त्रियुगाको पानी स्वच्छ र पिउनयोग्य बन्यो
नेपालबहस संवाददाता
माघ १९, २०७७ सोमबार १८:२१:४६
१९ माघ,उदयपुर । केही वर्षअघिसम्म नदी किनार वरपर फोहरमैला जम्मा गर्ने र फोहर फाल्ने तथा मनपरी दिसा, पिसाव गर्ने कारण दुर्गन्धित हुने गरेको त्रियुगा नगरपालिकास्थित गाईघाट क्षेत्रको त्रियुगा नदी अहिले स्वच्छ बन्न पुगेको छ भने नदीको पानी पिउनयोग्यसमेत बन्न पुगेको छ ।
पाँच वर्षअघि नै नगरपालिका क्षेत्रलाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएपछि नगरपालिकाको अगुवाइमा त्रियुगा नदी सरसफाइ अभियान तीव्ररुपमा सञ्चालन गर्दै आएको र जताततै फोहर गर्ने कार्यलाई निगरानी गर्ने र रोक लगाएपछि अहिले यस नदीको पानी स्वच्छ र पिउनयोग्य बन्न पुगेको छ ।
प्रत्येक महिना पहिलो हप्ता र अन्तिम हप्ता जनप्रतिनिधिको नेतृत्वमा त्रियुगा नदी क्षेत्र आसपास सरसफाइ अभियानलाई निरन्तर जारी राखेपछि अहिले नदीको पानी ५० वर्ष अगाडिको जस्तै स्वच्छ र सफा बन्न पुगेको छ । केही वर्षअघिसम्म यस क्षेत्रका अधिकांश स्थानीय बासिन्दा नै त्रियुगा नदी आसपास किनार क्षेत्रमा जाने र फोहर गर्ने, दिसा, पिसाव गर्ने तथा गाईघाट बजार क्षेत्रका फोहर फाल्ने डम्पिङ स्थल बन्न पुग्दा त्रियुगा नदी क्षेत्र र नदीको पानी फोहर र प्रदूषित बन्न पुगेको थियो ।
अहिले त्रियुगा नगरपालिकाको सक्रियतामा प्रत्येक महिना दुईपटक नदी सरसफाइ गर्ने र यस क्षेत्रमा फोहरमैला तथा दिसा, पिसाव गर्न प्रतिबन्ध गर्ने र त्रियुगा नगरपालिकाले दैनिक अनुगमन गर्ने कार्य शुरु गरेपछि अब त्रियुगा नदी क्षेत्र स्वच्छ बन्न पुगेको र नदीको पानी स्वच्छ बनेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
मंसिर ६, २०८१ बिहिबार
पहिचान पक्षधरले कोशीमा घोषणा गरे आन्दोलन
मंसिर ३, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
सन् २०२३ मा ८५ हजार महिला तथा बालिकाको हत्या : राष्ट्रसंघ
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
सर्वोच्चको बोर्डमा कालो छ्यापेपछि बिनु यादव पक्राउ
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार