अब ओली मर्ने भएन भनेर नै अर्काे बाटो लागेका छन्: प्रधानमन्त्री
नेपालबहस संवाददाता
माघ १९, २०७७ सोमबार २१:४०:०
१९ माघ, जनकपुर । प्रधानमन्त्री खड्गप्रसाद ओलीको छुद्र वचन आजपनि नेपाली जनताले सुन्नुपरेको छ । ओलीले आफ्ना राजनीतिक प्रतिद्वन्द्वीप्रति गरेको छुद्र र कटुवचनले नेपाली राजनीतिको गरिमा नै धुमिल पारिदिएको छ ।
ढल्केबरस्थित विद्युत सवगृहको आज उद्घाटन गर्न पुगेका प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालप्रति ईश्र्याभावका साथ कटु र छुद्र व्यवहार दर्शाए । कार्यक्रमलाई संवोधन गर्दै प्रधानमन्त्री ओलीले भने– मैले दोस्रो पटक मृगौला फेर्दा मेरो मृत्युको कामना गर्नेहरु मेरै साथी थिए । तर म ठमठमी फर्किएर काममा सकृय भएपछि भने उनीहरुलाई भाउन्न भएर यो परिस्थिति निर्माण गरेका हुन् ।
आफ्नो मृत्युको कामना गर्ने साथीहरु भने पनि उनले नाम भने कसैको उच्चारण गरेनन् । तर ओलीले संकेत गरेको प्रचण्ड र माधव नै भएको बुझ्न कसैलाई कठिन पनि थिएन । साथीहरुलाई अलि अलि आश थियो, दोस्रो पटक किड्नी फेर्दा त पक्कै मर्नेछ, त्यसमा पनि नेपालमै फेर्ने भनेपछि त झनै हौसिएका थिए – ओलीले भने– तर अप्रेशन गरेको १० दिनमै फर्केर काममा लागेपछि मात्रै अर्काे परिस्थिति बन्यो । अब ओली मर्ने भएन भनेर नै अर्काे बाटो लागेका छन् ।
त्यसैले आफू देश र जनताको लागि मात्रै संघर्ष गरिरहेको छु – प्रधानमन्त्री ओलीले दाबी गरे । आउने बैशाख १७ गते हुने निर्वाचनमा प्रदेश नं. २ बाट आफूलाई प्रचण्ड मत दिनसमेत उनले आह्वान गरे ।
ओलीको यो छुद्रताप्रति सम्बद्ध नेताहरुले कस्तो प्रतिक्रिया दिने हुन् त्यो भने हेर्न बाँकी नै छ । आज प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले ओलीलाई पार्टी सदस्यबाट निष्काशन गर्ने भनी यसअघि गरेको निर्णय अनुमोदन गर्दैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपार्टीभित्र गुटबन्दी अन्त्य नभए कांग्रेस खुम्चिँदै जान्छः महामन्त्री थापा
मंसिर १, २०८१ शनिबार
राजनीतिक स्थायित्व र सुशासनका लागि नयाँ आन्दोलनको विकल्प छैन : अध्यक्ष प्रचण्ड
मंसिर १, २०८१ शनिबार
उपनिर्वाचनका लागि भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने
मंसिर १, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
लायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
तीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
पार्टीभित्र गुटबन्दी अन्त्य नभए कांग्रेस खुम्चिँदै जान्छः महामन्त्री थापा
मंसिर १, २०८१ शनिबार
डिग्रे मन्दिरमा एक लाख बढी दर्शनार्थीले पुजापाठ गरे
मंसिर १, २०८१ शनिबार
राजनीतिक स्थायित्व र सुशासनका लागि नयाँ आन्दोलनको विकल्प छैन : अध्यक्ष प्रचण्ड
मंसिर १, २०८१ शनिबार
पहिलो चौमासिकमा करिब १० प्रतिशत मात्रै विकास खर्च
मंसिर १, २०८१ शनिबार