एकलौटीरुपमा नगरसभा गरेको उपप्रमुखको आरोप
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_q7JcPhruJc.jpeg
)
नेपालबहस संवाददाता
माघ १९, २०७७ सोमबार १७:४५:३९
![](https://nepalbahas.prixacdn.net/media/albums/IMG_20200419_154328_gKEcJrMYIG.jpg)
१९ माघ,रौतहट । राजदेवी नगरपालिकाका उपप्रमुख अंशुु सिंहले नगर प्रमुख धीरेन्द्र सिंहले एकलौटीरुपमा नगरसभा गरेको आरोप लगाएकी छिन् ।
आफूसँग कुुनै छलफल नै नगरी भ्रष्टाचार गर्ने मनस्थितिले प्रमुख सिंहले एकलौटीरुपमा बन्द कोठाभित्र नगरसभा गरेको उनले बताएकी हुन ।
राजदेवी नगरपालिकाको पाँचौँ नगरसभा शनिबार नगरपालिकाको कार्यालयभित्र बन्द कोठामा सम्पन्न भएको थियो । खुुला ठाउँमा पारदर्शी ढङ्गले नगरसभा गर्न आफूले पटकपटक आग्रह गर्दा पनि आफनो कुरालाई अटेरी गर्दै प्रमुख सिंहले बन्द कोठाभित्र नगरसभा गरेको उनको भनाई छ ।
एकलौटीरुपमा कार्यपालिका सदस्यलाई बोलाएर प्रमुख सिंहले बैठक गरेको र आफूखुुशी नीति तथा कार्यक्रममाथि छलफल गरी घरघरमा पुुगेर हस्ताक्षर गराएकोे बताउँदै उनले गत आर्थिक वर्षको बजेट तथा कार्यक्रममाथि कुुनै छलफल नभएको र आफूसँग कुुनै छलफल नगरी नगरप्रमुखले एकलौटीरुपमा आफ्नो खुुशी योजना ल्याएर नगरसभाबाट जबर्जस्ती पास गराएको आरोप लगाएकी हुन ।
नगरसभामा गएर आफुूले आफ्ना कुुरा राख्न चाहेको भए पनि प्रमुखले आफूलाई प्रवेशसमेत गर्न नदिएको उनको भनाई छ । त्यस्तै स्थानीय सरकार सञ्चालन गर्न बनेको ऐन, नीति तथा कानूनविपरीत आफूलाई बाइपास गरी नगरसभा गरेकोमा आपत्ति पनि जनाएकी छिन् ।
नगरप्रमुख सिंहले भने नीति तथा कार्यक्रमबारे छलफल गर्न कार्यपालिका बैठकमा उपप्रमुखलाई बोलाउँदा नआएको बताएका छन् । आफूले सबै कार्यपालिका सदस्यको सहमतिमा नै नीति तथा योजना ल्याई नगरसभा गरेको उनको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकार्यसम्पादनमा सुदूरपश्चिम उत्कृष्ट, मधेस सबैभन्दा कमजोर
फागुन २, २०८१ शुक्रबार
शिक्षकको अभाव टार्न प्रदेश स्वयंसेवक शिक्षक परिचालन गर्दै मधेस सरकार
फागुन २, २०८१ शुक्रबार
वन्यजन्तुको बसाइ गाउँबस्ती नजिक, स्थानीय जनता प्रभावित
माघ २८, २०८१ सोमबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार