श्री ५ को सरकार भन्ने मन्त्री थापाले मागे माफी
नेपालबहस संवाददाता
माघ १८, २०७७ आइतबार १७:३९:४९
१८ माघ, काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले संविधानमा व्यवस्था नै नरहेको प्रतिनिधिसभा भंग गरेपछि प्रतिगमनतर्फ अग्रसर भएको आरोप लागिरहेकै बेला उनका क्याबिनेट मन्त्रीले नेपाल सरकारको ठाउँमा श्री ५ को सरकार भने । लगभग १५ वर्ष यता श्री ५ को सरकार भन्ने शव्दावलीको प्रयोग हुन छाडेको । फेरि यसअघि कहिल्यै सरकारी पदमा नरहेका ती मन्त्रीले नियतवश त्यो शव्दावलीको प्रयोग गरे वा झुक्किए ? प्रश्न गम्भिर भएपनि रमाइलो छ ।
ओली सरकारमा खानेपानी मन्त्री बनाइएका मणि थापाले हिजो सुर्खेतमा आयोजित एउटा सार्वजनिक कार्यक्रममा यस्तो भनेका थिए । उनले त्यहाँ यसो भनेका थिए–आदरणीय जनसमुदायहरु, म सबैलाई नेकपा स्थायी कमिटीका तर्फबाट र श्री ५ को सरकारको तर्फबाट…… ए ए सरी, नेपाल सरकारको तर्फबाट लालसलाम भन्न चाहन्छु ।
मन्त्री थापा झुक्किएर यस्तो शव्द निकाल्ने अवस्थाका नेता हाइनन् । किन यो कुरा आयो भन्दा कतिपयले नियोजित रुपमै यस्तो भन्न लगाइएको आरोप लगाएका छन् । मन्त्री थापाको भनाईले हिजो दिनभरि सामाजिक सञ्जालका भित्ता रंगिएका थिए । आज बिहानै मन्त्री थापाले सामाजिक सञ्जाल फेसबुकमै फेरि क्षमायाचना गरेका छन् । फेसबुक वालमा उनले लेखेका छन्– शनिबार नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको कार्यकर्ता भेलालाई संवोधन गर्ने क्रममा नेपाल सरकार भन्नुपर्नेमा भुलबश अन्यथा भएकाले त्यसलाई मैले तत्कालै सच्याएको यहाँहरु जानकार नै हुनुहुन्छ ।
आम नेपाली नागरिक, मेरा शुुभचिन्तक र नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामा त्यसबारे कुनै द्विविधा नराखिदिनुहुन अनुरोध गर्दछु । मेरो पूरै राजनीतिक जीवन क्रान्ति र परिवर्तनमा विताएको र पश्चगमनका पक्षमा मेरो साथ नुहने कुरा विनम्रताका साथ यहाँ अनुरोध गर्दछु ।
भुलवश ती शव्द प्रयोग हुन गएकोमा क्षमा चाहन्छु । मन्त्री थापाले तत्कालै सच्याइ सकेको सन्दर्भ र विषयलाई लिएर आज यति लामो स्टाटस राख्नुका पछाडि पनि कुनै कारण हुनसक्ने अनुमान राजनीतिक वृत्तमा गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचन हुने स्थानीय तहमा उम्मेदवारको मनोनयन सुरु, आजै सूची प्रकाशन हुने
मंसिर २, २०८१ आइतबार
हवाई भाडा बढाएर यात्रु ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही गर्छाैः मन्त्री पाण्डे
मंसिर २, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता
मंसिर २, २०८१ आइतबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
कालो पत्थरमा परिणत गुर्जा हिमाल
मंसिर २, २०८१ आइतबार
तीनपटक प्रधानमन्त्री भइसकेका प्रचण्डलाई किन भनिन्छ लेन्डुप दोर्जेको नेपाली संस्करण ?
मंसिर २, २०८१ आइतबार
नागा चैतन्य र शोभिता धुलिपला विवाह बन्धनमा बाँधिदै
मंसिर २, २०८१ आइतबार
क्षमताभन्दा तेब्बर कैदीबन्दी पुगेपछि व्यवस्थापनमा कठिनाइ
मंसिर २, २०८१ आइतबार
गौतम गम्भीरको समर्थनमा निस्किए सौरभ गांगुली
मंसिर २, २०८१ आइतबार
बङ्गलादेशको सेनालाई प्रदत्त न्यायिक अधिकार थप दुई महिनाका लागि बिस्तार
मंसिर २, २०८१ आइतबार