ओलीको खुट्टी कस्तो र कत्रो छ ! जानिसकेको छु, धेरै फुर्ति नलाए हुन्छ : प्रचण्ड
नेपालबहस संवाददाता
माघ १६, २०७७ शुक्रबार २३:४९:२८
१६ माघ, विराटनगर । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतले सही फैसला गर्ने कुरामा आफुहरु विश्वस्त रहेको बताएका छन् । शुक्रबार विराटनगरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले सर्वोच्चले पक्कैपनि संविधान र लोकतन्त्रको भावना अनुसार फैसला गर्छ भनेर भरोसा गरेर बसेकाे बताएका हुन् ।
प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेको बताउँदै उनले जरुरी परे संसद बैठक समेत बस्न सक्ने बताएका छन् । संविधानले हामीलाई बैठक बस्ने अधिकार दिएको छ, केपी ओलीलाई विघटन गर्ने अधिकार दिएको छैन्,’ उनले भने, ‘जरुरी परे संसद बैठक बसेर ओलीमाथि कारबाही गर्न सकिन्छ ।’
एक प्रसङमा प्रचण्डले ओलीले भ्रष्टहरुको पक्षपोषण गरेको आरोप लगाएका छन् । आज आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले ७० करोड रुपैयाँ भ्रष्टाचार गर्नेलाई ओलीले गरेकै होइन भनेर भनेको बताएका हुन् ।
प्रचण्डले भने, यति मात्र कहाँ हो र देश कोरोनाको महामारीमा परेका बेला त्यसको औषधिमासमेत भ्रष्टाचार गर्नेलाई संरक्षण गर्ने काे हो ? ‘ओलीको खुट्टी कस्तो र कत्रो छ, मैले जानिसकेको छु । त्यसैले अब धेरै फुर्ती नलाए हुन्छ । जरुरी पर्यो भने हामी संसद बैठक बोलाउने छौँ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेता शेखर कोइरालाको प्रश्न: नागरिक बगेको घट्नाले राज्यलाई अलिकति पनि छोएन ?
असोज १२, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
गृहमन्त्रीले बोलाए केन्द्रिय सुरक्षा समितको बैठक
असोज १२, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार