दुई दिनको गिरावटपछि बजारमा फेरि उछाल, अब के हुन्छ ?
नेपालबहस संवाददाता
माघ १९, २०७७ मंगलबार ०:२:५१
१९ माघ, काठमाडौं । आज बजार ३७ दशमलव ७० अंकले बढ्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से) २४०८ विन्दुमा पुगेर बन्द भएको छ । हिजो ५४ दशमलव ७५ अंकको गिरावट देखिएको शेयरजारमा आज भने उछाल आएको छ । यस्तै सेन्सेटिभ परिसूचक ४.९५ अङ्कले बढेर ४३७.२८ मा पुगेको छ ।
स्टकका अनुसार २०३ कम्पनीका एक करोड ३३ लाख ११ हजार ९४२ कित्ता शेयर रु छ अर्ब ९७ करोड २९ लाख ३६ हजार ५२९ मा खरिद बिक्री भए । आजको कारोबारपछि कूल बजार पूँजीकरण रु ३२ खर्ब ४३ अर्ब ७८ करोड ७५ लाख ४० हजार बराबर पुगेको छ । बजारमा आज १ दशमलव ५९ प्रतिशत वृद्धि आउँदा लघुवित्त र म्युचुअल फण्ड बाहेक १० उपसुचकमा सकारात्मक वृद्धि देखिएको छ ।
आज कमाउने १० कम्पनीहरु :
आज सेञ्चुरी कमर्सियल बैंक र प्रोगेसिभ फाइनान्सको शेयरमूल्य १० प्रतिशतले बढ्दै क्रमश २५३ र १६५ मा अन्तिम कारोबार भएर आजको बजार बन्द भएको छ । यस्तै पोखरा फाइनान्स २७६, प्रभु लाइफ ८४०, माउन्टेन इनर्जी नेपाल ५८८, सोल्टी होटल २२२, तारागाँउ होटल, बेष्ट फाइनान्स, सिन्धु विकास बैंक र सेन्ट्रल फाइनान्सको शेयरमुल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।
आज गुमाउने १० कम्पनीहरु :
आज समग्र बजार बढेपनि लघुवित्त वित्तीय संस्थाका शेयरधनीले धेरै गुमाएका छन् । कालिका माइक्रोक्रेडिट डेभपलमेन्ट बैंक शेयरमूल्य ९६ स्पैयाँले घटेको छ । गुराँस लघुवित्त, सारथि नेपाल, सामुदायिक लघुवित्त, मिर्मिरे माइक्रोफाइनान्स, स्वरोजगार लघुवित्त, गोर्खा फाइनान्स, साधना लघुवित्त, सिभिल र मिथिला लघुवित्त लगायतको शेयर धनीले भने दुई देखि सात प्रतिशतसम्म गुमाएका छन् ।
आज धेरै कारोबार भएको कम्पनीहरु :
आजनेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ५८ करोड ३३ लाख ७७ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, नेशनल लाइफ इन्स्योरेन्सको २९ करोड ९९ लाख आठ हजार, नेपाल लाइफको २७ करोड ३८ लाख ५५ हजार, सेञ्चुरी कमर्सियल बैंकको २६ करोड ९८ लाख ८७ हजार रुपैयाँ बराबरको शेयर शेयर खरिदबिक्री भएको छ । त्यस्तै शिखर इन्स्योरेन्स, एनआइसी एशिया, प्रभु बैंक, ग्लोबल आइएमई बैंक, सिभिल बैंक तथा नेपाल टेलिकमको उच्च शेयर कारोबार भएको छ ।
आज लघुवित्त र म्युचुअल फण्ड बाहेक सबै उपसमूहका परिसूचक सकारात्मक देखिएका छन् । लघुवित्त उपसमूहको परिसूचक २७.८१ प्रतिशत घटेकाे छ । सामूहिक लगानी कोषको एकाइ भने तटस्थ देखिएको छ । लगानीकताहरुको आकर्षण होटल उपसमुहमा देखिएको छ । होटल उपसमुहका सूचक सबै भन्दा धेरै ८.७६ प्रतिशतले बढेको छ । फाइनान्स उपसमुहको सूचक ३.५९ प्रतिशतले उकालो लागेको छ । बैंकिङ २०.०४, व्यापार ४९.४९, होटल १७५.०६, विकास बैंक ५३.३२, जलविद्युत् ३३.६, वित्त ३९.५५, निर्जीवन बीमा १२४.६६, उत्पादन १२०.३७, अन्य ५४.०८ र जीवन बीमा ३७९.११ अङ्कले बढेकाे छ ।
दुई दिनको गिरावट पछि बजारमा फेरि उछाल
गत हप्ताको अन्तिम कारोबार र यस हप्ताको शुरुको कारोबार पछि आज बजारमा उछाल आएको छ । उछाल आउनुको कारण भने बजार विश्लेकहरु पिछे नै फरक–फरक रहेको छ । एकाथरीको भनाइमा स्वतन्त्र बजारमा कहिले कारोबार बढ्नु वा घट्नु सामान्य विषय हो ।
ब्रोकर एशोशिएसनका अध्यक्ष सन्तोष मैनालीका अनुसार ‘बजार बढ्नुको खास कारण यही हो भन्न सक्ने अवस्था छैन । तर, मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा पनि अउने बेला भएको छ । त्यस्तै हिजो नै नेपाल धितोपत्र बोर्डले विज्ञप्ति जारी गर्दै टी प्लस टु को कार्यान्वयन तथा मार्जिन रकम भुक्तानी सम्बन्धमा आम लगानी कर्तालाई स्पष्ट पारेको छ ।’ लगानी कर्ताले नियामक निकायले बेला बेलामा जारी गर्ने यस्ता विज्ञप्ति र सुचनाहरु हेरिरहेका हुन्छन् जसको प्रभाव बजारमा पर्न जान्छ । आजको बजार बढ्नुमा यो पनि एउटा कारण बनेको छ ।
त्यसै गरी नेपाल राष्ट्र बैंकले विकास बैंक तथा फाइनान्स कम्पनीलाई दाेस्राे बजारमा लघुवित्तकाे शेयर कारोबारमा रोक लगाउने गरि पत्र काटेको समाचार केही समाचारमाध्यममा आएपछि शेयर बजारमा गिरावट देखिएको थियो । तर, राष्ट्र बैंकले स्वतन्त्र बजारलाई हस्तक्षेप गर्ने खालको कुनै सुचना तथा विज्ञप्ति भने जारी नगरेको बैंकका प्रवक्ता गुणाकर भट्टले नेपालबहस सँगको कुराकानीमा बताए । उनले भने ‘समाचार माध्याममा आएजस्तो नेपाल राष्ट्र बैंकले कुनै पनि बैंक तथा फाइनान्सलाई दोस्रो बजारमा लगानी गर्न बन्द गुर्न भन्ने आशयको पत्र काटिएको छैन । यो केवल केही संचार माध्यामको हल्ला मात्र हो ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
कविता : मनको बाघ
मंसिर १६, २०८१ आइतबार
वेडिङ फोटो अवार्डको लागि आवेदन खुल्ला, कसरी हुने सहभागी ?
मंसिर १६, २०८१ आइतबार
निर्वाचन आयोग भन्छ, उपनिर्वाचनमा ६२ प्रतिशतमाथि मत खस्यो, आजबाटै गणना सुरु हुन्छ
मंसिर १६, २०८१ आइतबार
प्रयाग अहमदको अध्यक्षतामा मदर्सा बरकतुल उलुमको नयाँ कार्यसमिति चयन
मंसिर १६, २०८१ आइतबार
सरेको सरै भयो भाटभटेनीका सञ्चालक गुरुङले एमालेलाई दान दिएको जग्गा विवादविरुद्धको रिट
मंसिर १६, २०८१ आइतबार