणतन्त्र दिवस
जेठ १५, २०८१ मंगलबार
लण्डनमा नेपाली दाजुभाइको 'स्क्वीज्ड' नामको नयाँ रेष्टुरेन्ट संचालनमा
जेठ १५, २०८१ मंगलबार
मदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
सूचना प्रविधि आर्थिक विकासको रुपान्तरणकारी क्षेत्रमा समावेश
जेठ १५, २०८१ मंगलबार
दलित समुदायलाई पहिलोपटक बजेट
जेठ १५, २०८१ मंगलबार
श्रीलङ्काले यस वर्ष ‘अन्तर्राष्ट्रिय नरिवल सामुदायिक कार्यक्रम’ आयोजना गर्ने
जेठ १५, २०८१ मंगलबार
नासाको मिसनद्वारा शुक्र ग्रहमा ज्वालामुखी विष्फोट पत्ता लाग्यो
जेठ १५, २०८१ मंगलबार