अत्यधिक चिसो बढेपछि विद्यालय तीन दिन बन्द
नेपालबहस संवाददाता
माघ १८, २०७७ सोमबार ३:५७:३८
१८ माघ, नेपालगञ्ज । अत्यधिक चिसो बढेपछि यहाँका विद्यालय तीन दिन बन्द गरिने भएका छन् । नेपालगञ्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकूद महाशाखाका अनुसार नगरमा सञ्चालित सामुदायिक, संस्थागत र धार्मिक विद्यालय सोमबारदेखि यही माघ २१ गतेसम्मका लागि बन्द गरिएको छ ।
महाशाखा प्रमुख गोर्खबहादुर थापाले मौसम अनुकूल भई घाम लागेमा यही माघ २२ गतेदेखि विद्यालय सञ्चालन गर्ने तर अवस्था यस्तै रहे आगामी आइतबारदेखि मात्र विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको बताए ।
यसैगरी बाँकेको कोहलपुर नगरपालिकाले पनि सोमबारदेखि यही माघ २१ गतेसम्म नगर क्षेत्रका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ । पश्चिम नेपालको नेपालगञ्जमा झण्डै एक सातादेखि चिसो अत्यधिक बढेको महसुस गरिएको छ ।
यस्तै यहाँको भेरी अस्पतालमा उपचाररत एक वृद्धको कोरोनाबाट मृत्यु भएको छ । कैलालीका ८३ वर्षीय वृद्धको आज सो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका फोकलपर्सन तेज वलीले जानकारी दिए । योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचारका लागि आएका ८७ जना कोरोना सङ्क्रमितको मृत्यु भइसकेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द
मंसिर ११, २०८१ मंगलबार
धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द
मंसिर ९, २०८१ आइतबार
विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती
मंसिर ९, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्रीले बोलाए मन्त्री र सचिवहरुको संयुक्त बैठक
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
एकै पटक तीन पुरी खाएका बालकको तत्कालै मृत्यु, भयो हंगामा !
मंसिर १२, २०८१ बुधबार
दुई दिन लगातार घटेको सुनको मूल्य बढ्यो
मंसिर १२, २०८१ बुधबार
मेक्सिकोको ट्रम्पलाई चेतावनी, ‘हाम्रो समानमा थप कर लगाए, बदला लिन्छौ'
मंसिर १२, २०८१ बुधबार