प्रथम चन्द्रागिरि वडास्तरीय फुटसल प्रतियोगिता सम्पन्न
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_q7JcPhruJc.jpeg
)
नेपालबहस संवाददाता
माघ १८, २०७७ आइतबार १५:२८:१६
![](https://nepalbahas.prixacdn.net/media/albums/202101310856-e9afece2-6920-49cb-b985-4d405f9c3a12_medium_UPhbpSsxv4.jpg)
१८ माघ,काठमाडौं । प्रथम चन्द्रागिरि नगरपालिका वडास्तरीय फुटसल प्रतियोगिता २०७७’ को उपाधि वडा नं १५ ले चुमेको छ । वडा नं १४ लाई एकगोलका विरुद्ध तीन गोल गर्दै वडा नं १५ ले रु ७५ हजारसहित ट्रफी र पदक चुुम्न सफल भएको हो ।
वडा नं १५ का तर्फबाट फुटसलका खेलाडी सुशान्त घिमिरे, समीर कार्की, रोहित थापा, अविरल रिजाल, सजिव रिजाल, रञ्जन श्रेष्ठ मैदानमा उत्रनुभएको थियो भने वडा १४ का तर्फबाट डेनियल श्रेष्ठ, अजित महर्जन, दिलकुमार महर्जन, रमन महर्जन, विजय थापा, सुदन कार्की र साहिल रानाले प्रतिस्पर्धा गरेका थिए ।
नगरपालिकाको सर्वाधिक राशिको सो अन्त्यन्त रोमञ्चकारी प्रतिष्पर्धामा वडा नं १४ ले दोस्रो भई रु ४० हजारसहित ट्रफी र पदक हात पा¥यो । वेष्टर्न युनाइटेड क्लबले संयोजन गरेको सो प्रतिष्पर्धामा नगरपालिकाभित्रका १५ वडाका ३२ टिम मैदानमा उत्रेका थिए भने खेल अन्तर्राष्ट्रिय नियमअनुसार खेलाइएको थियो । शुक्रबार शुरुआत भइ शनिबार सम्पन्न सो प्रतियोगिता चन्द्रागिरि–९ स्थित नवनिर्मित मत्छ्य फुटसलमा भएको थियो ।
चन्द्रागिरि नगरपालिकाको मुख्य प्रायोजक र प्रयोजक वडा नं ५ रहेको सो प्रतियोगिताको प्रथम र द्वितीय हुने टिमलाई वाग्मती प्रदेशसभा, पर्यटन, वन तथा वातावरण समितिका सभापति रमा आले, चन्द्रागिरि नगरपालिकाका उपप्रमुख लीसा नकर्मी, वडा नं १५ का वडाध्यक्ष उत्तमबहादुर रावत, वडा नं ६ का वडाध्यक्ष सञ्जय सिग्देल, वडा नं ४ का वडाध्यक्ष कृष्णप्रसाद शाही, महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख मोहनबहादुर खाँण, भेहिकल एकेडेमी एण्ड रिसर्ज सेन्टर गुर्जुधाराका अध्यक्ष राजेश घिमिरे, क्लबका अध्यक्ष रामनारायण घिमिरे, सवमाजसेवी देवेन्द्र प्रधानले संयुक्तरूपमा नगद, ट्रफी र पदक वितरण गरेका थिए ।
उनीहरुले संयुक्तरूपमा नै प्रतियोगितामा उत्कृष्ट टिम, खेलाडी, गोलकर्ता र किपरलाई नगद रु पाँच हजारसहित ट्रफी र पदक प्रदान गरेका थिए । प्रतियोगिताको उत्कृष्ट टिमको उपाधि वडा नं ६ ले प्राप्त गरेको थियो भने उत्कृष्ट गोलर्ता वडा नं १५ का अविरल रिजाल, उत्कृष्ठ खेलाडी वडा नं १४ का शाहिल राना र उत्कृष्ट गोलकिपर राजीव श्रेष्ठले हात पारेका थिए ।
‘खेल क्षेत्रमा महिला सहभागिता आवश्यक’
सो अवसरमा सभापति आलेले खेलकूद क्षेत्रमा महिला सहभागिता बढाउन आग्रह गर्दै युवापुस्तालाई खेल क्षेत्रमा आकर्षित गर्न यस्ता प्रतियोगिताले सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए । उपप्रमुख नकर्मीले अगामी दिनमा नगरपालिकाले खेलकूल विकास र प्रवद्र्धन गर्न निरन्तर सहयोग जारी राख्ने जानकारी दिईन् ।
वडा नं १५ का वडाध्यक्ष रावतले कोरानाले आक्रान्त खेल क्षेत्रलाई चलायमान बनाउन यस्ता प्रतियोगिताले सहयोग पु¥याएको बताए । क्लबका अध्यक्ष घिमिरले क्लबले नगर क्षेत्रमा विभिन्न खेलकूद प्रतियोगिता आयोजना गर्दै आएको जानकारी दिँदै खेलकूद प्रतियोगिताले युवाका मानसिक समस्यासमेत समाधान हुने बताए । उनले भने, “अगामी दिनमा खेल क्षेत्रमा राज्यको लगानी बढाउन जरुरी रहेको छ । खेल क्षेत्रको विकास र विस्तारले मात्र समृद्धि हासिल हुन्छ ।”
कोरोना कहरले आक्रान्त खेल क्षेत्रलाई चलायमान बनाउन प्रतियोगिताले कोशेढुङ्गाको काम गरेको क्लबका उपाध्यक्ष साजन महर्जनले बताए । पछिल्लो समय युवापुस्ताका बीचमा फुटसल लोकप्रिय बनिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली फूटबल हेर्न रंगशाला जाने
फागुन ३, २०८१ शनिबार
अन्तराष्ट्रिय फुटबलमा भाग लिन नेपाली टोलीकी कप्तान काठमाडौंमा
माघ ३०, २०८१ बुधबार
अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी पूरा
माघ २९, २०८१ मंगलबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार