जाडो बढेपछि मिथिलामा विद्यालय बन्द
नेपालबहस संवाददाता
माघ १७, २०७७ शनिबार १२:३९:५८
१७ माघ , धनुषा । बाक्लो हुस्सु र शीतलहरको कारण धनुषासहित तराई मधेशमा अत्यधिक जाडो बढेपछि मिथिला नगरपालिकाले माघ २१ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । पुषको अन्तिम सातादेखि शुरु भएको लगातारको शीतलहरका कारण विद्यार्थीलाई विद्यालय जान आउन समस्या हुन थालेपछि नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय यही माघ १८ देखि २१ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरिएको नगर प्रमुख हरिनारायण महतोले बताए ।
बाक्लो हुस्सु र शीतलहरको कारण जनजीवन प्रत्यक्षरुपमा प्रभावित भएपछि बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखी नगरपालिकाले चार दिनका लागि विद्यालयमा जाडो बिदा दिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रचिन्द्र डङ्गोलले सूचनामार्फत जानकारी दिए ।
जाडोको समयमा बालबालिका सबैभन्दा बढी प्रभावित हुने भएकाले नगरपालिकाभित्र रहेका निजी तथा सामुदायिक सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको जनाइएको छ । साथै सामुदायिक विद्यालयको अर्धवार्षिक परीक्षा सकिएको हुँदा सो बिदा अवधिभरि उत्तरपुस्तिका परीक्षण गराई बिदापछि नतीजाको विवरणसहित शिक्षा, युवा तथा खेलकूद शाखामा जानकारी दिनसमेत प्रमुख प्रशासकीय अधिकृत डङ्गोलले आग्रह गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार