तपाईकाे साप्ताहिक राशीफल [ माघ १८ गते आइतबारदेखि माघ २४ गते शनिबार ]
नेपालबहस संवाददाता
माघ १८, २०७७ आइतबार १२:०:२२
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):- समय राम्रो रहेकोले अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । मायाप्रेम गर्नेहरुले आफ्नो मनपरेको मान्छेसँग बसेर समय व्यतित गर्दा खुशी भएको महशुस गर्नेछन् । रमाईलो यात्राको तय हुने तथा व्यापारबाट मनग्गे नाफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अघि बढ्न सकिनेछ । भौतिक सम्पति तथा सवारी साधन प्राप्तिको गतिलो सम्भावना रहको छ । अतिथिको रुपमा सम्मान पाईनुको साथै रमाईलो घुमघामको समेत अवसर आउनेछ । साताको अन्त अर्थात शुक्रबार साँझबाट समय मध्यम रहेकोले नचाहँदा नचाहँदै नराम्रो परिस्थितिको सामना गर्नुपर्नेछ भने अप्रिय घट्ना घट्न सक्छ, ध्यान दिनुहोला । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउने तथा बेवास्ता गर्दा ठुलो रोग लाग्न सक्छ, सचेत रहनुहोला ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):- साताको सुरु र अन्तको समय राम्रो रहेकोले अध्ययनमा मन जाने तथा ध्यान केन्द्रित हुनाले आफूले चाहेजस्तो सफलता प्राप्त गर्न सकिने छ । आफन्त तथा गुरुजनहरुको सुझावलाई शिरोधार्य गर्दै अगाडी बढ्न सकिने छ । मनपरेको मानिसबाट उपहार तथा भौतिक सम्पति पाउने योग रहेको छ भने प्रेममा सामिप्यता बढेर जानेछ । सन्तान, छोराछोरी तथा आफन्तसँग रमाईलो यात्रा तय गर्न सकिने छ । व्यापारमा लगानी गरी आर्थिक अवस्था सुधार्न सकिने समय रहेको छ । बुधबार दिउँसोबाट शुक्रबार बिहानको समय मध्यम रहेकोले न्यायिक निर्णयहरु तपाईको पक्षमा हुने छैनन् भने वादविवाद तथा प्रतिस्पर्धामा भाग लिए हारिने सम्भावना रहेको छ । पुराना समस्याहरु बल्झन सक्छन्, ध्यान दिनुहोला । अध्ययन अध्यापनमा ध्यान नजादा अरुभन्दा पछि परिनेछ । मामा तथा मावली पक्षसँग बिवाद बढ्ने योग रहेको छ । व्यापारमा अरुदिन भन्दा बढी नै समय लगानी गर्नुपर्ने हुनसक्छ । सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउनेछ ।
मिथुन ( का,की,कू,घ,ङ,छ,के,को,हा) :- साताको सुरु र अन्तको समय राम्रो रहेकोले न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछन् भने प्रतिस्पर्धीहरुलाई परास्त गर्दै अपेक्षित नतिजा हात पार्न सकिनेछ । बिद्यामा तपाईको नाम अग्रस्थानमा आउने तथा अन्य क्रियाकलापमा पनि सहभागी भई प्रतिस्पर्धीहरुलाई हराउन सकिनेछ । मायाप्रेममा नजिकिने समय रहेको छ भने पतिपत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ । व्यापारमा प्रशस्त आम्दानी हुनाले दैनिकी सहज मार्गमा अगाडि बढ्नेछ । खेलकुद तथा यस्तै पराक्रमी क्रियाकलापमा भाग लिन सकिनेछ । सोमबार दिउँसोबाट बुधबार बिहानसम्मको समय मध्यम रहेकोले घरजग्गा तथा सवारीसाधनको खरिद बिक्री गर्दा ध्यान दिनुहोला, घाटा लाग्न सक्छ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । कृषि तथा पशुपालन व्यवसाय भने फस्टाएर जानेछ । आमा तथा आमासरहका मानिससँग मनमुटाव बढ्नेछ । विश्वास गरेकाहरुबाट धोका हुनसक्छ, सजक रहनुहोला । बाहिरी वातावरणसँग जुध्न नसक्दा छाती सम्वन्धी समस्या आउन सक्छ ।
कर्कट ( ही,हू,हे,हो,डा,डी,डु,डे,डो):- साताको सुरु र अन्तको समय राम्रो रहेकोले पराक्रम बढेर जाने हुनाले जोशिलो काम गर्ने जाँगर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाईदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् । दाजुभाई तथा छिमेकीहरुसँगको सम्वन्धमा सुधार भएर जानेछ । छोटो तथा रमाईलो यात्रा हुन सक्छ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैयाँ पैसा कमाउन सकिनेछ । मायाप्रेममा सामिप्यता बढेर जानेछ । लेखन कला तथा साहित्य जस्ता क्षेत्रमा झुकाव बढ्नेछ । बुधबार दिउँसोबाट शुक्रबार बिहानसम्मको समय मध्यम रहेकोले राजनीति तथा समाजसेवामा जनतासँग सन्तुलित व्यवहार गर्नुहोला, आलोचनाको शिकार हुनुपर्नेछ । आमा तथा आमा सरहका मानिसको स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्नेछ । अध्ययन तथा अध्यापनमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ । मायाप्रेममा सामान्य मनमुटाव बढ्नेछ, ध्यान दिनुहोला ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):- आफन्त तथा कुटुम्वसँगको सम्बन्ध सुमधुर भएर जानेछ । सामाजिक सभा समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ भने बोलीको प्रभाव बढ्ने तथा महत्वपूर्ण कामहरु आज नै फत्ते गर्नु उचित हुनेछ । पढाईलेखाईमा राम्रै प्रगति भएर जानेछ । व्यापार व्यवसायबाट मनग्गे आम्दानी हुनेछ भने मनग्गे धनसम्पति हात लाग्ने योग रहेको छ । मायाप्रेममा विश्वासको वातावरण बढ्नेछ । बुधबार दिउँसोबाट समय मध्यम रहेकोले सामान्य स्वास्थ्य सम्वन्धी सामान्य समस्याले सताउनेछ । बिद्यामा अरुभन्दा पछि परिने हुँदा मन खिन्न हुनेछ । समयमा काम नबन्ने हुँदा मनमा निराशा पैदा हुनेछ । दाजुभाई तथा छिमेकीसँगको सम्बन्धमा गिरावट आउनेछ । यात्रा गर्दा ध्यान दिनुहोला, गन्तव्यमा पुग्न केही कठिनाईको सामना गर्नुपर्नेछ ।
कन्या ( टो,पा,पी,पू,ष,ण,ठ,पे,पो ) :- समयले साथ दिने हुनाले थोरै लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ भने दैनिकी सुधार भएर जानेछ । व्यापारमा लगानी गरी मनग्गे लाभ लिन सकिनेछ । आफन्त तथा सहयोगीको साथ पाइने हुनाले जस्तोसुकै परिस्थितिहरुको पनि सामना गर्न सहज वातावरण बनेर जानेछ । पढाईलेखाईमा थोरै समय दिदाँपनि नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । प्रेम प्रसङगमा रमाउन चाहनेहरुका लागि लामो समयसँगै बसेर भलाकुसारी गर्ने अवसर प्राप्त हुनेछ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै धेरै काम गर्न सकिनेछ । लामोदुरीको यात्राको तय गर्न सकिने तथा विदेशी भूमिमा बसेर अध्ययन वा काम गर्नेहरुका लागि समय फलदायी रहनेछ ।
तुला ( रा,री,रु,रे,रो,ता,ती,तू,ते ) :- साताको सुरु र अन्तको समय राम्रो रहेकोले कामहरु स्वस्फुर्त रुपमा अगाडि बढ्नेछन् । व्यापार व्यवसाय फस्टाएर जाने तथा नयाँ प्रकृतिको व्यवसायमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । मायाप्रेमको डोरो कसिलो हुनुको साथै घर परिवारमा बिग्रेको सम्बन्ध सुधार भएर जानेछ । पारिवारिक माहोलमा मिष्ठान्न भोजनमा साथ रमाईलो गरी समय कटाउन सकिने छ । सोमबार दिउँसोबाट बुधबार बिहानसम्मको समय मध्यम अस्वभाविक खर्च बढ्ने हुँदा मन चिन्तित रहनेछ । शारीरिक कष्ट तथा आँखामा समस्या देखिन सक्छ । मानसम्मान तथा इज्जत प्रतिष्ठा गुम्ने खतरा रहेको छ, सजक रहनुहोला । आफन्त तथा परिवारजन तपाईदेखि टाढिन सक्छन् । तरपनि वैदेशिक क्षेत्रसँग सम्बन्धित व्यवसाय भने फस्टाएर जानेछ ।
बृश्चिक ( तो,ना,नी,नू,ने,नो,या,यी,यू ) :- साताको सुरु र अन्तको समय राम्रो रहेकोले व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुनेछ । बिशेष गरी हाईड्रोपावर, पानी तथा औषधीसँग सम्बन्धित व्यवसायबाट प्रशस्त लाभ लिन सकिनेछ । बिद्यामा सोचे अनुरुप नै प्रगति हुनेछ । परिवार तथा आफन्तहरु तपाईको कामदेखि प्रशन्न हुनेछन् । सवारीसाधन प्राप्त हुने योग रहेको छ । दाजुभाईबाट राम्रै सहयोग प्राप्त हुनेछ । मायाप्रेममा विश्वासको वातावरण झन कसिलो भएर जानेछ । सामाजिक क्षेत्रमा नाम, दाम तथा प्रतिष्ठा कमाउन सकिनेछ । बुधबार दिउँसोबाट शुक्रबार बिहानसम्मको समय मध्यम रहेकोले स्वास्थ्य सम्बन्धी सामान्य समस्याले सताउन सक्छ, खानपानमा ध्यान दिनुहोला । व्यापार व्यवसायमा वैदेशिक क्षेत्रसँग सम्वन्धित कारोबार फस्टाएर जानेछ भने विदेश यात्राको तय गर्न सकिनेछ । परिवार तथा आफन्तजन तपाईदेखि टाढिनेछन् । राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ, काम गर्दा सजक भएर गर्नुहोला । अनावश्यक ठाउँमा बल प्रयोग हुनुको साथै बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परेको भान हुनेछ ।
धनु ( ये,यो,भा,भी,भू,ध,फा,ढा,भे ):- समय राम्रो रहेकोले ईच्छाआकांक्षा तथा मनोकामना पूरा हुने समय रहेको छ । दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग हुने हुनाले दैनिकी सहज मार्गमा अगाडि बढ्नेछ । सवारीसाधन तथा अन्य सम्पतिहरु लाभ हुने योग रहेको छ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्वन्धले आगामी दिनहरुमा विवाहरुपी निकास पाउने योग रहेको छ । अध्यनमा प्रगति हुनेछ भने विद्यार्थी वर्गका लागि आजको दिन फलदायी रहनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाईहरु जनमानसमा लैजान सकिनेछ । बैक तथा बित्तीय क्षेत्र र शेयरबजारको लगानी फस्टाएर जानेछ । सरकारी तथा पैत्रिक धनसम्पति हातलागी हुने सम्भावना रहेको छ भने व्यापार व्यवसायमा लगानी गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ ।
मकर ( भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- लामोदुरीको धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्राको तय गर्न सकिनेछ । प्राकृतिक स्रोत साधन, सरकारी स्रोत तथा अन्य भौतिक सम्पतिको प्रयोगमार्फत यथेष्ट आम्दानी बढाउन सकिनेछ । नयाँ प्रकृतिको व्यापार व्यवसायमा लगानी गर्ने वातावरण बन्ने हुनाले मनग्गे धनलाभ हुने योग रहेको छ । पुराना कामहरुबाट भनेभन्दा बढी नै आम्दानी हुनेछ । मायाप्रेममा आत्मियताको बढोत्तरी हुनेछ भने घर परिवारका सदस्यहरुबाट सहयोग पाइने छ । बिद्या तथा प्रतिस्पर्धामा अरु दिन भन्दा राम्रो प्रगति गर्न सकिनेछ । आईतबार र बुधबार दिउँसोबाट शुक्रबार बिहानसम्मको समय मध्यम रहेकोले राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । व्यापार व्यवसायमा नाफा कमाउन निकै मिहिनेत गर्नुपर्ला । काममा खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । मायाप्रेममा अविश्वास बढ्नेछ । बुवा वा बुवासरहका मानिससँग मनमुटाव सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला, सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा ):- साताको सुरु र अन्तको समय राम्रो रहेकोले महत्वपूर्ण जिम्मेवारी सम्पादन गर्नको लागि अवसर जुर्नेछ । राज्य तथा राजनीतिमा सम्मानजनक सहभागिता रहने हुनाले जनताको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्यात्म तथा धार्मिक क्षेत्रमा रुची बढ्नेछ भने धार्मिक प्रतिष्ठान तथा मन्दिर तिर गई टीका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । यात्रासँग सम्वन्धित व्यवसाय फस्टाएर जानेछ भने आर्थिक अवस्थामा सुधार भएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेको छ । सोमबार दिउँसोबाट बुधबार बिहानसम्मको समय मध्यम रहेकोले धनमाल हराउँन तथा लुटिन सक्छ, सजक रहनुहोला । व्यापार व्यवसायमा नाफा कमाउन बढीनै संघर्ष गर्नुपर्नेछ । कामका सवालमा उठ्ने गोप्यकुराहरु बाहिर आउन सक्ने हुनाले सजक रहनु पर्नेछ । दिदीबहिनीसँग मनमुटाव बढ्नेछ भने समयमा काम नसकिने हुँदा मानसिक चिन्ता बढ्नेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):- व्यापार व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । भौतिक सम्पति तथा मानव निर्मित वस्तुहरु प्राप्तिको गतिलो योग रहेको छ । लामो समयदेखि भेट नभएका मित्रहरुसँग भेट हुनेछ भने मायाप्रेममा आत्मियताको बढोत्तरी हुनेछ भने रमाईलो यात्राको तय हुनेछ । बिद्यार्थीहरुले अध्ययनमा सफलता पाउनेछन् भने गुरुहरुको राम्रो सहयोग पाइने हुँदा गन्तव्य पहिल्याउन सहज हुनेछ । साँझपख दिदीबहिनीहरुसँग मनमुटाव बढ्ने योग रहेको छ । तरपनि व्यस्तता बढेपनि स्वास्थ्यको ख्याल नगर्दा कमजोरी महसुस हुनेछ । खानपान तथा वाहिरी वातावरणको ध्यान दिनुहोला । गोप्यता भङग हुने तथा आफन्तसँग विवाद बढ्नेछ । सवारीसाधनको प्रयोग गर्दा वा यात्रा गर्दा ध्यान दिनुहोला । दिदीबहिनीसँग घरायसी कुरामा विवाद हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ तपाईको आजको राशीफल ?
कात्तिक ९, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
कात्तिक ८, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
कात्तिक ७, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार