भियतनाममा कम्युनिष्ट पार्टीको प्रमुखमा पुनः निर्वाचन
नेपालबहस संवाददाता
माघ १८, २०७७ आइतबार २२:४:३८
१८ माघ,हनोई । भियतनाम कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठकले नुएन फु ट्रोङलाई पार्टीको महासचिव पदमा पुनः निर्वाचित गरेको छ । उहाँ भियतनाम कम्युनिष्ट पार्टीको लगातार तेस्रो पटक महासचिव हुनु भएको हो ।
भियतनाम समाचार एजेन्सीका अनुसार पार्टीको बैठक गत जनवरी २५ देखि शुरु भएको थियो । यस बैठकले पार्टीका पोलिटब्युरो, सचिवालय, अनुगमन आयोग र अनुगमन आयोगका प्रमुखको समेत चयन गरेको छ ।
भियतनाम कम्युनिष्ट पार्टीको नेसनल कङ्ग्रेसमा ५१ लाख पार्टी सदस्यको प्रतिनिधित्व गर्दै एक हजार ५८७ प्रतिनिधिले भाग लिएका छन् ।
ट्रोङ हाल भियतनामको राष्ट्रपति समेत रहनुका साथै पोलिटब्युरोको अध्यक्ष समेत हुनुहुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
तेलङ्गाना सरकारले अदानी समूहबाट प्राप्त एक अर्बको अनुदान अस्वीकार गर्ने
मंसिर १०, २०८१ सोमबार
विश्वमा हरेक १० मिनेटमा एक महिलाको मृत्यु : राष्ट्रसंघ
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार