कोरोना महामारीमा कुष्ठरोगी अस्पताल आउने सङख्यामा कमी
नेपालबहस संवाददाता
माघ १९, २०७७ सोमबार १८:४५:२२
१९ माघ,ललितपुर । कुष्ठरोग रोग उपचारमा ६५ वर्ष अघिदेखि सेवा गर्दै आएको गोदावरी नगरपालिका–६ स्थित आनन्द वन अस्पतालमा कोभिड महामारीका कारण कुष्ठरोगीको सङख्यामा कमी आएको छ ।
चालू आर्थिक वर्ष २०७६÷७७ मा अस्पतालबाट सेवा लिने बिरामीको सङ्ख्या दुई हजार ४४ रहेकोमा गत आव २०७५÷७६ मा दुई हजार ९२१ रहेको जनाइएको छ । १० महिना अघि मुलुकमा फैलिएको कोरोना महामारीका कारण अस्पतालमा उपचार गराउन आउने कुष्ठरोगीको सङ्ख्यामाी कमी आएको छ ।
यसैगरी अस्पतालमा बहिरङग सेवा लिन आउने पनि आधानै घटेका छन् । यसवर्ष मात्र तीन हजार ६५० ले सो सेवा लिए भने गत आवमा छ हजार १६३ ले लिएका थिए । राष्ट्रियस्तरमा नयाँ बिरामीमा यस आवमा एक हजार ८५३ ले उपचार गरेका छन् । गत आवमा भने तीन हजार २८२ ले सेवा लिएका थिए ।
त्यसैगरी सन् २०१९ भित्र मुलुकमा दर्ता भएका कुष्ठ प्रभावितको सङ्ख्या दुई हजार ९२१, नयाँ बिरामीको सङ्ख्या तीन हजार ८४४ र १४ वर्ष मुनिका बालबालिकाको सङ्ख्या २९३ रहेको छन् ।
बाग्मती प्रदेश स्वास्थ्य सेवा विभागका अनुसार विश्वमा कुष्ठ प्रभावितको सङ्ख्या दुई लाख भन्दा बढि रहेको छ । यदि रोग बारेको भ्रम न्यूनीकरण गर्दै समयमै उपचार गरी अघि बढ्नसके कुष्ठरोगमुक्त मुलुक बनाउन सकिने छ ।
मानिसको शरीरमा कीटाणु प्रवेश गरेपछि रोग निरोधक शक्तिले कीटाणु मार्न सकेन भने कुष्ठरोग लाग्ने गर्दछ । कुष्ठरोगको कीटाणुले छाला र स्नायुमा असर गर्छ । कुष्ठरोगको शुरुआती चरणमा उपचार हुँदा क्षति नहुने र उपचारमा ढिलाइ हुँदा शरीरका विभिन्न भागमा असर पुग्न गई अङ्गभङ्ग हुने गरेको जानकारहरुको भनाइ छ ।
कुष्ठरोग एउटा सुक्ष्म कीटाणुको कारणले लाग्ने गर्छ । सो जीवाणु शरीरमा प्रवेश गरेपछि हल्का फुस्रो खालको दाग देखिन्छ । त्यो दागले तातो, चिसो र अन्य कुनै पनि आभास गराउँदैन ।
उक्त रोग लाग्दा बिरामीको आँखा र हातखुट्टाको नशालाई असर गर्छ । यसले हातखुट्टा झमझमाउने, तातो चिसो छुट्टा्याउन नसक्ने, आँखाको ढकनी बन्द गर्न नसक्ने, केही पनि समात्न नसक्ने, स्पर्श गरेको वा चोटपटक लागेको या घाउ भएको थाहा नहुने लक्षण देखिनुका साथै कसैका कानका लोती झुण्डिने र जोर्नी दुख्न थाल्ने जस्ता समस्या पनि देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलामो समय फाइल नरोक्न कर्मचारीलाई स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
मंसिर १०, २०८१ सोमबार
निःशुल्क विशेषज्ञ डाक्टरको सेवा पाउँदा दुर्गमका नागरिक खुसी
मंसिर १०, २०८१ सोमबार
राजापुरवासीले रगतकै लागि भौतारिने अवस्था हट्दै
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार