अदालतले गर्ने फैसला पार्टीका लागि मान्य हुने
नेपालबहस संवाददाता
माघ १७, २०७७ शनिबार १८:२२:३८
१७ माघ, गण्डकी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले प्रतिनिधिसभाको विघटन सम्बन्धमा सर्वोच्च अदालतले गर्ने फैसला पार्टीका लागि मान्य हुने बताएका छन् ।
प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले नेपाली कांग्रेस विधि र प्रक्रियाअनुसार चल्ने पार्टी भएको उल्लेख गर्दै अदालतको निर्णयलाई शिरोधार्य गर्ने बताए ।
लामो समयदेखिको सङ्घर्षको उपलब्धिस्वरुप प्राप्त संविधानको रक्षा गर्नु सबैको कर्तव्य भएको जनाउँदै खतिवडाले संविधानका विरुद्धमा हुने जुनसुकै गतिविधि पार्टीलाई मान्य नहुने बताए ।
मुलुकमा निर्वाचन भएमा पार्टीको महाधिवेशन भदौमा हुने र प्रतिनिधिसभा पुनःस्थापना भएको अवस्थामा भने आगामी जेठ महिनामा हुने उनको भनाइ छ । प्रेस युनियनका अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रकाशचन्द्र सापकोटा र सचिव प्रदिप पौडेलले वर्तमान समसामयिक गतिविधिका बारेमा प्रकाश पारे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
पार्टीभित्र गुटबन्दी अन्त्य नभए कांग्रेस खुम्चिँदै जान्छः महामन्त्री थापा
मंसिर १, २०८१ शनिबार
राजनीतिक स्थायित्व र सुशासनका लागि नयाँ आन्दोलनको विकल्प छैन : अध्यक्ष प्रचण्ड
मंसिर १, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार
जनतासँग सहकार्य गरेर काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन
मंसिर १, २०८१ शनिबार
‘गौतम बुद्ध विमानस्थल दीर्घकालिनरूपमा सञ्चालन गरौं’
मंसिर १, २०८१ शनिबार
लायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
तीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार