माघ २० गते बोलकबोलमार्फत् राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्री गर्दै
नेपालबहस संवाददाता
माघ १९, २०७७ सोमबार १६:४७:५२
१९ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ ।
बैंकले ६ वर्ष अवधिको विकास ऋणपत्र २०८३ ‘ग’ नामको ऋणपत्र बिक्री गर्न लागेको हो । उक्त ऋणपत्रको व्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ ।
यसैगरी, उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्था,गैर-बैंक वित्तीय संस्था, बीमा कम्पनी,संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । यो ऋणपत्र धितो राखी कर्जा लिनरदिन पाइनेछ । उक्त ऋणपत्रको बोलकबोल माघ २० गते मंगलबार अपरान्ह ३ बजेसम्म हुनेछ । माघ २१ गते निष्कासन भएर उक्त ऋणपत्रको साँवा २०८३ साल माघ २१ गते भुक्तानी हुनेछ ।
त्यस्तै, इच्छुक खरीदकर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धी खरीदकर्तालाई निष्काशित रकमको ८५ प्रतिशत अर्थात् ८ अर्ब ५ करोड रुपैयाँ र अप्रतिस्पर्धीका लागि १५ प्रतिशत अर्थात् १ अर्ब ५ करोड रूपैयाँ छुट्याइएको छ ।
विकास ऋणपत्रको बारेमा अन्य विवरण यस प्रकारको छः
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
पुष ३, २०८१ बुधबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार