जीर्णोद्वार नहुँदा साझा धार्मिकस्थल मासिने अवस्थामा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_q7JcPhruJc.jpeg
)
नेपालबहस संवाददाता
माघ १९, २०७७ सोमबार १८:१२:३५
![](https://nepalbahas.prixacdn.net/media/albums/images_gOczQIBA5Q.jpg)
१९ माघ,पाँचथर । जीर्णोद्वार नहुँदा पाँचथरको फिदिम नगरपालिका र फालेलुङ गाउँपालिकाको सिमानामा अवस्थित साझा धार्मिकस्थल ‘बुढीथाम’ को पहिचान मासिने अवस्थामा पुगेको छ ।
फिदिम नगरपालिका– १२ र १३ तथा फालेलुङ गाउँपालिका– ६ को सीमामा अवस्थित बुढीथाम मन्दिर भत्किएको वर्षौं भइसक्दासमेत जीर्णोद्वार नहुँदा मन्दिरको अस्तित्व नै सङ्कटमा परेको हो । दुई स्थानीय तहको सिमानामा पर्नाले बुढीथाम मन्दिरको संरक्षण र जीर्णोद्वारमा स्थानीय सरकारको प्रयाप्त चासो पुगेको छैन । संरक्षणमा सक्रिय हुनुपर्ने स्थानीय सरकार सहकार्यको अभाव तथा परम्परागतरुपमा मन्दिरको मर्मत र रेखदेख गर्ने स्थानीयवासीलेसमेत प्रयाप्त चासो नदिँदा भत्किएको मन्दिरको जीर्णोद्वार हुन नसकेको हो । यो मन्दिर हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको साझा धार्मिकस्थलका रुपमा रहेको छ ।
मन्दिरमै आधारित संरचनामा करोडौँ लगानी उठेन ढलेको मन्दिर
बुढीथाम पुग्न फालेलुङ गाउँपालिका–६ तालखर्कबाट थुम्का–थुम्का परेको डाँडातर्फ जङ्गलै–जङ्गल सिंढी मार्ग बनाइएको । हरियो झारले बेरिएका रुखको सुन्दरताभित्र झण्डै एक हजार ७०० मिटर लामो सिंढीमार्गले यो ठाउँ निकै आकर्षक देखिन्छ । ढलान नगरिएको सिंढीमार्गमा आकर्षक ढङ्गले ढुङ्गा बिछ्याएका छन् । सिंढीमार्ग टुङ्गिएपछि गोरेटो बाटो हुँदै बुढीथाम मन्दिर रहेको स्थानमा पुगिन्छ । यो सिंढीमार्गको पल्लोपट्टि फिदिम नगरपालिका–१३ बाघखोर भञ्ज्याङबाट पनि ढलान सहितको सिंढीमार्ग निर्माण थालिएको छ । मन्दिर रहेको डाँडाको शीरमा समथर परेको स्थानमा दृष्यावलोकन खम्बा भ्यू–टावर निर्माण भइरहेको छ । भ्यू–टावरको एक तला ढलान भइसकेको छ ।
यतिका संरचना निर्माण भइरहे पनि निर्माणाधीन भ्यू–टावरको अघिल्तिर लथालिङ्ग अवस्थामा रहेको मन्दिर र मन्दिरको कुण्ड बेवारिसे छ । बुढीथाममा सहायक संरचनाका लागि लाखौँ लगानी भए पनि मुख्य संरचना भग्नावशेषमा परिणत हुन लागेको हो ।
सरकारी निकायले मन्दिर लक्षित सहायक संरचना निर्माणमा लाखौँ रुपैयाँ लगानी गरिसकेका छन् । तर सिमानामा परेका कारण जीर्णोद्वार र संरक्षण नहुँदा धार्मिक महत्व बोकेको बुढीथाम पहिचान मेटिने अवस्थामा पुगेको हो । जीर्णोद्वार र संरक्षण गर्ने विषयमा दुई स्थानीय तहबीच प्रभावकारी समन्वय नहुँदा यस्तो अवस्थामा पुगेको स्थानीयवासी बताउँछन् ।
विगतमा यहाँ धार्मिक अनुष्ठान हुँदै आएकामा पछिल्लो समय त्यस्ता गतिविधि नभएपछि यो स्थानको धार्मिक, ऐतिहासिक तथा पुरातात्विक पहिचान मेटिने अवस्था आएको हो । विसं २०७२ को भूकम्पले भत्किएको मन्दिरको संरचना त्यसपछि संरक्षण र जीर्णोद्वार नहुँदा लथालिङ्ग अवस्थामा पुगेको फालेलुङ गाउँ कार्यपालिकाका सदस्य पनिता राईको भनाइ छ ।
जीर्णोद्वार र संरक्षणको अभावले मन्दिरका संरचना मासिने र मन्दिरको धार्मिक महत्वसमेत ओझेलमा पर्दै जाने स्थानीयवासीको चिन्ता छ ।
संरचना निर्माणमा विवाद
फालेलुङ–६ की तारावती राईका अनुसार फालेलुङ र फिदिमको सिमानामा परेकाले संरचना निर्माणमा विवाद भएको थियो । तर निर्माण उपभोक्ता समितिमा दुवैतर्फबाट प्रतिनिधित्व गराई संरचना निर्माण थालियो । अन्य संरचना निर्माणको कामले गति लिए पनि मन्दिरमा ध्यान नपुगेको उनको गुनासो छ । “अलपत्र अवस्थामा पुगेको संरचनाको जीर्णोद्वार र संरक्षणका लागि अब माथिल्ला सरकारले अनुगमन र बजेट विनियोजन गर्नुपर्छ”, राईले भनीन्, “बुढीथाम आफैँमा रमणीय त छ नै यसको धार्मिक महत्वसमेत विशिष्ट छ ।” मन्दिरको जीर्णोद्वारमा प्रभावकारी पहल हुन नसकेको राईको भनाइ छ । फालेलुङ–६ तालखर्कका कमल गुरुङ बुढीथामलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य राखेर काम गर्दै आए पनि पुराना संरचनाको जीर्णोद्वार र संरक्षण गर्न समस्या भएको बताछन् ।
फालेलुङ–६ का वडाध्यक्ष सुजाता बान्तवा यहाँ संरचना निर्माणका लागि उपभोक्ता समिति गठनका क्रममा क्षेत्रगत विवाद हुने गरेको बताउछन् । “धेरै मेहनत गरेर सहजीकरण गरी दुवै स्थानीय तहबाट निर्माणका काम अगाडि बढाएका छौँ”, वडाध्यक्ष बान्तवाले भनीन्, “फालेलुङ–६ ले सबैभन्दा बढी महत्व दिएर काम गर्दै आएको छ । यद्यपि मन्दिरको जीर्णोद्वार नहुँदा अस्तित्व नै सङ्कटमा पर्ने र पहिचान मासिने हो कि भन्ने लागेको छ ।” डाँडासम्म निर्माण सामग्री पु¥याउन ढुवानीको समस्याले भ्यू–टारसहितका संरचना निर्माण कार्यले गति लिन सकेको छैन । सिंढी निर्माणमा करीब रु १५ लाख तथा टावर निर्माणमा करीब रु १८ लाख खर्च भइसकेको छ । विगतमै प्रख्यात भएको ठाउँको प्रवद्र्धनले धार्मिक पर्यटन विकासमा धेरै काम हुनसक्ने विश्वास राखिएको र मन्दिरको मर्मत नै मुख्य कुरा आवश्यकता रहेको वडाध्यक्ष बान्तवा बताउछीन् ।
बहुधार्मिक गन्तव्य
फालेलुङ–६ का कमल गुरुङका अनुसार सेतै फूलेकी एक बूढी महिला सिक्का सुकाएर बसेको अवस्थामा भेडा गोठालाले देखेको किंवदन्तीका आधारमा यस स्थानको नाम बुढीथाम रहन गएको हो । यद्यपि अहिले यस स्थानलाई बुढीथान र बुढीधामसमेत भन्ने गरिएको छ । विगतमा यहाँ दुई वटा पोखरी रहेको स्थानीयवासी विश्वास गर्ने गर्छन् । घना जङ्गल रहेको यस स्थानमा विगतमा अजिङ्गरसमेत देखिने गरेकाले प्रत्येक वर्ष उधौलीको समयमा यहाँ पूजापाठ गर्ने गरिएको थियो । यहाँ राई, लिम्बू, गुरुङ, ब्राह्मण, क्षेत्रीलगायत जातजातिले समान आस्था र विश्वासले पूजा पाठ गर्ने गरेका छन् । यस स्थानमा महागुरु फाल्गुनन्दले तपस्या गरेको तथा यो स्थानमा भगवान्को बास रहेको भनि सन्देश दिएको स्थानीयवासी बताउँछन् । फालेलुङ–६ का ठिमकुमार गुरुङ बुढीथामलाई सबै धर्मावलम्बीले समान आस्था र विश्वास गर्ने हुँदा यसलाई नमूना धार्मिक गन्तब्यको रुपमा विकास गर्नसके राम्रो सन्देश प्रवाह हुनसक्ने बताउछन् ।
“सबैले समान आस्था राख्ने विरलै स्थानमध्येमा बुढीथामसमेत रहेकाले यसलाई माथिल्ला सरकारले विशेष ध्यान दिनुपर्छ”, गुरुङले भने । जीर्ण मन्दिरभित्र गाई आकृतिको ढुङ्गा छ । फिदिम–१३ का स्थायी बासिन्दासमेत रहेका जिल्ला समन्वय समिति पाँचथरका उपप्रमुख डिल्लीराम दुलालका अनुसार विभिन्न किंबदन्तीमा कुनै भगवान्ले उक्त ढुङ्गा छेलो हानेको विश्वास गर्ने गरिएको छ ।
ढुङ्गालाई मानिसले गाईका अतिरिक्त अन्य आकृतिमा समेत देख्ने हुँदा यसलाई विशिष्ट धार्मिक गन्तब्य मान्ने गरिएको छ । मन्दिरको जीर्णोद्वार गरी प्रचारप्रसार गर्नसके धेरै सङ्ख्यामा पर्यटक भित्रने उपप्रमुख दुलालको भनाइ छ । निर्माणाधीन संरचना तथा अन्य आवश्यकीय संरचना निर्माणमा सबै तहले सहकार्य गर्नुपर्नेमा उपप्रमुख दुलालको जोड छ । यहाँ भ्यू–टावर निर्माणपछि पाँचथरका उत्तरी भेगसहित इलाम र ताप्लेजुङका धेरै स्थान तथा हिमश्रृङ्खला अवलोकन गर्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेवघाटमा एक महिनासम्म सञ्चालित महामहोत्सव सम्पन्न
फागुन १, २०८१ बिहिबार
आठौँ शताब्दी पुरानो माधवनारायण मेला एक महिनामा सम्पन्न
माघ ३०, २०८१ बुधबार
पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु
माघ २८, २०८१ सोमबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार