‘घुमौँ सौराहा’ अभियानले बढे पर्यटक
नेपालबहस संवाददाता
माघ १९, २०७७ सोमबार १६:४७:४८
१९ माघ,चितवन । कोभिड–१९ को सङ्क्रमणका कारण सुस्ताएको पर्यटन व्यवसाय अङ्ग्रेजी नयाँ वर्षसँगै सौराहामा आन्तरिक पर्यटक क्रमशः बढ्दो क्रममा रहेका छन् ।
व्यवसायीले अङ्ग्रेजी नयाँ वर्ष अघि ‘घुमौँ सौराहा’ अभियान गरेका थिए । त्यतिबेला उनीहरूले प्रदेश नं २ र ३ का मुख्य शहरी क्षेत्रमा पुगेर अभियान चलाएका थिए । व्यवसायीले विराटनगर, धरान, जनकपुरलगायत पूर्वी नेपालका मुख्यमुख्य शहरमा कार्यक्रम गरेका थिए । ती कार्यक्रममा नेपाल सरकारको पर्यटन बोर्ड र स्थानीय तहहरूको सहयोग रहेको थियो ।
कोभिड–१९ सङ्क्रमणपछि ठप्प रहेका सबै होटलहरु अहिले खुल्न थालेका छन् । व्यवसायीमा पनि उत्साह थपिएको छ । सौराहमा पछिल्ला दिनहरूमा आन्तरिक पर्यटकको निकै राम्रो उपस्थिति रहेको देखिन्छ । बिदाका दिनमा अझ धेरै भीडभाड हुने गर्दछ । ‘घुमौँ सौराहा’अभियान सौराहाका लागि महत्वपूर्ण बनेको देखिन्छ ।
सौराहामा अहिले होटल रेष्टुराँले आन्तरिक पर्यटकलाई २० देखि ४० प्रतिशत छुट दिँदै आएका छन् । चितवन राष्ट्रिय निकुञ्जमा वन, वनस्पति र वन्यजन्तु अवलोकनका लागि यहाँ पर्यटक आउने गर्दछन् । दुर्लभ एकसिङ्गे गैँडा, बाघ, घडियाल गोही यहाँका मुख्य आकर्षक हुन् । यहाँ हात्ती सयर, डुङ्गा सयर, जीप सफारी, पैदलयात्रामार्फत निकुञ्ज र मध्यवर्ती क्षेत्र भ्रमण गराइने गरिन्छ । सौराहामा ठूला साना १४० होटल छन् भने करिब ५० रेष्टुराँ सञ्चालनमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंको ‘शान्तिधाम’मा आन्तरिक र बाह्य पर्यटक बढ्दै
मंसिर ९, २०८१ आइतबार
चितवन राष्ट्रिय निकुञ्जमा आउने पर्यटक घटे
मंसिर ९, २०८१ आइतबार
गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे
मंसिर ८, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार