वालिङ नगरपालिकाद्धारा कोभिड प्रभावितलाई उद्यमी बनाउने अभियान शुरु
नेपालबहस संवाददाता
माघ १८, २०७७ आइतबार २३:४६:११
♦ तोलाकान्त बगाले
१८ माघ, वालिङ । कोभिड १९ को सङ्क्रमणका कारण रोजगारी गुमाएका युवायुवतीलाई उद्यमी बनाउने उद्देश्यसहित स्थापना गरिएको कोषबाट रकम वितरण गरिएको छ । युएनडीपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोगमा दियालो संस्थाद्वारा
सञ्चालित कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना अन्तर्गत कोभिड प्रभावितहरुका लागि स्थापित कोषमार्फत २० समूह तथा ब्यक्तिलाई जनही रु. ५० हजाका दरले नगद प्रदान गरिएको हो ।
विदेशमा रोजगारी गुमाई फर्केका वा स्वदेशमा रोजगारीमा रहेका युवायुवतीहरुलाई स्वरोजगार तथा आत्मनिर्भर बनाई उनीहरुको आयआर्जन बृद्धि गर्नका लागि ‘उद्यमशिलता ब्यवसाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र सञ्चालन कार्यविधि २०७७’ निर्माण गरी सोही कार्यविधिका आधारमा रहेर स्थापित कोषबाट आर्थिक सहयोग गरिएको वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।
कोभिड प्रभावित भई के गर्ने के नगर्ने अन्योलमा रहेका युवायुवतीहरुलाई उद्यमशिलता तथा नवप्रवर्तन कोषमार्फत ‘स्टार्टअप’ का रुपमा नगद अनुदान दिईएको हो । “ब्यवसाय तथा उद्यम सञ्चालन सम्बन्धमा विविध विषयमा नयाँ आविष्कार गर्न मद्दत गर्न, युवाहरुमा भएको रचनात्मकतालाई उजागर तथा प्रोत्साहित गर्न प्रेरित गर्ने उद्देश्यले नवप्रवर्तन कोष स्थापना गरी सञ्चालन गरेका हौं” प्रमुख खाँणले भने, “उक्त कोषमार्फत विशेष राहत प्याकेज उपलब्ध गराई उनीहरुलाई उद्यमी बनाउने छौं ।”
पहिलो चरणमा २० जना युवा युवती तथा समूहलाई जनही रु। ५० हजारका दरले नगद उपलब्ध गराई नवप्रवर्तनमा ‘स्टार्टअप’ गराईएको प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले जानकारी दिएका छन् । वैदेशिक वा स्वदेशमा नै कोभिडका कारण प्रभावित हुनुभएका वालिङका नागरिकलाई उद्यमशिलतातर्फ लाग्न अभिप्रेरित गर्ने उद्देश्यले कोष स्थापना गरी सोहीमार्फत सहयोग गर्दै जाने अधिकृत ज्ञवालीले बताए ।
कोभिड १९ का कारण बेरोजगारी समस्या बढ्दै गएकाले यसमा कमी ल्याई उनीहरुलाई उद्यमी बनाई आत्मनिर्भर बनाउन सकियोस् भन्ने हेतुले स्थापना गरिएको कोषमार्फत सहयोग गरिएको युएनडीपी नेपालका गण्डकी र लुम्बिनी प्रदेश प्रमुख सुदीप अर्यालले बताए ।
वालिङ नगरपालिका क्षेत्रभित्र रहेका कोभिड १९ प्रभावित तथा बेरोजगारलाई उद्यमशिल बनाई रोजगारका अवसर सिर्जना गरेर आर्थिक उन्नति गराउने, सानो पूँजीको परिचालनबाट आर्थिक उपार्जनतर्फ अगाडि बढाउने, उत्पादन र उत्पादकत्व बढाउनका लागि उत्प्रेरणा जगाउने, युवाहरु, सीमान्तकृत, कोभिड १९ का कारण रोजगारी गुमाएका तथा न्यूनआय भएका व्यक्तिहरुको जीवनमा परिवर्तन ल्याउने, राम्रो सोँचलाई व्यवसायिकतातर्फ उन्मुख गराउने, दीगो आर्थिक समृद्धिका लागि अग्रसर बनाउने, थोरै सहयोगमार्फत काम गरे सहयोग प्राप्त हुन्छ भन्ने
वातावरण बनाउने, कोषमार्फत अनुदान तथा सहयोगका कार्यक्रम सञ्चालन गर्ने गरी उद्देश्य निर्धारण गरिएको अर्यालको भनाई छ ।
विशेष गरी उत्पादन तथा नवप्रवर्तनका सोँच राखेका युवायुवतीहरुलाई उक्त कोषमार्फत अनुदान उपलब्ध गराएको दियालो संस्थाका अध्यक्ष कविता तिवारीले बताइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थतन्त्रका सबल सूचकका जगमा कमजोर क्षेत्रहरु सुधार्न अर्थमन्त्रीको निर्देशन
कात्तिक २७, २०८१ मंगलबार
महालेखाले बुझायो आन्तरिक लेखा परीक्षण प्रतिवेदन
कात्तिक २७, २०८१ मंगलबार
लेखापरीक्षण: संघीय र प्रदेश सरकारको गरी साढे २१ अर्ब बेरुजु, पेश्की मात्र १० अर्ब ४५ करोड
कात्तिक २६, २०८१ सोमबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार