स्व पिताको स्मृतिमा जग्गादान
नेपालबहस संवाददाता
माघ १९, २०७७ सोमबार १७:५४:३०
१९ माघ,महोत्तरी । महोत्तरीको भङ्गाहा नगरपालिका–३ का दुई दाजुभाईले स्व पिताको स्मृति चीरस्थायी राख्न स्वास्थ्यचौकी र नगर वडा भवन निर्माणका लागि पाँच कट्ठा जग्गा दान गरेका छन् ।
आफ्ना स्व पिता महेश्वर साहको स्मृतिमा देवेन्द्र साह र रामनरेश साहले भङ्गाहा–३ मा स्वास्थ्यचौकी र वडा कार्यालय भवन निर्माणका लागि रु २५ लाख मूल्य पर्ने पाँच कट्ठा जग्गा भङ्गाहा नगरपालिकालाई निःशुल्क उपलब्ध गराएका हुन ।
जग्गाकै अभावमा स्वास्थ्यचौकी र वडा कार्यालय भवन निर्माणको काम अघि बढ्न नसकेको बेला साह दाजुभाइले जग्गा दान गरेका हुन । अतिविपन्न मुसहर, बाँतर, खत्वे र मुस्लिम जाति समुदायको सघन बसोबास रहेको आफ्नो ठाउँमा स्वास्थ्य सेवाको पहुँच बढ्ने आशले जग्गादान गरिएको देवेन्द्र साहले बताएका छन् ।
त्यसैगरी नगरको वडा कार्यालय पनि सोही दान गरिएको कित्ताभित्र कै जग्गामा निर्माण गरिने भङ्गाहा नगरपालिकाले जनाएको छ । दुवै भवन निर्माण कार्यको शिलान्यास भइसकेको र एक वर्षभित्र सम्पन्न हुने नगरप्रमुख सञ्जीवकुमार साहले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअब हिंसाका तथ्याङ्क र घटना कम गर्न आवश्यक छ : महानगर प्रमुख महर्जन
मंसिर १०, २०८१ सोमबार
लोप हुन थालेको ‘बुट्टेनली’ संरक्षणको प्रयास
मंसिर १०, २०८१ सोमबार
मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने शहरबीच भगिनी सम्बन्ध
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार