न्युएज विजनेश वुमन –लाइफ टाइम एचिभमेण्ट अवार्ड मल्ललाई, इन्फ्लुन्सियल अवार्ड श्रेष्ठलाई
नेपालबहस संवाददाता
माघ १८, २०७७ आइतबार १७:१९:२४
१८ माघ, काठमाडौं । १२ जना महिला उद्यमीहरु ‘न्यूबिज विजनेश वुमन समिट एन्ड अवार्डस्’ बाट सम्मानित भएका छन् । आर्थिक अभियान दैनिक र न्यू बिजनेश एज मासिक पत्रिकाको प्रकाशक संस्था न्यू बिजनेश एज प्रालिले १२ महिला उद्यमीहरुलाई शुक्रबार अवार्डबाट विभुसित गरेको हो ।
न्यू बिजले मल्ल होटेलकी अध्यक्ष महाराजकुमारी रमा राणा मल्ललाई नेपालको व्यापार क्षेत्रमा ४ दशकसम्म योगदान पुर्याए बापत ‘लाइफटाइम अचीवमेन्ट अवार्ड’ बाट सम्मान गरेको छ भने साल्ट ट्रेडिङ कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उर्मिला श्रेष्ठलाई ‘इन्फ्लुन्सियल बिजनेश वुमन अफ दि ईयर २०२१’ अवार्डबाट सम्मानित गरेको छ ।
त्यसैगरि, कंचनजंघा चिया इस्टेटकी प्रबन्ध निर्देशक शान्ता बास्कोटा कोइरालालाई ‘वुमन आन्टरप्रेनर अफ दि ईयर २०२१’ अवार्ड र होटल अन्नपूर्णकी कार्यकारी निर्देशक सृजना राणालाई ‘बिजनेस वुमन अफ द ईयर २०२१’ बाट सम्मानित गरेको छ ।
किरण शुज म्यानुफ्क्चरर्सकी ब्रान्डीङ तथा विजनेश डेभलपमेण्ट निर्देशक विदुषी राणा ‘क्यारिज्म्याटिक वुमन अफ द इयर २०२१’ अवार्डबाट सम्मानित भएकी छिन् ।
यस्तै न्यू बिजले प्रत्येक प्रदेशबाट १/१ जना उत्कृष्ट महिला उद्यमीलाई पनि सम्मान गरेको छ । ‘इमर्जिङ इन्टरप्राइजीङ वुमन अफ दि ईयर २०२१’ अवार्डबाट सातै प्रदेश स्थित एकरएक जना उत्कृष्ट महिला उद्यमीलाई सम्मानित गर्ने क्रममा प्रदेश नम्बर १ बाट विराटनगरको चम्पा सु सेन्टरकी प्रोपाइटर चम्पा नेपाल, प्रदेश नम्बर २ बाट बिरगन्जस्थित मिथिला हाउस प्राइभेट लिमिटेडकी प्रोपाइटर तृष्णासिङ भण्डारी, बागमति प्रदेशबाट रिजाल प्लास्टीक उद्योग भक्तपुरकी प्रोपाइटर चन्द्रकला बास्कोटा, गण्डकी प्रदेशबाट वुमन्स स्कील डेभलपमेन्ट सेन्टर पोखराकी संस्थापक रामकली खड्का र लुम्बिनी प्रदेशबाट कोथी हिमाल अल्लो कपडा उद्योग प्युठानकी प्रोपाइटर चित्रकली बुढामगर, कर्णाली प्रदेशबाट भवानी छापाखाना सुर्खेतकी हिमा कुमारी उपाध्याय र सुदुर पश्चिम प्रदेशबाट बि पोलीटेनिक इन्स्युच्यूट धनगढीकी प्रबन्ध निर्देशक हिरा भण्डारी सम्मानित भएका छन् ।
न्यू बिजनेश एजले गत बर्षको मार्चमा नै यो कार्यक्रम गर्ने तयारी गरेको भएता पनि कोरोना महामारीका कारण त्यसबेला उक्त कार्यक्रम स्थगित भएको थियो । दुई भाग गरि सञ्चालन गरिएको यस कार्यक्रमको पहिलो चरण गत वर्ष नै सम्पन्न भइसकेको र दोस्रो चरणको कार्यक्रम मात्र कोरोनाका कारण स्थगित गरिएको न्यु बिजले जनाएको छ ।
पहिलो चरणको कार्यक्रम अन्तरगत देशका बिभिन्न भागका व्यवसायिक महिलाहरूका लागि पूर्ण दिन प्रशिक्षण कार्यक्रम गरेको थियो । विराटनगर, विर्तामोड, वीरगन्ज, जनकपुर, हेटौंडा, नारायणगढ़, बुटवल, सुर्खेत, धनगढीमा उद्यमशीलता र वित्तीय साक्षरतामा आयोजना भएको पनि न्यु बिजले उल्लेख गरेको छ ।
दोस्रो चरण अन्तर्गत गत शुक्रबार उक्त समारोह आयोजना गरिएको हो । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्स एन्ड इंडस्ट्री (एफएनसीसीआई), महिला उद्यमी संघ नेपालको आयोजनामा (एफडब्ल्यूईईएन) र नेपाल राष्ट्र बैंक (एनआरबी) सहयोगी साझेदारका रूपमा थिए ।
यस्तै निम्बस समूह (ब्यञ्जन), सीताराम गोकुल मिल्क्स, प्रोग्रेसिभ फाईनान्स, रिलायबल लाईफ ईन्स्योरेन्स, जनरल इन्स्योरेन्स, मेरिगोल्ड ज्वेलर्स र अग्नि ग्रुपले पनि उक्त कार्यक्रमलाई सहयोग गरेका छन् ।उक्त कार्यक्रमलाई सम्बन्धीत १० वटा जिल्लाका चेम्बर तथा उद्योगहरुले पनि सहयोग गरेका थिए । यस्तै, यस कार्यक्रमको अफिसियल टीभी प्लाटफर्म डिसहोम रहेको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्तमा आचार्य सिफारिस, आयुक्तमा विष्ट र भण्डारी
कात्तिक २०, २०८१ मंगलबार
लायन्स क्लव ३२५ केले चोभारमा मञ्जुश्री पार्क बनाउने, अनुमानित लागत ३५ लाख
कात्तिक १६, २०८१ शुक्रबार
जीपी कोइराला फाउण्डेशन अमेरीकाले गर्यो शुभकामना आदान-प्रदान
कात्तिक ११, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने शहरबीच भगिनी सम्बन्ध
मंसिर ९, २०८१ आइतबार
देउवाले उमेश श्रेष्ठलाई बनाए कांग्रेसको कोषाध्यक्ष
मंसिर ९, २०८१ आइतबार
नारायणी अस्पतालमा ‘मेमोग्राम’ जडान अन्तिम चरणमा
मंसिर ९, २०८१ आइतबार
व्याँसी सौका समुदाय खलङ्गा झर्दै
मंसिर ९, २०८१ आइतबार