कांग्रेस भातृसंस्थाकाे भोलि संयुक्त जनप्रदर्शन
नेपालबहस संवाददाता
माघ १८, २०७७ आइतबार २०:४५:२३
१८ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आवद्ध १३ वटा भातृ संस्थाहरुले भोलि सरकारविरुद्ध संयुक्त जनप्रदर्शन गर्ने भएको छ । नेपाली कांग्रेसका १३ वटा भातृ संस्थाहरुले आज संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन् ।
विज्ञप्तिमा जनप्रदर्शनमा सबैलाई सहभागी हुन अपिल गरिएको छ । प्रधानमन्त्री केपी ओलीले हठात् रुपमा प्रतिनिधिसभा विघटन गरी संविधानको धज्जी उडाएको भन्दै भातृ संस्थाहरुले सशक्त आन्दोलन गर्ने जनाएका हुन् ।
जनप्रदर्शन देशका ७७ वटै जिल्लामा एकैपटक गर्ने तयारी भएको छ । ओलीको गैरसंवैधानिक कदम सच्याउन प्रतिनिधिसभा पुनस्थापना गरी भ्रष्टाचार कुशासनलगायत सर्वसत्तावादीलाई परास्त गर्न सबै नेपाली सडकमा ओर्लन आह्वान गर्दछौं – विज्ञप्तिमा भनिएको छ ।
यसरी विज्ञप्ति जारी गर्नेमा नेपाल महिला संघ,तरुण दल, नेविसंघ, नेपाल तामाङ संघ,नेपाल किसान संघ, नेपाल दलित संघ,नेपाल भूतपूर्व सैनिक संघ, नेपाल आदिवासी जनजाति संघ,नेपाल लोकतान्त्रिक अपाङ्ग संघ,नेपाल मुस्लिम संघ,नेपाल राष्ट्रिय मगर संघ र नेपाल ठाकुर समाज रहेका छन् । प्रधानमन्त्री ओलीले पुष ५ गते प्रतिनिधिसभा विघटन गरेपछि देश आन्दोलनमय भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री नहुँदा प्रधानमन्त्रीको चीन भ्रमणबारे संसदीय समितिमा छलफल हुन सकेन
मंसिर २, २०८१ आइतबार
उपनिर्वाचन हुने स्थानीय तहमा उम्मेदवारको मनोनयन सुरु, आजै सूची प्रकाशन हुने
मंसिर २, २०८१ आइतबार
हवाई भाडा बढाएर यात्रु ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही गर्छाैः मन्त्री पाण्डे
मंसिर २, २०८१ आइतबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मन्त्री यादवद्वारा खानेपानीका पाइप फुटेका ठाउँमा जडान गर्न निर्देशन
मंसिर २, २०८१ आइतबार
दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झना दिवसः सधैँ झस्काइरहन्छ आफन्तलाई
मंसिर २, २०८१ आइतबार
नेपाल टेलिकमको अवरुद्ध मोबाइल सेवा सञ्चालन
मंसिर २, २०८१ आइतबार
परराष्ट्रमन्त्री नहुँदा प्रधानमन्त्रीको चीन भ्रमणबारे संसदीय समितिमा छलफल हुन सकेन
मंसिर २, २०८१ आइतबार
आँबुखैरेनी अस्पतालले दियो एक सय १७ महिलालाई प्रसूति सेवा
मंसिर २, २०८१ आइतबार