प्रचण्डविरूद्ध सर्वोच्च अदालतमा अपहेलना मुद्दा दर्ता
नेपालबहस संवाददाता
माघ १९, २०७७ सोमबार १७:४८:५०
१९ माघ, काठमाडौं । नेकपा कम्युनिष्ट पार्टी नेकपाको दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरूद्ध सर्वोच्च अदालतमा अपहेलना मुद्दा दर्ता भएको छ ।
अधिवक्ता समीर हायूले दाहालविरुद्ध अपहेलना मुद्दा दर्ता गरेका हुन् । मुद्दाको पेसी मंगलबारलाई तोकिएको छ । दाहालले अदालत र न्यायाधीशहरूलाई पटक–पटक धम्कीपूर्ण अभिव्यक्ति दिएको निवेदनमा दाबी गरिएको छ ।
यसअघि प्रधानमन्त्री केपी ओली, पूर्वसभामुख दमननाथ ढुंगाना र चार पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा, मीनवहादुर रायमाझी, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अवहेलना मुद्दा दर्ता भएको थियो ।
उक्त मुद्दामा विपक्षी सबैलाई लिखित जवाफसहित सात दिनभित्र उपस्थित हुन अदालतले आदेश दिइसकेको छ । ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको सुनुवाईका लागि जुटेको सर्वाेच्च अदालतलाई प्रभावित पार्न सकृय भएको आरोप धेरैलाई लागेको छ ।
यसै श्रृखलामा आजबाट अर्का राजनीतिक व्यक्तिको नामसमेत यस्तै सूचिमा चढेको छ । अर्थात आज सर्वाेच्च अदालतमा नेकपा अध्यक्षसमेत रहेका पूर्व प्रधानमन्त्री प्रचण्डमाथिसमेत यस्तै आरोप लगाइएको छ । अधिवक्ता समिर हायुले आज प्रचण्डविरुद्ध मुद्धा दायर गरेका हुन् । यो मुद्धाको पेशी भोलिका लागि तोकिएको छ ।
अधिवक्ता हायुले प्रचण्डका अभिव्यक्तिले सर्वाेच्च अदालतका न्यायमूर्तिहरुलाई धम्क्याउन खोजेको र त्यसले न्याय सम्पादनमा प्रभाव पर्ने सम्भावना देखिएको भन्दै उनीमाथि मानहानीको मुद्धा दर्ता गरेको बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेता शेखर कोइरालाको प्रश्न: नागरिक बगेको घट्नाले राज्यलाई अलिकति पनि छोएन ?
असोज १२, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
गृहमन्त्रीले बोलाए केन्द्रिय सुरक्षा समितको बैठक
असोज १२, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार