डा. शेखर कोईरालाको नेतृत्वमा तेश्रो जनआन्दोलनमा जुटौं
नेपालबहस संवाददाता
माघ २०, २०७७ मंगलबार २२:५७:५
२० माघ, काठमाडौं । राजनीतिक विचार र सिद्धान्तलाई रद्दीको टोकरीमा मिल्क्याएर फगत पचाउनै नसक्ने नुन नलागेको खल्लो गाली गलौचमा उत्रिएका, जनताले ३० बर्षसम्म संगत गर्दा पनि राम्ररी बेलैमा चिन्न नसकेका, देशलाई चोरी खाने अखडा बनाउँदै राष्ट्रिय ढुकुटीमा छिद्र बनाई पसेका, दुलाबाट हात हाल्दा केही भेटिहाल्छ कि भनेर पासो थापेर बसेका, चोर्न पाइएन भन्दै चोरहरुको बारात लिएर सडकमा निस्किएका, इज्जत भन्ने कुराको लगौटी बीच सडकमै खुस्किएका, नागरिकले चोर्न पाइदैन भनेर खबरदारी गर्दा समेत चोर्न पाइदैन कि भनेर बिच्किनेहरूबाट सावधान बनाैं ।
त्यसैगरी सधैं राज्यकोषको चरम दोहन र दुरुपयोग गर्दै लावा लस्कर लिएर मात्रै बालुवाटार र शितलनिवासबाट निस्किने, तिसौं बर्षसम्म जनताको साथ र संगत पाउँदा समेत आफ्नो पुरानो आपराधिक सोच र ब्यवहार धुन नसकेका, गरिब नेपाली जनताको अन्तर मनलाई कहिल्यै पनि छुन नसकेका, राजनीतिक दलमा र सिंगो राज्यसत्तामा सधैं आफ्नो मात्रै बर्चस्व जमाउन खोज्ने, दिउँसो होस् या राती सधैं सोमरसमा मात्रै रमाउन खोज्ने, सुन्दरी काण्डमा बात लागेका, जनताले दुःखजीलो गरेर तिरिदिएको करले मात लागेका, निमुखा, निस्वार्थ र अनजान नेपाली जनतालाई सधैं अभाव र दवावमा राखेर आफ्नो अभिष्ट पुरा गराउन खोज्ने वर्तमानका राजनीतिक दलहरु, तिनलाई नेतृत्व गर्ने नेताहरुलाई नेपाली जनताले चिन्न अब ढिलाई गर्नु हुदैन् ।
देशको बिकास बजेट काटेर सधैं पार्टीका कार्यकर्ता पाल्ने, निरपराध नेपाली नागरिकहरुलाई झुठा मुद्धामा फँसाएर बठघरामा हालने, कहिले पार्टी जुटाएको अभिनय गर्ने, कहिले पार्टी फुटाएको अभिनय गर्ने, कहिले जनतालाई बिनाकारण एक आपसमा भिडाउने, विदेशीका सामू कहिल्यै नझुकेको नेपाली स्वाभिमानी सगरमाथा झै स्थिर, निडर र निश्चल शिर वर्तमान नेतृत्वकै कारण पटकपटक गिराउने, गर्नै नहुने कामहरु पनि सेटिङ्गमा छिराउने धन्दा मुलुकमा चलिरहेकाे छ ।
जनता यिनीहरुका हेर्ने नहुने कामहरु देखेर अघाई सके । जनताको सार्वभौम संसदलाई यिनीहरुको लगौटीले बेर्ने, जनतालाई जहाँ भेट्यो त्यही घेर्ने, साईबर सेना र अरिङ्गालका झुण्डहरुको बिगबिगीबाट देशलाई जागाऔं भनेर जनताहरु सडक सडकमा रोईरहेका छन् ।
देशभक्त, श्रमजीवी, योग्य र इमान्दार लाखौं नेपाली जनतालाई आफ्नाे नितान्त राजनीतिक फाईदाका लागि स्वदेशमा रोजगारका अवसरहरु बन्द गराएर खाडी, मलेसिया र अन्य बिदेशी मुलुकमा भेडा चराउन र भाँडा मझाउन हिडाउँने, जनताका थाप्लामा बर्षेनी ऋणको भार थप्ने, जनताका पीर, ब्यथा, बेदना र अभावलाई एकातिर पन्छ्याएर सधैं विदेशी प्रभूका भक्तिभावमा राष्ट्रिय अस्मिता नै बन्धक राखेर गुलामी झै बनेर माला जप्नेहरुले उर्भर, उत्पादनशिल र रोजगारीका लाखौ संभावना बोकेको मेरो देशलाई खण्डहर बनाईरहेका छन् । लाखौं, करोडौं जनताहरु लौन अब त देश सिद्धियो भनेर चौबाटोमा निस्किएर कराईरहेका छन् । सीमानाका जङ्गे पिल्लरहरु दिनदहाडै हराईरहेका छन् । देशका शासक भनाउँदाहरु भने अझै पनि होलीवाईनको दुर्गन्धमा रमाईरहेका छन् ।
संसद बिघटनलाई अग्रगामी कदम र राजनीतिक छलाङ्ग भन्ने नामर्दहरुको जमातबाट देशको शासनसत्ताको बागडोर खोसेर लिनसक्ने बृहत राजनीतिक एकता र आम नेपाली नागरिकहरुको समान सहभागिता रहने ब्यवस्थाका लागि नागरिकहरुले सडकमा नारा लगाईसके । जनता यिनीहरुका हेर्ने नहुने कामहरु देखेर अघाई सके । जनताको सार्वभौम संसदलाई यिनीहरुको लगौटीले बेर्ने, जनतालाई जहाँ भेट्यो त्यही घेर्ने, साईबर सेना र अरिङ्गालका झुण्डहरुको बिगबिगीबाट देशलाई जागाऔं भनेर जनताहरु सडक सडकमा रोईरहेका छन् ।
यसका लागि वर्तमानका राजनीतिक नेता तथा नेपाली राजनीतिका दुरदृष्टिका प्रवर्तक डा. शेखर कोईरालाले भने झैं संसद पुर्नस्थापनाको एकमात्र मागलाई आफ्नाे मुल एजेण्डा बनाएर नागरिक समाजको समेत सहयोग लिएर छिट्टै सडक आन्दोलनमा जानुपर्छ । आवश्यक परेमा लोकतन्त्रको रक्षार्थ तेश्रो जनआन्दोलनको आव्हान समेत गर्नुपर्ने हुनसक्छ ।
प्रजातन्त्र र लोकतन्त्रका लागि पटकपटक लडेका र लोकतन्त्रकै लागि आफ्नाे परिवारका सदस्यसहित सर्वस्वहरण भएर बर्षौ जेलनेल भोगेका, लोकतन्त्रको आन्दोलनमा आफुलाई अग्रपंतिमा राखेर राजनीतिक लडाई लडेकाहरुको एउटै स्वर बोलिरहेको छ । वर्तमान सरकार अलोकतान्त्रिक र गैरसंबैधानिक कदमका बिरुद्धमा अब सशक्त रुपले सडक संघर्षमा जानुपर्छ भनेर । ओली बास्तवमै एक्काईसौं शताब्दीकै महान तानाशाह बन्ने अभियानमा लागेका छन् ।
उनको हिजोको राजनीतिक उचाई, उनका वर्तमानका गतिविधि र अभिब्यक्तिहरुबाट निरन्तर गुमाउँदै गैरहेका छन् । यस्ता बहुलठ्ठीपनका अभिब्यक्ति र अलोकतान्त्रिक हर्कत गर्न एउटा प्रजातान्त्रिक मुलुकको प्रधानमन्त्रीलाई पटक्कै सुहाउने बिषय होईन । परिवारका सदस्यले गल्ती गरे सुधार्नतर्फ लाग्नुपर्छ ।
दोबाटो चौबाटो ढुकेर, गालीगलौच र अपमान गर्दै हिडन एउटा सामान्य परिवारको घरमुलीलाई त मिल्दैन, देशको सर्बेसर्बा प्रधानमन्त्री भनेर आफुले आफैलाई नवसामन्तवादको परिचय गराउँदै हिडने वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बास्तवमा आफ्नाे वास्तविक अनुहार अहिले आएर मात्र जनताका सामु उघारेका छन् । बर्षौसम्मको कुण्ठा र आवेग पोख्ने क्रममा उनले आफ्नाे ब्यक्तिगत अनुहारमा मात्रै कालो पोतेका छैनन्, सिंगो कम्युनिष्ट आन्दोलनको धज्जी समेत उडाईरहेका छन् । बिना प्रसंग, बिना चासोका बिषयमा बर्बराउँदै हिडन थालेका प्रधानमन्त्रीलाई अब बालुवाटारबाट बर्हिगमनको बाटो देखाउन जरुरी भैसकेको छ ।
यसो गर्न सके मात्रै नेपालमा लोकतन्त्रको रक्षा हुनसक्छ । नत्र बहुलट्ठीपनका द्याेतक ओलीले आफ्नाे ब्यक्तिगत फाईदा र निहित स्वार्थका लागि मुलुकबाट बहिर्गमन भैसकेको राजसंस्थालाई समेत ग्वाम्लाङ्ग अङ्गालो हाल्न सक्दैनन् भन्ने के ग्यारेन्टी ?
जनता आक्रोशमा छन् । लोकतन्त्रको दिनदहाडै बीच सडकमा चिरहरण हुँदा पनि देशका केही राजनीतिक दलहरु प्रधानमन्त्रीसँगै मिलेर प्रदेश सरकार बनाउने अभियानमा जुटेका देखिन्छन् । यसले ती राजनीतिक दललाई क्षणिक सत्तारोहणको गुलियो स्वाद प्राप्त भएपनि कालान्तरमा नाताबाट तिरस्कृत हुनुपर्ने अवस्था आउन सक्छ । यसका लागि वर्तमानका राजनीतिक नेता तथा नेपाली राजनीतिका दुरदृष्टिका प्रवर्तक डा. शेखर कोईरालाले भने झैं संसद पुर्नस्थापनाको एकमात्र मागलाई आफ्नाे मुल एजेण्डा बनाएर नागरिक समाजको समेत सहयोग लिएर छिट्टै सडक आन्दोलनमा जानुपर्छ । आवश्यक परेमा लोकतन्त्रको रक्षार्थ तेश्रो जनआन्दोलनको आव्हान समेत गर्नुपर्ने हुनसक्छ ।
तेश्रो जनआन्दोलन डा. शेखर कोईरालाको नेतृत्वमा सिंगो लोकतान्त्रिक मोर्चा बनाएर देशमा भैरहेका अलोकतान्त्रिक हर्कत र भविष्यमा हुनसक्ने राजनीतिक खतराहरुको न्यूनीकरण गर्दै वर्तमान ओली सरकार र प्रधानमन्त्री ओलीलाई बालुवाटारबाट लखेटनु पर्छ । यसो गर्न सके मात्रै नेपालमा लोकतन्त्रको रक्षा हुनसक्छ । नत्र बहुलट्ठीपनका द्याेतक ओलीले आफ्नाे ब्यक्तिगत फाईदा र निहित स्वार्थका लागि मुलुकबाट बहिर्गमन भैसकेको राजसंस्थालाई समेत ग्वाम्लाङ्ग अङ्गालो हाल्न सक्दैनन् भन्ने के ग्यारेन्टी ?
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार