लोकतन्त्र कांग्रेसका लागि जीवन पद्धति हो : निधि
नेपालबहस संवाददाता
माघ १६, २०७७ शनिबार १:३१:५७
१६ माघ, महोत्तरी । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले लोकतन्त्र कांग्रेसको प्राण भएको बताएका छन् । प्रजातान्त्रिक योद्धा स्वर्गीय रामनारायण मिश्रको शालिक आज महोत्तरीको जलेश्वरमा अनावरण गर्दै नेता निधिले लोकतन्त्र कांग्रेसको ढुकढुकी भएको बताए। “अन्य कतिपय दलका लागि लोकतन्त्र रणनीति, कार्यनीतिको विषय होला, तर कांग्रेसका लागि त यो जीवन पद्धति हो”, नेता निधिले भने, “लोकतन्त्रका लागि सहादत गर्ने रामनारायण मिश्र हाम्रा आदर्श हुन् ।” सहिद दिवसको अवसरमा नेपाली कांग्रेस महोत्तरीले आज मुलुकका प्रजातान्त्रिक योद्धा मिश्रको शालिक अनावरण कार्यक्रम आयोजन गरेको हो ।
नेपालमा राणाशाहीदेखि निर्दलीय पञ्चायती व्यवस्था रहँदा प्रजातन्त्रका लागि अनवरत सङ्घर्षमा होमिनुभएका बिपी कोइरालाका सहयोद्धा मिश्रको योगदानबारे चर्चा गर्दै निधिले भने, “२०१७ सालमा बहुदलीय प्रजातान्त्रिक व्यवस्था खोसेसँगै तत्कालीन राजा महेन्द्रले कैयौँ प्रलोभन देखाए, तर प्रजातान्त्रिक निष्ठाका धरोहर मिश्रले ती प्रलोभनको सट्टा कठोर कारावास स्वीकार गरे ।”
कार्यक्रममा नेपाली कांग्रेसका नेता एनपी सावद, आनन्दप्रसाद ढुङ्गाना र स्मृतिनारायण चौधरीलगायतले प्रजातान्त्रिक योद्धा स्व मिश्रको सङ्घर्षशील जीवनबारे प्रकाश पारे । मिश्रको शालिक लोकतन्त्रप्रति निष्ठा राख्ने सबैका लागि पूण्यस्थल बनेको नेपाल कम्युनिष्ट पार्टी’ नेकपा’का नेता सरोज यादव बताए । शालिक अनावरण समारोह नेपाली कांग्रेस महोत्तरीका सभापति महेन्द्रकुमार रायको अध्यक्षतामा सम्पन्न भएको हो ।
महोत्तरीको पिपराका बासिन्दा मिश्र राणाशाहीविरुद्ध कांग्रेसको आन्दोलनमा सहभागी हुँदै राजनीतिमा होमिएका थिए । २०१५ सालमा तत्कालीन संसदीय चुनावमा तत्कालीन महोत्तरीकै एकक्षेत्रबाट सांसद निर्वाचित भएका मिश्र पहिलो जननिर्वाचित बिपी कोइराला नेतृत्वको सरकारमा उद्योग मन्त्री थिए ।
२०१७ साल पुष–१ गते बहुदलीय संसदीय व्यवस्था खोसेर राजा महेन्द्रले मिश्रलाई लामो समयसम्म जेलमा राखेका थिए । जेलमा छँदै बिरामी परेका मिश्रलाई अन्तिमकालमा जेलबाट छाडिएको तर प्रजातन्त्र पुनस्थापनाका लागि अनवरत सङ्घर्षरत मिश्रको २०२७ साल पुस ६ गते निधन भएको थियो ।
मिश्र प्रजातान्त्रिक आन्दोलनका एक निष्ठावान व्यक्तित्वको रुपमा साझा नेता मानिन्छन । कांग्रेसभन्दा फरक विचारका दलले पनि मिश्रको योगदानलाई उच्च मुल्याङ्कन गर्दै आएका छन् । मिश्रको योगदानलाई सम्झनामा रामनारायण मिश्र स्मारक समिति नै गठन गरेर शालिक निर्माण गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीय तह उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता
मंसिर २, २०८१ आइतबार
आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने
मंसिर २, २०८१ आइतबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
मंसिर २, २०८१ आइतबार
रेडपाण्डा संरक्षणमा सघाउन किसानलाई सोलार प्यानल
मंसिर २, २०८१ आइतबार
झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
मंसिर २, २०८१ आइतबार
जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
मंसिर २, २०८१ आइतबार
पहिरो नियन्त्रणपछि गाउँ फर्किए विस्थापित
मंसिर २, २०८१ आइतबार
लमजुङ दरबार निर्माणकार्य ठप्प
मंसिर २, २०८१ आइतबार