सर्वोच्च अदालत: ओलीको पक्षमा बहस सुरु
नेपालबहस संवाददाता
माघ १९, २०७७ सोमबार १८:४४:३८
१९ माघ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गर्न पाउने संवैधानिक अधिकार रहेको पक्षमा सर्वोच्च अदालतमा आजबाट बहसको थालनी भएको छ । महान्यायधिवक्ता अग्निप्रसाद खरेलले आजको बहस थाल्दै संविधानको धारा ७६ र ८५ मा भएको व्यवस्था अनुसार विघटन गर्न पाउने तर्क गरेका छन् ।
बहुमत प्राप्त सरकार प्रमुखले त्यही अवस्थामा विघटन गर्नु भनेको तत्काल अर्काे सरकार बन्ने अवस्था नरहेको भन्ने अर्थमा बुझ्नुपर्ने खरेलको तर्क रहेको छ । साथै, राष्ट्रिय अन्तराष्ट्रिय रुपमा भएका अभ्यासले समेत संसदीय प्रणाली रहेका मुलुकमा कार्यकारी प्रमुखसँग यस्तो अधिकार रहने बताए ।
उनको बहस जारी छ । हिजोसम्म रिट निवेदकका पक्षबाट प्रतिनिधिसभा पुनस्थापना हुनुपर्छ भन्ने पक्षमा बहस पैरवी भएका थिए । आजबाट भने प्रधानमन्त्रीको कदम संवैधानिक रहेको भन्दै कानून व्यवसायीहरुले बहस पैरवी गर्न थालेका हुन् ।
सरकारी वकीलहरुका तर्फबाट महान्यायधिवक्ता खरेलसहित ११ जनाले पैरवी गर्ने भएका छन् । यस्तै थप १७५ जना कानून व्यावसायीले प्रधानमन्त्रीका तर्फबाट वकालतनामा प्रस्तुत गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीय तह उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता
मंसिर २, २०८१ आइतबार
आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने
मंसिर २, २०८१ आइतबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
मंसिर २, २०८१ आइतबार
जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
मंसिर २, २०८१ आइतबार
पहिरो नियन्त्रणपछि गाउँ फर्किए विस्थापित
मंसिर २, २०८१ आइतबार
लमजुङ दरबार निर्माणकार्य ठप्प
मंसिर २, २०८१ आइतबार
देउवा दम्पती उग्रतारा मेलामा
मंसिर २, २०८१ आइतबार
आजको मौसमः कोशी र गण्डकीमा हल्का वर्षा हुने, तराई क्षेत्रमा हुस्सु
मंसिर २, २०८१ आइतबार