चुनावकाे मिति क्रमशः साँघुरिदै, अब छिट्टै आचारसंहिता घोषणाकाे तयारी
नेपालबहस संवाददाता
माघ १७, २०७७ शनिबार १९:४७:३०
१७ माघ, काठमाडौं । निर्वाचन आयोगले निर्वाचन कार्यक्रम कार्यतालिका, निर्वाचन आचारसंहिताको घोषणा र राजनीतिक दल दर्ता कार्यक्रम अब छिट्टै ल्याउने तयारी गरेको छ । आयोगका अनुसार, निर्वाचन आचारसंहिताको मस्यौदा तर्जुमा भएको छ भने निर्वाचन कार्यक्रम कार्यातालिका बन्ने क्रममा छ ।
निर्वाचन कार्यक्रम कार्यतालिका स्वीकृत भएसँगै आगामी निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको ढोका खुल्नेछ । निर्वाचन आचारसंहिताबारे राजनीतिक दलसँग आयोगले परामर्श गर्न बाँकी नै छ । दलसँगको छलफल र परामर्शपछि आचारसंहिता स्वीकृत गरेपछि कार्यान्वयनमा ल्याइने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । निर्वाचन कार्यक्रम कार्यातालिका पनि अहिले तर्जुमाकै क्रम अर्थात् मस्यौदा बन्दै गरेको अवस्थामा छ । कार्यतालिका स्वीकृत भएपछि राजनीतिक दललाई दल दर्ताका लागि निवेदन दिन आयोगले सूचना जारी गर्ने प्रवक्ता श्रेष्ठले बताए।
निर्वाचन कार्यतालिका स्वीकृत भएपछि शुरुकै काम भनेको नै निर्वाचनमा भाग लिने राजनीतिक दलको पहिचान र निर्धारण हो । आयोगले आगामी वैशाख १७ र २७ गतेका लागि घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई निश्चित समय दिएर दल दर्ताका लागि आह्वान गर्नेछ ।
प्रवक्ता श्रेष्ठ भन्छन, “राजनीतिक दल दर्ता भएपछि मात्र अरु गतिविधि अघि बढ्ने भएकाले शुरुकै कार्यक्रमअन्तर्गत दल दर्ता पर्छ । त्यो अब छिट्टै गर्नुपर्ने अवस्था छ । प्रतिनिधिसभा विघटन र निर्वाचनका सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा परेको र उक्त मुद्दामाथिको वहस पैरवी अझै जारी रहेकोमा निर्वाचनका लागि तोकिएको मिति क्रमशः साँघुरिदै गएको छ । उक्त चुनावको मतदानका लागि घोषणा भएको मिति आउन अब लगभग ९० दिन मात्र छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीय तह उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता
मंसिर २, २०८१ आइतबार
आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने
मंसिर २, २०८१ आइतबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
मंसिर २, २०८१ आइतबार
रेडपाण्डा संरक्षणमा सघाउन किसानलाई सोलार प्यानल
मंसिर २, २०८१ आइतबार
झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
मंसिर २, २०८१ आइतबार
जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
मंसिर २, २०८१ आइतबार
पहिरो नियन्त्रणपछि गाउँ फर्किए विस्थापित
मंसिर २, २०८१ आइतबार
लमजुङ दरबार निर्माणकार्य ठप्प
मंसिर २, २०८१ आइतबार